यी हुन् एनआरएन विश्व सम्मेलनमा जाने बेलायतका डेलिगेट(सुची)

  • बुधबार, १५ असोज, २०७६
  • 8 months ago
  • युके

 

लन्डन  ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवर १५ देखि १७   सम्म काठमाण्डौमा   हुने विश्व सम्मेलनमा बेलायतबाट प्रतिनिधित्व   गर्ने डेलिगेटहरुको सुची सार्वजनिक भएको छ ।  

 

एनआरएन यूकेले केन्द्रमा पठाएको ७० जना वैकल्पिक सहित कुल २ सय ४० जना डेलिगेटको  नाम मंगलबार  एक वक्तव्यमार्फत सार्वजनिक गरेको छ  ।  

 

जसमध्ये  १ सय ७० जना डेलिगेट छनोटमा परेका छन् भने बाँकी ७० जना वैकल्पिक सुचीमा छन्  ।  

 

आइसिसीका पदाधिकारी, सल्लाहकार, एनसिसीका वर्तमान एवम् पूर्व कार्यसमितिका पदाधिकारी, आइसिसी तथा एनसिसीका टास्कफोर्स सदस्य एवम सल्लाहकार  छनोटमा परेका छन् ।  

 

यसपटक बेलायतबाट  विश्व सम्मेलनमा जान करिब ४ सय जनाले ईच्छा जाहेर गरेका भएपनि अाइसिसीले  तोकेको मापदन्डमा रहेर प्रतिनिधि चयन गरिएको बताइएको छ ।  

 

'एनआरएन यूकेको बैठक तथा  पदाधिकारीबीचको छलफल  पछि  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तोकेको मापदण्डलाई पूर्ण रुपमा  पालना गर्दै प्रतिनिधी चयन गरिएको छ, महासचिव फडिन्द्र भट्टराईले  जारी गरेको वक्तव्यमा भनिएको छ,  'मापदण्ड अनुरुपको प्राथमिकतामा  छनौटमा परेका प्रतिनिधिहरुको एनआरएनसंगको आवद्दतालाई गहिरो र तथ्यगत  खोजबिन गर्दै उनीहरुको पदभारलाई समेत सुचिकृत गरिएको छ ।' 

 

प्रतिनिधी छनौट यथासक्य न्यायसंगत ढंगले गर्दागर्दै पनि  अधिक आवेदनहरुबाट सबै ईच्छुकहरुलाई समावेश गर्न नसकिएको भन्दै छनौटमा नपरेका आवेदकहरुले  मताधिकार नपाएपनि तोकिएको शुल्क बुझाएर सम्मेलनमा भाग लिन भने सक्ने  जानकारी गराइएको छ  ।

 

विश्व सम्मेलनमा भाग लिनु पूर्व हरेक प्रतिनिधिले  २ सय  डलर बराबरको शुल्क काठमाडौंमै बुझाउनुपर्नेछ  ।२ साता अघि मात्रै पुनम गुरुङको  अध्यक्षतामा निर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेलगत्तै डेलिगेट बन्न इच्छुकहरुको आवेदनको  लागि सार्वजनिक आव्हान गरेको थियो । जसमा करिब ४ सयले आवेदन गरेका थिए । 

 

प्रतिनिधी चयनको प्रक्रिया  चित्त नबुझेमा वा केन्द्रीय मापदण्ड विपरीत भएको लागेमा एनआरएन यूकेको  इमेल ठेगाना info.nccuk@nrna.org मा जानकारी दिन समेत आग्रह गरिएको छ ।

 

डेलिगेटहरुको सुची हेर्न यो लिंक  क्लिक गर्नुहोस । 


थप समाचार

लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

  • 22 minutes ago
लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यावसाय र अन्य रोजगार पनि बन्द छ ।

कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

  • 43 minutes ago
कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्ला मृतक दोलखाका ७

रुपातालमा थापेको महाजालमा परेको माछा

  • 46 minutes ago
रुपातालमा थापेको महाजालमा परेको माछा

कास्की । कास्कीको तेस्रो ठूलो रुपातालमा थापेको महाजालमा परेको माछाका साथ रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका कर्मचारी । संस्थाले तालको संरक्षणसहित माछापालनबाट मनग्य आम्दानी गर्दै आएको छ । त



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।