के हुंदैछ एनआरएन स्कटल्याण्ड राज्य परिषद गठनको प्रक्रिया ?

  • सोमबार, ४ भदौ, २०७५
  • 2 months ago
  • युके

 

लण्डन । एनआरएन यूके स्कटल्यान्ड राज्य समितिको नेतृत्वका विषयमा उत्पन्न विवाद अब साम्य हुने बिन्दुको नजिक देखिएको छ । 

 

नेतृत्वका लागि आकांक्षा राख्ने सबैलाई समेटेर अहिले तदर्थ समिति निर्माण गर्ने तयारी भइरहेको एनआरएन यूके स्रोतले जनाएको छ । 

 

गत शनिबार मिडल्याण्डमा सम्पन्न एनआरएन यूके कार्यसमितिको बैठकले स्कटल्याण्डको विवाद मिलाएर तदर्थ समिति गठन गर्ने जिम्मा अध्यक्ष योगकुमार फगामीलाई लगाएको छ । 

 

कार्यसमितिको सोहि म्याण्डेटअनुसार अध्यक्ष फगामीले अहिले नेतृत्वको कुरा मिलाएर स्कटल्याण्ड राज्य परिषद गठनलाई अन्तिम रुपम दिने तयारी गरिरहेका छन् । 

 

गत महिना सम्पन्न स्कटल्याण्ड राज्य समन्वय परिषदको पहिलो भेला नेतृत्वमा कुरा नमिलेकै कारण समिति गठन गर्न नसकी टुंिगएको थियो । समितिका लागि  अन्य सबै पदमा सहमति बनेपनि संयोजक पदका  ३ जना आकांक्षीहरु भोला खनाल, यज्ञमुर्ति ढकाल र मोहन कार्की आ आफ्नो अडानबाट पछि नहटेपछि सहमति बन्न सकेको थिएन । 

 

नआरएन यूके कार्यसमितिको बैठकले स्कटल्याण्डको विवाद मिलाएर तदर्थ समिति गठन गर्ने जिम्मा अध्यक्ष योगकुमार फगामीलाई लगाएको छ । 

 

 

'स्कटल्याण्डमा सहमति कायम गरेर परिषद गठन गराउने जिम्मेवारी कार्यसमितिले मलाई लगाएको छ' , अध्यक्ष फगामीले भने, 'कार्यसमिति बैठकमा भएको छलफल र आएका सझावलाई ध्यानमा राख्दै हाम्रो संरक्षक परिषदका सदस्यहरुसंग समेत परामर्श गरेर निर्णयमा पुग्ने कोशिस गरिरहेको छु ।' 

 

अध्यक्ष फगामीले स्कटल्याण्ड परिषदको नेतृत्वका तीनै जना आकांक्षीहरुसंग समेत आवश्यक छलफल गरेर सर्वसम्मत रुपमा परिषद गठन गर्ने गृहकार्य गरिरहेको बताए । 

 

स्रोतका अनुसार नेतृत्वका तीनै जना आकांक्षी तदर्थ समितिमा अट्ने गरी निकास निकाल्ने पहल अध्यक्ष फगामीले गरिरहेका छन् । संयोजक पदका सबै आकांक्षीहरुलाई समान हैसियतमा राखेर तदर्थ समिति घोषणा गराउने उनको योजना छ । सबैलाई समान हैसियतमा राखेर समितिमै समेट्न सके सबैको 'वीन वीन' स्थिति हुने र यसले भर्खर स्थापना हुंदै गरेको राज्य परिषदको जग बलियो बनाउन मद्धत पुग्ने निश्कर्षमा अध्यक्ष फगामी पुगेका छन् ।

 

शनिबार मिडल्याण्डमा बसेको एनआरएन यूके कार्यसमितिको बैठक मुख्यतः स्कटल्याण्डकै विषयमा केन्द्रित बनेको थियो । स्कटल्याण्डको नेतृत्व विवादलाई सुल्झाउने  प्रयासमा कार्यसमितिभित्र गहन र संवेदनशिल छलफल हुनुपर्ने भएकाले मिडल्याण्ड क्षेत्रका एनआरएन यूकेका सल्लाहकारहरु समेतलाई सहभागी नगराएर व्यापक छलफल गरिएको बैठकमा सहभागी एक पदाधिकारीले बताए । 

 

स्कटल्याण्ड राज्य परिषदको नेतृत्वमा सहमति बनेको अवस्थामा आउंदो सेप्टेम्बर २९ को काउन्सिल मिटिंगका अवसरमा परिषदको औपचारिक घोषणा गर्ने र समितिका पदाधिकारीहरुलाई स्वागत गर्ने योजना एनआरएन यूकेले बनाएको छ । 

 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 1 hour ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 2 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 2 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर