एनआरएन यूकेको 'डिसाबिलिटी एड इभिनिङ'मा अपांगता भएकाहरुलाई दिइयो विशेष निमन्त्रणा

  • बिहीबार, १० साउन, २०७५
  • 11 months ago
  • युके
Education Park

लण्डन । एनआरएन यूकेले आउंदो सेप्टेमबर १ मा गर्ने 'डिसाबिलिटी एड इभिनिङ' कार्यक्रमका लागि अपांगता भएका बेलायतस्थित नेपाली र तीनका परिवारलाई समेत विशेष आमन्त्रण गरिएको छ । 

 

एनआरएन यूके उपाध्यक्ष तथा च्यारिटी विभाग संयोजक प्रेम गाहामगरले बेलायतमा रहेर ३० भन्दा बढि अपांगता भएका नेपाली तथा उनीहरुको परिवार र आफन्तलाई भेटेर कार्यक्रमको निम्तो दिएका हुन् । 'ग्रेट वार वउन्डेड हिरो' नामक संस्थाले आयोजना गरेको वार्षिक भेटघाट कार्यक्रममा भेला भएकाहरुलाई गत आइतबार बेलायतको फोक्सटन पुगेर उपाध्यक्ष गाहामगरले भेटेका थिए । 

ग्रेट वार वउन्डेड हिरोको समुहमा सेनामा कार्यरत रहंदा घाइते भएकाहरुको साथै बेलायतस्थित अपांगता भएका सिभिलियनहरु पनि छन् । 

 

सो समुहका सदस्य तथा तीनका आफन्तहरुले एनआरएन यूकेले अपांगता भएकाहरुको सहयोगार्थ कार्यक्रम गर्न लागेकोमा धन्यवाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रमको विशेष निमन्त्रणा पाउंदा खुशी उनीहरुले कार्यक्रममा सहभागिता र सहयोगको लागि उपाध्यक्ष गाहामगरलाई वचन समेत दिएका छन् । 

 

त्यस अवसरमा बेलायतको भ्रमणमा आएका नेपाल अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदीसंग समेत उपाध्यक्ष गाहा मगरले भेटेर कार्यक्रमबारे छलफल गरेका थिए । कार्यक्रमका लागि दियएको निमन्त्रणा स्वीकार्दै अध्यक्ष सुवेदीले कार्यक्रममा उपस्थित हुने बताएका थिए । 

 

एनआरएन यूके च्यारिटी विभागको आयोजनामा आउदो सेप्टेम्बर महिनाको १ तारिखका दिन अल्डर्सटको एम्पायर हलमा ’डिसाबिलीटी एड इभिनिङ’ कार्यक्रम हुंदैछ । 

 

गोर्खाली चेलीका रुपमा परिचित चर्चित बेलायती अभिनेत्री जोआना लुम्ले र बेलायतको प्रतिष्ठित ग्यालन्ट्री क्रस बाट सम्मानित गोर्खा सैनिक दिपप्रसाद पुनलाई विशेष अतिथीका रुपमा उक्त कार्यक्रममा आमन्त्रण गरिएको छ । 

विभिन्न शारीरिक अपांगता भएर पनि समाजमा उदाहरणीय योगदान पुर्याउन सफल आधा दर्जन बढि विशेष प्रतिभाहरुले सो कार्यक्रममा प्रस्तुतिहरु देखाउनेछन् ।  

 

एउटा खुट्टाले नाचेर ठूलो ख्याती कमाउन सफल कलाकार निलम ढुंगाना, अफगानिस्तानमा दुवै खुट्टा गुमाएर पनि साहसिक रुपमा विभिन्न पर्वतारोहण पूरा गरेका किर्तिमानी भूपू गोर्खा हरि बुढा मगरदेखि बेलायती सेनामा सेवाकै क्रममा अपांगताको शिकार बनेर पनि समाजमा विभिन्न उदाहरणीय कार्यहरु गर्दै आएका विनोद बुढाथोकी, नेत्र राना र  शिव थजाली, कुशल नृत्यांगना तथा  मिसेस यूके नेपालकी एक विजेता  अमृता गिरी लगायतले आफ्ना विशेष प्रस्तुति देखाउनेछन् । त्यस अवसरमा हरि बुढा मगर र विनोद बुढाथोकीले आफ्नो जीवन अनुभवबारे मन्तव्य पनि राख्नेछन् ।   

 

६ सय जना सहभागी हुने अपेक्षा गरिएको कार्यक्रमबाट झण्डै १४ हजार पाउण्डको कोष संकलन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा सहभागिताको लागि ४० पाउण्डको टिकट लाग्ने आयोजकले बताएका छन् ।  

 

एनआरएन यूके च्यारिटी विभागले बक्सिङ्ग शो सहितको च्यारिटी कार्यक्रम गरेको ६  महिना नपुग्दै पुनः अर्को कार्यक्रम गर्न लागेको हो ।

 


थप समाचार

एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

  • 5 hours ago
एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

शनिबार प्लमस्टिडको गेसो हलमा घोषणासभा गरेर वर्तमान कार्यसमितिका उपाध्यक्ष न्यौपानेले आउँदो कार्यकाल को अध्यक्षको लागि उम्मेदवारी घोषणा गरे । 

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 12 hours ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 12 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।