चिरन शर्माको संयोजकत्वमा गठित एनआरएन युरोप क्षेत्रीय सम्मेलनको मिडिया समिति विवादमा

  • शनिबार, २६ जेष्ठ, २०७५
  • 3 months ago
  • युके

लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएन) को अर्को महिना हुने युरोप क्षेत्रीय सम्मेलनको लागि भन्दै गठन गरिएको मिडिया समिति विवादमा तानिएको छ । 

नेपाल पत्रकार महासंघको युरोप शाखाले आफुहरुलाई पूरै वेवास्ता गर्दै आफ्ना खल्तीका पात्रहरुलाई नेतृत्व र सल्लाहकारमा राखेर मिडिया समिति गठन गरिएको भन्दै आपत्ति प्रकट गरेको छ । 

शाखा अध्यक्ष केजिन राई र महासचिव योगेन्द्रमिलन छन्त्यालले एक वक्तव्य जारी गर्दै सम्पुर्ण गैरआवासीय नेपालीहरुको साझा संस्था भनेर दाबी गर्ने एनआरएनले आफ्नै आसेपासेहरुलाई मात्रै खल्तीमा राखेर गुनगान गाउन लगाउने प्रवृत्तिलाई जारी राखेको आरोप लगाएका छन् । 

'पत्रकारहरुको विधिवत छाता संस्था नेपाल पत्रकार महासंघ युरोप शाखालाई वेवास्ता गरेर आफुनिकटका व्यक्तिहरुलाई नेतृत्व र सल्लाहकार बनाएर गठन गरिएको समितिलाई पुनर्गठन गर्न अनुरोध गर्दछौं', वक्तव्यमा माग गरिएको छ । 

शाखाको आग्रहलाई वेवास्ता गर्दै समितिलाई यथावत राखिए गैरआवासीय नेपाली संघ नामको संस्था केहि व्यक्तिहरुको मात्र रहेको निश्कर्ष निकाल्दै बहिस्कार गर्ने चेतावनी वक्तव्यमा दिइएको छ । 

यसअघि आउंदो जुलाईको २९ र ३० तारिखमा लक्जमबर्गमा तय सम्मेलनको प्रचारप्रसार र सम्मेलनपछि सम्मेलन विशेषांक निकाल्न भन्दै चिरन शर्मालाई संयोजक बनाएर उक्त समिति गठन गरिएको बताइएको थियो ।

यता, विवादित समितिका संयोजक चिरन शर्माले भने समितिका सम्बन्धमा विवाद गर्नुको कुनै तुक नरहने टिप्पणी गरेका छन ।

पत्रकार महासंघ युरोप शाखालाई समेत समितिमा समेटिएको भन्दै शर्माले शाखाको तर्फबाट भएको विरोधलाई 'नियतपुर्ण' भनेका छ्न् । 

थप समाचार

फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

  • 16 minutes ago
फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

अक्षय कुमारको फिल्महरु केही वर्षयता बक्स अफिसमा सानदार कलेक्शन गर्न थालेका छन् । अक्षय कुमारको आउन लागेको फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ ।

यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

  • 33 minutes ago
यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

एजेन्सी । भनिन्छ महिला र पुरुष छुटिएर बस्नै सक्दैनन । तर, विवाह पछि केही यस्ता दिनहरु हन्छन जसलाई स्त्री र पुरुषको समागमका लागि उचित मानिदैन ।

एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

  • 43 minutes ago
एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

रौतहट । चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दासको सम्झनामा आज दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य