IIMS College

ISMT

HUB Education

एनआरएनए आइसिसीको पोखरा बैठकमा १४ निर्णय

  • सोमबार, ६ माघ, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद ( आइसिसी) को दुई दिने प्रत्यक्ष बैठक ११ बुंदे निर्णयसहित आइतबार सम्पन्न भएको छ ।

 

कास्कीको रुपाकोट रिसोर्टमा अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न बैठकमा विश्वका विभिन्न मुलुकबाट आएका अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी, सदस्य, संरक्षक तथा सल्लाहकारहरु गरी ५८ जनाको सहभागिता रहेको थियो ।

 

बैठकपछि गण्डकी प्रदेशमा लगानी प्रवद्र्धन गर्ने सम्बन्धमा प्रदेश सरकार र गैरआवासीय नेपाली संघबीच अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । जसमा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ लगायतका प्रदेश सरकारका महत्वपूर्ण निकायका प्रतिनिधीहरु र संघका पदाधिकारीको उपस्थिति थियो ।

 

बैठकका निर्णयहरु निम्नानुसार छन् :

१) नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन संघले सक्रियातापुर्वक विभिन्न कार्यक्रमको सुरुवात गरिसकेको छ । यसलाई अझै घनीभूत बनाउन संघका राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को वार्षिक कार्यक्रमको रणनीतिक योजनासहित एकमुष्ट विवरण आगामी १ महिनाभित्र सार्वजनिक गरिनेछ ।

 

२) बैठकमा बृहत छलफल पश्चात २०१९–२०२१ कार्यकालका लागि विस्तृत कार्ययोजना तयार पारिएको छ । संघका सबै विभागहरुको कार्ययोजनाको विवरणको पुस्तिका १ महिनाभित्र प्रकाशन गरिनेछ ।

 

३) एनआरएन विश्व सम्मेलनलाई प्रभावकारी बनाउनका लागि संघको अन्तर्रा्ष्ट्रिय महाधिवेशन नभएको वर्ष, विज्ञ सम्मेलनको साथमा आयोजना गरिने छ ।

 

४) नेपाल सरकारको साझेदारीमा अक्टोवर २०२० मा दोश्रो एनआरएन विश्व विज्ञ सम्मेलन गरिनेछ । सम्मेलनलाई परिणाममुखी बनाउन नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरु र संघबीच एक संयुक्त समिति निर्माण गरिनेछ ।

 

५) बैठकमा परोपकारी एवं मानव कल्याणकारी कार्यका लागि स्थायी प्रकृतिको श्रोत परिचालन गर्नका लागि स्थापना गर्न लागिएको एनआरएनए फाउन्डेसन अवधारणापत्रमा बृहत छलफल गरिएको छ । उक्त फाउण्डेसन स्थापना गर्न केही वैधानिक तथा कानूनी कठिनाई समेत पहिचान गरिएकोले यसको समाधान लागि नेपाल सरकारको सम्बन्धित निकायसँग परामर्श तथा संवाद गरिनेछ । साथै अक्टोवर २०२० भित्र एनआरएनए फाउन्डेसन दर्ता प्रक्रिया समेत अगाडि बढाइनेछ ।

 

६) संघको सदस्यता वितरण र व्यवस्थापन, अन्तर्रा्ष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्का निर्वाचन लगायतका गतिविधीहरुलाई अत्याधुनिक डिजिटल प्रविधिमैत्री बनाउनका लागि प्रस्ताव गरिएको ‘स्मार्ट एनआरएन'  परियोजना’ ६ महिनाभित्र सम्पन्न गरिनेछ ।

 

७) स्मार्ट एनआरएनए परियोजना र एनआरएनए फाउन्डेसन  स्थापनाका लागि विधानमा संशोधन गर्न आवश्यक विषयहरु १ महिनाभित्र पहिचान गरी संघको विशेष महाधिवेशनको मिति समेत तय गरिनेछ । 

 

