NIC ASIA

ISMT

HUB Education

शनिबार अल्डरसटमा 'एनआरएन बहस' गरिंदै

  • बुधबार, ८ जेष्ठ, २०७६
  • 3 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । एनआरएन र भूतपूर्वगोर्खाका चासोका विषयहरुमा आउँदो शनिबार अल्डरसटमा एक बहस कार्यक्रम गरिने भएको छ । 

 

लण्डनबाट सञ्चालित ट्वान्टीफोरन्यूजप्रेस अनलाइनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा एनआरएन बहस आयोजना गर्न लागेको हो । 

 

मंगलबार साँझ लण्डनमा एक प्रेस मिट गर्दै आयोजकले उक्त अवसरमा  एनआरएन अभियानमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको बताएका छन् । 

 

ट्वान्टीफोरन्यूजप्रेसका अध्यक्ष विनय अधिकारीले बहस कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी ,गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामीसहितका अभियन्ताहरुको सहभागिता रहने बताए । 

 

कार्यक्रमका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट,नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल , एपि वान टेलिभिजनका प्रबन्धक विकास लामिछाने, समाचार प्रमुख टिकाराम यात्री र रिपोर्टर मोहराज शर्मा पनि अहिले लण्डन आइसकेका छन् । 

 

गैरआवासीय नेपालीका चासो तथा सरोकारका विषय लाई 'हाइलाइट' गर्ने उद्धेश्यले बहस कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ । 

 

प्रेस मिट कार्यक्रममा ट्वान्टीफोरन्यूजप्रेसका अध्यक्ष विनय अधिकारी, युरोप सम्पादक खेमराज रानाभाट र बेलायत सम्पादक खुशी लिम्बूले कार्यक्रमको अवधारणा र तयारीबारे विभिन्न जानकारी गराएका थिए । 

 

त्यसअवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट,नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल , नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी, नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौला, एनआरएन यूके कार्यसमिति सदस्य राजन खकुरेल लगायतले कार्यक्रम सफलताको लागि शुभकामना दिएका थिए । 

 


थप समाचार

विवादका कारण एनआरएन यूकेको मतगणना सुरु नहुंदै स्थगित

  • 4 minutes ago
विवादका कारण एनआरएन यूकेको मतगणना सुरु नहुंदै स्थगित

अल्डरसट । विवादका कारण शनिबार सम्पन्न एनआरएन यूके निर्वाचनको मतगणना सुरु हुन नसकी स्थगित भएको छ ।

आज पनि सुन र चाँदीको भाउ घट्यो

  • 9 minutes ago
आज पनि सुन र चाँदीको भाउ घट्यो

काठमाडौँ । गत साताबाट ओरालो लागेको सुन र चाँदीको भाउ आज पनि घटेको छ । आज छापावाल सुन तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको भन्दा आज तोलामा ४ सय रुपैयाँको गिरावट आएको हो ।

आन्सु फाटीले जे गरे त्यो सामान्य होइनः भालभर्दे

  • 16 minutes ago
आन्सु फाटीले जे गरे त्यो सामान्य होइनः भालभर्दे

काठमाडौँ । बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेष्टो भालभर्देले आन्सु फाटीको प्रशंसा गरेका छन् । शनिबार राति भ्यालेन्सियाविरुद्धको खेलमा फाटीले शानदार प्रदर्शन गरेपछि उनको भालदर्भेले प्रशंसा गरेका हुन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।