IIMS College

ISMT

HUB Education

एनआरएनए तथा नागरिकताबारे बुझाउन र सुझाव बटुल्न अन्तरक्रिया

  • शुक्रबार, १८ पुष, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । गैरआवासीय नेपालीहरुको सबैभन्दा ठूलो चासो र चिन्ता रहेको नेपाली नागरिकता निरन्तरताको विषयमा बेलायतमा एक अन्तरक्रिया हुँदैछ । 

 

एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषदको आयोजनामा आइतबार जनवरी ५ मा अल्डरसटको एम्पायर हलमा कार्यक्रम तय छ । 

 

कार्यक्रममा एनआरएनए आइसिसी महासचिव डा हेमराज शर्मा, अधिवक्ताद्धय सुरेन्द्र नेपाल श्रेष्ठ र गोविन्द बेल्वासे, ब्यारिस्टर देवेन्द्र श्रेष्ठ र थर्कबहादुर राना प्रमुख वक्ता रहनेछन् ।

 

नागरिकताका विषयमा आम गैरआवासीय नेपालीहरुबाट सुझाव संकलन गर्ने तथा उनीहरुका जिज्ञासाहरु सम्बन्धित विषयका विज्ञहरुबाट मेटाउने लक्ष्य कार्यक्रमको छ । 

 

नेपाली नागरिकताको निरन्तरता, पैतृक सम्पतिको सुरक्षा, गैरआवासीय नेपाली संघको औचित्य र यसको सदस्यता लिनुको महत्व लगायतका विषयमा कार्यक्रम केन्द्रित रहनेछ । 

 

विज्ञ वक्ताहरुले सम्बन्धित विषयहरुमा जानकारी र अपडेट गराउनका साथै सहभागीका प्रश्न तथा जिज्ञासाहरुको प्रत्यक्ष रुपमा जवाफ पनि दिनेछन् । 

 

कार्यक्रम आयोजक एनआरएनए इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठले एनआरएनए अभियानका बारेमा आम गैरआवासीय नेपालीहरुलाई बुझाउन र अपडेट गराउन कार्यक्रमले सहयोग गर्ने विश्वास लिएका छन् । साथै, आम सर्वसाधारणको चासो र चिन्ताका विषयहरु अभियन्ताहरुसम्म पुर्याउने कार्यमा पनि कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने श्रेष्ठको आशा छ । 

 

यसअघि एनआरएनए यूकेले पनि बेलायतबासी नेपालीहरुलाई कार्यक्रममा सहभागी बनेर आफ्नो चासो, राय, सल्लाह र सुझाव राखिदिन आव्हान गरेको छ । 

 

अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले एक वक्तव्य जारी गर्दै संकलित सुझावहरुलाई आइसिसीसंगको समन्वयमा सम्बन्धित निकायसम्म पुर्याइने बताएका छन् । 

 

अन्तरक्रिया मध्यान्ह १२ देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । 

 


थप समाचार

काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

  • 2 minutes ago
काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

एजेन्सी । भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

टर्कीमा भूकम्प

  • 7 minutes ago
टर्कीमा भूकम्प

एजेन्सी । अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।

कोरोना भाइरसको त्रासः इटालियन सरकारले गर्यो यस्तो घोषणा

  • 12 minutes ago
कोरोना भाइरसको त्रासः इटालियन सरकारले गर्यो यस्तो घोषणा

एजेन्सी । चीनमा हजारौँ मानिसको ज्यान लिएको कोरोना भाइरस इटालीमा पनि विस्तारै फैलिन थालेपछि इटालियन सरकारले ठुलै कदम उठाएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।