८) बैठकमा संघको आर्थिक अवस्था, संघको वित्तिय प्रतिवेदन र तेश्रो पक्षबाट गराइएको डीडीए र आन्तरिक लेखा परिक्षणको प्रारम्भिक प्रतिवेदनमाथि बृहत छलफल गरिएको छ । आवश्यक सबै प्रक्रिया पूरा गरी उक्त प्रतिवेदन यथाशक्य छिटो सार्वजनिक गरिनेछ । संघको वित्तिय विवरणहरु हरेक ३ महिनामा सार्वजनिक गर्ने प्रतिवद्धता अनुसार पछिल्लो ३ महिनाको विवरण १ साताभित्र संघको आधिकारिक वेवसाइटमार्फत सार्वजनिक गरिनेछ । राष्ट्रिय समन्वय परिषद्हरुलाई पनि ३–३ महिनामा आर्थिक वित्तिय विवरणहरु सार्वजनिक गर्न यसै बैठकमार्फत निर्देशन दिइन्छ ।

 

९) बैठकले काठमाडौं महानगरपालिकासँग समन्वय गरी नमूना सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउने औपचारिक निर्णय गरेको छ । उक्त योजनाका लागि बैठकमा सहभागीहरुबाट रु ४० लाखको सहयोग संकलन भएको छ । बैठकले छात्रा शौचालयको समस्या भएका विकट तथा ग्रामिण क्षेत्रका विद्यालयसँग सहकार्य गरी शौचालय निर्माणको काम अघि बढाउने निर्णय गरेको छ ।

 

१०) बैठकले वैदेशिक रोजगारीका समस्या, समाधान र सम्भावनाको पहिचान गरी ६ महिनाभित्र एक श्वेतपत्र तयार गर्न विज्ञहरुको कार्यदल गठन गर्ने निर्णण समेत गरेको छ । साथै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप र क्षमताको सदुपयोग गर्नका लागि उनीहरुको विवरण संकलनका लागि सरकारले अघि सारेको श्रम बैंक कार्यक्रममा सहकार्य गर्ने निर्णय गरिएको छ ।

 

११) गैरआवसीय नेपाली संघद्वारा प्रस्तावित र नेपाल सरकारले पनि घोषणा गरिसकेको तर कार्यान्वयनमा नआएको वैदेशिक सामाजिक सुरक्षा कोषको यथाशीघ्र कार्यान्वयन गर्न, तथा महिला कामदारहरुको समस्या समाधान लगायतका विषयमा नेपाल सरकारका सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरिएको छ ।

 

१२) संसदमा विचाराधीन नागरिकता ऐन संसदको यसै हिँउदे अधिवेशनबाट पारित गरी संविधानमा व्यवस्था गरिए अनुरुप गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ । यस्तै लगानी, सम्पत्ति र गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँग जोडिएको गैरआवासीय नेपाली सम्बन्धी ऐनको पुनर्लेखन गर्न र त्यसमा संघले पेश गरेका सुझावहरु समेत समेट्न यसै बैठकमार्फत नेपाल सरकार समक्ष यो संघ विशेष अनुरोध गर्दछ ।

 

१३)संघको संरचना प्रयोग भई प्रवर्द्धन भई आएका व्यवसायिक कम्पनीहरुको नाफाको निश्चित प्रतिशत संघको कोषमा जम्मा गर्नका लागि सम्बन्धित सबैलाई अनुरोध गर्ने निर्णय यस बैठकले गरेको छ ।

 

१४) अष्ट्रेलियामा लागेको डढेलोको कारण हुन गएको जनधनको क्षतिप्रति गहिरो दुखः व्यक्त गर्दै मृत आत्माको शान्तिका लागि यो संघ कामना गर्दछ । साथै उद्दार कार्यमा सक्रिय सहभागिता जनाउने राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियालाई विशेष धन्यवाद व्यक्त गर्दछ ।


थप समाचार

यसरी पशुपति क्षेत्रमा राखिएका फूलमाला झिकेर अँगालाका अँगाला ओसारिए

  • 58 seconds ago
यसरी पशुपति क्षेत्रमा राखिएका फूलमाला झिकेर अँगालाका अँगाला ओसारिए

काठमाडौँ । महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा भक्तजनकै सहयोगमा यस वर्ष करिब रु दुई करोड बराबरको फूलमालाले पशुपति क्षेत्र सजावट

बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

  • 15 minutes ago
बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । कमिसन बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएर सूचना, सञ्चार तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ब

काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

  • 19 minutes ago
काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

एजेन्सी । भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।