ISMT

HUB Education

एनआरएन यूकेको निर्वाचन तालिका सार्वजनिक, उम्मेदवारी दर्ता अगस्ट १८ मै

  • आइतबार, २६ साउन, २०७६
  • 1 week ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

तस्विर : शिव भण्डारी 

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन तालिका सार्वजनिक भएको छ । आइतबार फार्नबरोस्थित भिलेज होटेलमा आयोजित जानकारीसभामा निर्वाचन समितिले उक्त तालिका सार्वजनिक गरेको हो । 

 

जसअनुसार सेप्टेम्बर १४ मा हुने एनआरएन यूकेको निर्वाचनको लागि उम्मेदवारी दर्ता भने अगस्ट १८ तारिखमै गराइने भएको छ । 

 

अगस्ट ११ को साँझ ५ बजे मतदाताको प्रथम नामावली प्रकाशन, १३ अगस्ट दिउँसो ३ बजेसम्म नामावली सच्चाउने एवम् थप कागजात बुझाउने, १४ अगस्ट साँझ ५ बजे मतदाताको दोस्रो नामावली प्रकाशन, १५ अगस्ट दिउँसो ३ बजेसम्म मतदाता नामावलीउपर दाबीविरोध र सोहिदिन साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ । 

 

त्यसैगरी, १८ अगस्टको बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता, दिउँसो साढे २ बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन, साँझ ५ बजेसम्म दाबी विरोध र साँझ ८ बजे उम्मेदवारहरुको दोस्रो नामावली प्रकाशन गरिने भएको छ । 

 

उम्मेदवारी फिर्ताको लागि २० अगस्टको दिउँसो १ बजेसम्मको समय दिइनेछ भने सोहि दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । 

 

मतदानको कार्यक्रम सेप्टेम्बर १४ को बिहान ८ देखि साँझ ८ बजेसम्म रहनेछ । निर्वाचन समितिले बेलायतभरमा  कुल १ दर्जनको हाराहारीमा मतदान केन्द्रहरु राख्नुपर्ने अवस्था रहेको बताएपनि केन्द्रहरु कहाँकहाँ रहने यकिन भइनसकेको बताएको छ ।  

 

निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड डमर घले (एमबिई) र सहसंयोजक शिवजी श्रेष्ठले निर्वाचन तालिका सार्वजनिक गर्दै स्वतन्त्र र निश्पक्ष निर्वाचनको लागि कुनै कसर बाँकी नराख्ने संकल्पसहित आफुहरु खटिएको जानकारी गराएका थिए । 

 

 

एनआरएन यूकेको इतिहासमै सबैभन्दा बढि १३ हजार ८ सय ९० जनाले यसपटक सदस्यता आवेदन बुझाएका छन् । जसमध्ये स्वीकृत हुने सदस्यहरुले आसन्न निर्वाचनमा भाग लिन पाउनेछन् । 

 

यसअघि आइतबारको लागि तोकिएको साधारणसभा अन्तिम समयमा स्थगित गर्दै जानकारीसभा मात्र गरिएको थियो । सो अवसरमा अध्यक्ष योगकुमार फगामीले सदस्यताको लागि प्राप्त आवेदनहरुको रुजु गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी गराएका थिए । 

 

 

सोहि अवसरमा विधान संशोधन समितिका संयोजक योगेन क्षेत्रीले प्रस्तुत गरेका विभिन्न संशोधन प्रस्तावहरुमाथि सहभागीहरुले आआफ्ना राय, सुझाव पेश गरेका थिए । प्राप्त सुझावहरुलाई मनन गर्दै संशोधनको प्रस्ताव आगामी अधिवेसनमा पेश गर्ने संयोजक क्षेत्रीले बताए । 

 

आइसिसी पूर्व सल्लाहकार एवम् आसन्न निर्वाचनमा आइसिसी महासचिवका उम्मेदवार डा हेमराज शर्माले विधान संशोधनका विषयमा जानकारीमुलक सम्बोधन गरेका थिए ।

 

त्यसअघि शुभकामना मन्तव्य राख्दै आइसिसी उपाध्यक्ष कुल आचार्यले विश्वकै सबैभन्दा बढि सदस्य भएको राष्ट्रिय समन्वय परिषद बन्न सफल भएकोमा बेलायतको टिमलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए । प्रवक्ता रमेश सरांगकोटीले सञ्चालन गरेको कार्यक्रममा सचिव तारानाथ भण्डारीले स्वागत मन्तव्य दिएका थिए ।

 

 

 


थप समाचार

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

  • 5 hours ago
पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेक

मतदाता आकर्षित गर्दै रोजिना 

  • 5 hours ago
मतदाता आकर्षित गर्दै रोजिना 

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

आचार्य बालकृष्णलाई हृदयघात

  • 5 hours ago
आचार्य बालकृष्णलाई हृदयघात

एजेन्सी । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

एजेन्सी । नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ ।

विचित्र विश्व

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविस्कारमा जापान अगाडी नै आउने गर्छ । लगभग विश्वको आधाभन्दा बढि कारहरु जापानमा नै बन्ने गर्छ । यससँगै जापानमा कार भाडामा लिने चलन एकदमै बढेको छ । कार भाडामा लिएर आफूलाई जहाँ जान मन लाग्छ पुग्न सकिन्छ तर त्यहाँ भने फरक रहेको छ ।