लण्डनमा निधन भएका युवाको शव नेपाल पठाउन एनआरएन यूकेको आर्थिक सहयोग

  • बिहीबार, ३० फागुन, २०७५
  • 4 months ago
  • युके
Education Park

 

लण्डन । गत महिना लण्डनमा निधन भएका एक नेपाली युवाको शव नेपाल पठाउन एनआरएन यूकेले आर्थिक सहयोग गरेको छ । 

 

लण्डनको ह्यारोमा बस्दै आएका स्वर्गीय लेखबहादुर राना मगरको शव नेपाल लैजाने कार्यको लागि एनआरएन यूकेले १ हजार १ सय ७९ पाउण्डको आर्थिक सहयोग गरेको हो । 

 

एनआरएन यूकेको च्यारिटी विभागका संयोजक समेत रहेका उपाध्यक्ष प्रेम गाहा मगरको संयोजनमा उक्त रकम संकलन गरिएको थियो । 

 

उपाध्यक्ष गाहा मगर, महासचिव आरके त्रिपाठी, सल्लाहकार देव गुरुंग, पत्रकार शिव भण्डारी लगायतले बुधबार लण्डन ह्यारोस्थित उनको घरमै पुगेर मृतक मगरकै बाबुआमालाई सहयोग रकम हस्तान्तरण गरेका थिए । 

 

 

 

नेपाल स्थायी घर पर्वत हटिया रहेका जय बहादुर राना मगर र लोककुमारी राना मगरका  २९ वर्षीय छोरा लेखबहादुर राना मगरको गत २२ फेब्रुअरीमा निधन भएको थियो । लण्डनको ह्यारोमा बस्दै आएका राना सुतिरहेको बेला अकस्मात निधन भएको थियो । ३ महिनाअघि मात्रै आफ्नै बुवाको आश्रित भिसामा सुनौलो सपना बोकेर बेलायत छिरेका उनी यहां आफ्नै बाबुआमासंगै बस्दै आएका थिए ।  

 

मगरको पार्थिक शरीरलाई नेपाल नै लैजाने परिवारले निर्णय गरेपछि आर्थिक सहयोग आवश्यक परेको थियो । जसको लागि साउथ ईस्ट रिजनल तमु धिं लण्डनसहित बेलायतस्थित अन्य नेपाली संघसंस्थाले पनि सहयोग गरिसकेका छन् । 

 

 

तस्विर : जेनी भट्टराई 


थप समाचार

बोरिस जोनसन कञ्जरभेटिभ पार्टीको नयाँ नेता, बुधबार प्रधानमन्त्री बन्दै

  • 17 minutes ago
बोरिस जोनसन कञ्जरभेटिभ पार्टीको नयाँ नेता, बुधबार प्रधानमन्त्री बन्दै

कञ्जरभेटिभको नेता निर्वाचित जोनसनले बुधबारदेखि नै बेलायतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

  • 1 hour ago
बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

  • 1 hour ago
ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।

विचित्र विश्व

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।