के-के छन् एनआरएन नवौं कार्यसमितिको पहिलो बैठकका निर्णयहरु ?

संरक्षक र सल्लाहकार मनोनयनमा देखाइयो उदारता

  • आइतबार, ३ कार्तिक, २०७६
  • 7 months ago
  • युके
शुक्रबार पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष पन्त एवं पदाधिकारीहरु

 

काठमाडौं । कुमार पन्तको नेतृत्वमा निर्वाचित गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं कार्यसमितिले शपथ लिएको भोलीपल्टै शनिबार बसेको पहिलो बैठकले केहि महत्वपुर्ण निर्णयहरु गरेको छ । 

 

बैठकले संरक्षक तथा सल्लाहकारहरको मनोनयन, मध्यपूर्वी मुलुकस्थित नेपाली श्रमिकको लागि श्रमिक कल्याणकारी कोषमा सहयोगदेखि संस्थाको संरचनागत सुधार र विकासका लागि समेत केहि पहलहरु थाल्ने निर्णय गरेको छ । 

 

को को भए संरक्षक र सल्लाहकार ?

 

बैठकले संघको प्रमुख संरक्षकमा पूर्व अध्यक्ष शेष घलेलाई मनोनित गरेको छ । संरक्षक समितिको सदस्यहरुमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्वसंरक्षक रामप्रताप थापा चयन भएका छन् ।

 

त्यस्तै, सल्लाहकारमा कुल आचार्य (यूके), सपिला राजभण्डारी (रसिया),रामेश्वर शाह (नेपाल), टीबी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्कङ), विश्व आदर्श पण्डित (युके), पुष्प तिमल्सिना(स्पेन),जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका), र हरिबोल भट्टराई(अमेरिका) लाई मनोनित गरिएको छ ।

 

के के भए निर्णय ?

 

बैठकले मध्यपूर्वी  मुलुकहरुमा रहेका  नेपाली श्रमिकका लागि स्थापित श्रमिक कल्याणकारी कोषका लागि रु १ करोड ६ लाख रुपैयाँ राहत रकम दिने निर्णय गरेको छ ।   संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नव निर्वाचित पदाधिकारी एवं सदस्यले सो रकम दिने घोषणा गरेका हुन् ।

 

बैठकले सरकारले अघि सारेको भिजिट नेपाल २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । 

 

पुर्वाधार विकासका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अगाडि बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्ययोजना प्रस्तुत गर्न बैठकले निर्देशन दिएको छ । 

 

विद्युतीय पद्दतिबाट प्रत्यक्ष मतदान गर्न र निशुल्क सदस्यताबारे अध्ययन प्रतिवेदन पेश गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ । 

 

महासचिव डा हेमराज शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी  गर्ने निर्णय समेत बैठकले गरेको छ ।  विशेष महाधिवेशनले संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्नेछ ।  

 

बैठकले संघको काठमाडौस्थित सचिवालयलाई चुस्त बनाउन महासचिव डा शर्माकै नेतृत्वमा एक समिति गठन गरेको छ। 

 

संस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा एक समिति निर्माण गर्ने निर्णय गरेको छ । आगामी २ वर्षका लागि कार्ययोजना ररणनीति तय गर्नका लागि निकट भविष्टमा एक कार्यशालाको आयोजना गर्ने भएको छ ।  

 

बैठकले ५ उपाध्यक्षहरुको नेतृत्वमा ५ विभाग (वैदेशिक रोजगार, परोपकारी तथा मानव कल्याण, व्यापार तथा लगानी,  सीप, ज्ञान, र नवप्रवर्तन, नेपाल प्रवद्र्धन) निर्माण गर्ने र विभागमा अन्तार्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरु रहने व्यवस्था गरेको छ ।  एनआरएनए फाउण्डेसन स्थापना गरी परोपकारका सबै कार्यक्रम फाउण्डेसनमार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय पनि गरिएको छ ।

 

संरक्षक एवम् सल्लाहकार चयनमा देखाइयो उदारता

 

संरक्षक एवम् सल्लाहकारको मनोनयनमा अध्यक्ष पन्त नेतृत्वको कार्यसमितिले उदारता देखाउने कोशिस गरेको छ । निर्वाचनमा आफ्नो प्रतिस्पर्धी प्यानलका उम्मेदवार एवम् तीनका समर्थकहरुलाई संरक्षक एवम् सल्लाहकारमा प्राथमिकता दिइएको छ । 

 

निर्वाचनअघि संघका पूर्व अध्यक्ष जीवा लामिछानेकै उम्मेदवार भनेर  आलोचना गरिएका पन्तले अध्यक्ष  निर्वाचित भएलगत्तै अर्का पूर्व अध्यक्ष शेष घलेलाई संघको प्रमुख संरक्षक बनाए । जबकि निर्वाचनमा घलेले खुलेरै पन्तका प्रतिस्पर्धी कुल आचार्यलाई सघाएका थिए । 

 

त्यस्तै, ११ जना सल्लाहकारको मनोनयनमा पनि पन्त नेतृत्वको कार्यसमितिले उदारता देखाएको छ । सल्लाहकार मनोनित हुनेहरुमध्ये अधिकांश पन्तका प्रतिस्पर्धी कुल आचार्य समुहकै छन् ।  यसअघि अध्यक्ष निर्वाचित भएलगत्तै आफ्नो प्रतिक्रिया दिंदै अध्यक्ष पन्तले आफुले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताइसकेका थिए । 

 

नवौं विश्व सम्मेलनमा देखिएको फितलो व्यवस्थापन, राजनीतिक दलहरुको हालीमुहाली र केहि डेलिगेटहरुको असभ्य व्यवहारका कारण ठूलो आलोचना सहन बाध्य एनआरएनमा नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले केहि नयाँ आशाको सञ्चार गराउने कोशिस गरेको देखिन्छ । 

 

'निर्वाचन सकिएपछि अब सिंगो एनआरएन एक छ, यसमा पक्ष र विपक्ष भन्ने नै हुंदैन', संघका नवनिर्वाचित महासचिव डा हेमराज शर्माले भने, 'हामीले आफ्नो पहिलो बैठकबाटै त्यो सन्देश दिने कोशिस गरेका छौं । हामी अब पूरै दुई वर्ष यहि ढंगले अघि बढ्नेछौं ।' 

 


थप समाचार

सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

  • 2 hours ago
सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

काठमाडाैँ । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको

प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

  • 2 hours ago
प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जा

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

  • 2 hours ago
‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् । बैंकको चर्को ब



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।