एनआरएनमा मिडल्याण्डबाट पहिलो चरणमै बुझाइयोे ७ सय सदस्यता

  • बिहीबार, २६ आषाढ, २०७६
  • 4 days ago
  • युके
Education Park

 

लण्डन । एनआरएन यूकेको सदस्यताको डेडलाइन पूरा हुने करिब तीन साता बांकी रहंदै मिडल्याण्ड क्षेत्रबाट झण्डै ७ सय सदस्यता फारम बुझाइएको छ । 

 

मिडल्याण्डका एनआरएन अभियन्ताहरुले विहिबार दिउँसो अल्डरसटस्थित एनआरएन युके कार्यालयमा ती फारमहरु बुझाएका हुन् । 

 

साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीका अनुसार मिडल्याण्डले पहिलो चरणमा झण्डै ७ सय सदस्यता बुझाएको हो । जुलाई ३१ को डेडलाइनभित्र थप सदस्यताहरु फारम बुझाउने उनीहरुको योजना छ । गत निर्वाचनमा मिडल्याण्डबाट ६ सय बढि सदस्य बनेकोमा यसपटक त्यो संख्या दोब्बरभन्दा बढि हुने आंकलन छ । 

 

मिडल्याण्डका सदस्यता फारमहरु बुझाउन साझा नेपाली समाज यूके अध्यक्ष महेश अधिकारी, एनआरएन अभियन्ताहरु दयानिधि सापकोटा, पशुपति पोखरेल, कोशलेश्वर ढकाल, विष्णु चालिसे,  सशांक शर्मा र कृष्ण ढकाल, कृष्ण खरेल, केशव भण्डारी, पवन शर्मा, राजु कंडेल, नारायण फुयांल लगायतका अगुवाहरु अल्डरसट आएका थिए । 

 

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, उपाध्यक्षहरु पुनम गुरुङ र प्रेम गाहा लगायतका पदाधिकारीले मिडल्याण्डका सदस्यता फारम बुझेका थिए ।

 

यसपटकको एनआरएन निर्वाचनमा मिडल्याण्डबाट आइसिसी सदस्य,उपाध्यक्ष, सचिव, सहकोषाध्यक्ष र ४ सदस्य गरी कुल ८ उम्मेदवारले सामुहिक उम्मेदवारी घोषणा गरिसकेका छन् । 

 

मिडल्याण्डको सदस्य संख्या अहिलेको निर्वाचनमा निर्णायक बन्ने अनुमान छ । 

 


थप समाचार

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

  • 14 minutes ago
जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका

चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

  • 29 minutes ago
चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निव

ढाकाको कपडा बुनाई तालीम

  • 50 minutes ago
ढाकाको कपडा बुनाई तालीम

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको रु. १० लाखको आर्थिक सहयोग र बढिगाड महिला तथा बालबालिका शसक्तिकरणको आयोजनामा तीन महिने ढाकाको कपडा बुनाई तालीमका सहभागी महिलाहरुले बुनेका ढाकाका कपडा देखाउद



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।