करिब ३ हजार मतगणना हुँदा शेर सुनारलाई २ सय मतको अग्रता

  • शुक्रबार, ३ असोज, २०७६
  • 8 months ago
  • युके
मतदानको दिन अध्यक्ष उम्मेदवारद्वय शेर सुनार र पुनम गुरुङ

 

लन्डन ।  गत शनिबार सम्पन्न एनआरएन यूके निर्वाचनको मतगणना  अहिले जारी छ  । 

 

विहिबार राती साढे १२ बजेसम्म २८ सय देखि ३ हजारको हाराहारीमा मत गणना भइसकेको छ । जसमध्ये अहिलेसम्म अध्यक्ष पदमा शेर बहादुर सुनारले  करिब २ सय मतको अग्रता लिइरहेका छन्  । पुनम गुरुङले साढे ६ सय हाराहारीमा मत पाउँदा शेर सुनारले साढे ८ सय हाराहारीमा मत पाएका छन्   । 

 

निर्वाचन समिति निकट स्रोतबाट प्राप्त जानकारीअनुसार उपाध्यक्षमा प्रेम गाहा ठूलो मत अन्तरले अगाडि छन् भने दोस्रो स्थानमा  पशुपति   पोख्रेल छन् ।  

 

महासचिवमा फडिन्द्र  भट्टराईले दोब्बर भन्दा बढि मतको  अग्रता लिइरहेका छन्  । भट्टराईले  ९ सय हाराहारीमा मत पाउँदा उनका प्रतिस्पर्धी कर्मा पहाडी शेर्पाको मत आधाभन्दा पनि कम छ । 

 

आइसिसी सदस्यमा योगकुमार फगामी, दयानिधि सापकोटा, लिलादेवी गुरुङ र सुशिला राईको अग्रता छ । 

 

अहिलेसम्म विवादमा परेका बेजिङ्स्टोक, ह्यारो र अल्डर्सट बाहेकका अरु सबै बुथको गणना  भइरहेको छ । यसपटकको एनआरएन यूके निर्वाचनमा  कुल १३ हजार ६ सय २९ मतदातामध्ये ९ हजार २ सय ५३ मत खसेको छ । 

 

निर्वाचन समितिले केहिबेरमा अहिलेसम्म गणना भएको मतबारे अपडेट गराउने कार्यक्रम छ । शुक्रबार बेलुकासम्म अन्तिम नतिजा आइपुग्ने अपेक्षा छ ।

 

 

 

 


थप समाचार

होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

  • 46 minutes ago
होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ । शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको

गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

  • 50 minutes ago
गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँचजना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

  • 1 hour ago
कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाले जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।