लिभरपुलमा समिति गठन गर्न नसकी फर्कियो एनआरएन यूके

  • सोमबार, २ पुष, २०७५
  • 3 months ago
  • युके

 

लण्डन । एनआरएन यूकेअन्तर्गत क्षेत्रीय समिति गठनका लागि भन्दै लिभरपुल पुगेको टोली समिति गठन गर्न नसकी फर्किएको छ । 

 

नर्थ वेस्ट कमिटि गठनको लागि भन्दै आइतबार लिभरपुलमा गरिएको भेलामा समिति गठनको वातावरण बन्न नसकेको हो । 

 

भेलामा सहभागी लिभरपुल क्षेत्रकै अधिकांश सहभागीहरुले विधानअनुसार भेला आव्हान गरेर मात्रै समिति गठन गर्नुपर्ने मत व्यक्त गरेका थिए । 

 

समिति गठन गर्ने प्रयास विफल भएपछि सो क्षेत्रमा फेरि भेला आयोजना गर्न गोपाल अधिकारीलाई संयोजक चयन गरिएको छ । 

 

एनआरएन यूकेअन्तर्गत नर्दन आयरल्याण्ड, वेल्स र स्कटल्याण्डमा राज्य परिषद गठन भएपनि इंग्ल्याण्डमा गठन हुन बांकी छ । विधानले व्यवस्था गरेको इंग्ल्याण्ड राज्य परिषद गठन हुन नपाउंदै क्षेत्रीय समिति गठनमा हतारिएको भन्दै मिडल्याण्डका एनआरएनहरुले विरोध गरेका कारण पनि आइतबारको लिभरपुल भेला समिति गठन गर्न नसक्ने अवस्थामा पुगेको हो । 

 

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले यसअघि नै तत्काल क्षेत्रीय समिति गठन नहुने स्पष्ट पार्दै स्थानीय समुदायको राय, सुझाव संकलन गर्न लिभरपुल जाने कार्यक्रम रहेको बताएका थिए । 

 

तर फगामी नेतृत्वको कार्यसमितिकै महासचिव आरके त्रिपाठी लगायतका केहि पदाधिकारीले भने लिभरपुलमा समिति गठन हुने भन्दै प्रचार गरेका थिए । 

 

लिभरपुलको भेलामा सहभागी मिडल्याण्डका एनआरएन अभियन्ता दयानिधि सापकोटाका अनुसार विधानअनुसार नै अघि बढ्नुपर्छ भन्ने मत भेलामा सहभागी धेरैबाट आएपछि अर्को भेला बोलाउन संयोजक तोक्दै भेला समापन भएको छ । तर एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले भने लिभरपुलमा एनआरएनको समिति गठन भयो भन्ने गलत प्रचार गर्न खोजेको भन्दै उनले आश्चर्य व्यक्त गरका छन् ।  

 

'समिति गठन हुन नसकेर अर्को भेलाका लागि संयोजक तोकेका विषयलाई समेत संस्थाका जिम्मेवारी पदाधिकारीले नै गलत प्रचार गर्ने कोशिस गर्नु दुखद छ',  सापकोटाले भने, 'एनआरएन यूकेका महासचिव आफैले 'लिभरपुलमा एनआरएनले पायो नयां नेतृत्व' भन्ने शीर्षकको भ्रामक समाचार फेसबुकमा शेयर गरेको देख्दा हामी आश्चर्यचकित र दुखित बनेका छौं ।' 

 

 


थप समाचार

पुरुषले विशेष ध्यान दिनुपर्ने कुराहरु

  • 1 minute ago
पुरुषले विशेष ध्यान दिनुपर्ने कुराहरु

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ ।

रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

  • 34 minutes ago
रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

बेइजिङ । पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ ।

भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

  • 39 minutes ago
भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

रियो डि जानेरो । भ्रष्टाचारको आरोपमा पक्राउ परेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

पुरुषले विशेष ध्यान दिनुपर्ने कुराहरु

पुरुषले विशेष ध्यान दिनुपर्ने कुराहरु

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ ।

विचित्र विश्व

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।