एनआरएन युकेले वेल्स ,स्कटल्यान्ड  र इङल्यान्डमा  राज्य परिषद गठन गर्ने 

  • सोमबार, १४ जेष्ठ, २०७५
  • 8 months ago
  • युके
फाइल फोटो

 

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको राज्य समन्वय समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । 

 

बैठकले वेल्स , स्कटल्यान्ड र इङ्ल्यान्डमा राज्य समिति गठन गर्ने निर्णय गरेको छ । जस अनुसार वेल्समा जुन १७, स्कट्ल्यान्डमा जुलाई २ र इङल्यान्डमा  जुलाई १५ मा परिषद गठन गरिनेछ । 

 

सम्बन्धित राज्यहरुमा परिषद गठन गर्न भेला आयोजना गर्न तथा समन्वय गर्न वेल्समा प्रभु न्यौपाने, स्कटल्यान्डमा तिलाक भट्टराई र इङ्ल्यान्डमा  हयारी  गुरुङलाई सह संयोजक तोकिएको छ । 

 

गैर आवासीय नेपाली संघ बेलायतअन्तर्गत नर्दन आयरल्यान्ड  राज्य समन्वय परिषद गठन भइसकेको छ । बाकी ३ राज्यका परिषदहरु पहिलोपटक गठन गर्न लागिएको हो ।  ती परिषदका समितिमा विभिन्न पदहरुमा बसी काम गर्न इच्छुकहरुले गैर आवासीय नेपाली संघ बेलायतको पंजीकृत सदस्य लिएर रीर्तपुर्वक उम्मेदवारी भेला हुने मिति भन्दा एकदिन अगावै आइपुग्ने गरी निम्न इमेल र ठेगानामा गैर आवासीय नेपाली संघ बेलायत राज्य समन्वय समितिको सचिवालयमा आइपुग्ने गरी आवेदन दिन सकिने सो विभाग प्रमुख एन आर एन यूके उपाध्यक्ष ललित न्यौपानेले जनाएका छन । 

इमेल: nrnukstatecoordination@gmail.com

ठेगाना :२ कासिल्डा रोड लन्डन  SE2 ०एष  

 

राज्य परिषदमा उम्मेदवारी शुल्क अध्यक्ष १०० पाउण्ड ,उपाध्यक्ष  ७५ पाउण्ड   ,महासचिव ५० पाउण्ड   ,सचिब ५०पाउण्ड  ,कोषाध्यक्ष  ५०पाउण्ड  ,सहकोषाध्यक्ष ५० पाउण्ड र सदस्यहरुलाई २५ पाउण्ड तोक्ने निर्णय गरिएको छ । उक्त उम्मेदवारी शुक्ल बापतको रकम सम्बन्धित राज्य परिषद्को कोषमा राखिने छ ।

 

तीन वटै राज्यमा भेला हुने स्थान , समय र बिस्तृत कार्यक्रमहरु पछि जानकारी गराइने बताइएको छ । 

 

गैर आवासीय  नेपाली संघ बेलायतले सिंगो  कार्यसमिति ,सबै एनआरएन अभियन्ताहरु , वेल्स , र इङ्ल्यान्डस्थित सबै संघ सस्था एबम नेपाली समाजहरुको सुझाब सल्लाह र सहयोग लिएर पहिलो पटक ४ वटै राज्यमा विधान  अनुरुप राज्य समन्वय परिषद गठन गरिने   गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष तथा  राज्य समन्वय समितिका संयोजक ललित कुमार न्यौपाने ले जानकारी दिए ।


थप समाचार

जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

  • 40 minutes ago
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।

यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

  • 46 minutes ago
यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।

अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

  • 58 minutes ago
अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका क्याप्टेन माउरो इकार्दी विश्वकै सर्वोत्कृष्ट स्टाइकरहरुमा पर्छन् । तर, फुटबल लिजेण्ड डियोगो म्यारोडोनाले उनको खुलेरै आलोचना गरेका थिए ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।