IIMS College

ISMT

HUB Education

एनआरएन यूकेको नवनिर्वाचित टीमलाई लन्डन दूतावासको सम्मान

  • आइतबार, १९ असोज, २०७६
  • 1 week ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लन्डन  ।  एनआरएन यूकेमा  हालै निर्वाचित  पुनम गुरुङ   नेतृत्वको नयाँ कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान  गरेको छ ।  

 

 

दशै, तिहारसहितका विभिन्न नेपाली चाडपर्वको अवसरमा शनिबार दूतावासमा  आयोजित शुभकामना   कार्यक्रमकै क्रममा दूतावासले एनआरएन यूके नवनिर्वाचित     कार्यसमितिका पदाधिकारीहरुलाई बधाई र शुभकामना दियो ।  

 

 

राजदूत डा दुर्गाबहादुर सुवेदीले नयाँ कार्यसमितिमा निर्वाचित हुनेहरुलाई खादा ओढाएर सम्मान  गरेका थिए ।  

 

 

त्यस अवसरमा शुभकामना दिंदै राजदूत डा  सुवेदीले नयाँ कार्यसमितिको कार्य सफलताको कामना गरे ।  विगतका दिनमा लन्डन  दूतावास र एनआरएन यूकेबीच हुँदै आएको सहकार्यको स्मरण गर्दै उनले पुनम गुरुङ नेतृत्वको नयाँ  टीमसँग पनि सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरे ।  

 

 

 

 

एनआरएन यूके अध्यक्ष पुनम गुरुङले पनि  दूतावासले  दिएको सम्मानको लागि आभार प्रकट गर्दै दूतावाससंगको सहकार्य  र समन्वयममै काम गर्ने आफ्नो योजना सुनाइन् ।  

 

 

‘लन्डनस्थित नेपाली दूतावासले सबैलाई  अनुभुत हुने गरी यहाँको  समुदायको  एकता , नेपाली कला, संस्कृति र भाषाको  संरक्षण, व्यवसायको प्रोत्साहन, नेपालको पर्यटन प्रबर्द्धन लगायतका क्षेत्रमा प्रशंसनीय कामहरु गर्दै आएको हामीले देख्दै आएका  छौ’,  अध्यक्ष गुरुङले  भनिन्, ‘जसरी बेलायतबासी सबै नेपालीको मन जित्ने गरी काम गर्दै आउनुभएको छ, त्यसलाई निरन्तर राख्दै जानुहुनेछ भन्ने हाम्रो आशा छ ।’

 

 

त्यसअवसरमा एनआरएन यूकेका नवनिर्वाचित      समितिका उपाध्यक्षहरु  सुनिल बाबु खड्का र रोजिना प्रधान राई, सचिवहरु  जित रानाभाट र रन्जिता मल्ल, युवा संयोजक नविन गुरुङ, महिला संयोजक प्रसुना कंडेल, सदस्यहरु सरस्वति केसी, प्रकाश कंडेल, लालबहादुर गुरुङ र अमृता गिरी लगायतलाई सम्मान गरिएको थियो । 

 

 

त्यस्तै, अाइसिसी सदस्यहरु दयानिधि   सापकोटा, अर्कराज तिम्सिना, ललितकुमार न्यौपाने, सुरोज मास्के, इङ्ल्याड राज्य परिषदका कोषाध्यक्ष ध्रुवहरि  बाँस्कोटा र सदस्य प्रकाश न्यौपाने पनि सम्मानित  भएका थिए ।

 

 

 

पूर्व परराष्ट्रमन्त्री डा भेषबहादुर  थापा प्रमुख अतिथी रहेको उक्त शुभकामना कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्था र समुदायकाका प्रतिनिधि सहभागी थिए ।  कार्यक्रममा विभिन्न कलाकारले मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।  

 

 

 

 

तस्विर : नरेन्द्र बस्नेत 


थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 3 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 3 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 3 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।