एनआरएन यूकेको 'नागरिकता डेलिगेसन' लाई दिए नेताहरुले आश्वासन

  • मंगलबार, २ असोज, २०७५
  • 8 months ago
  • युके
गृहमन्त्री रामबहादुर थापा 'बादल' संग

 

लण्डन । गैरआवासीय नेपालीहरुको नेपाली नागरिकता निरन्तरताको पक्षमा दबाब सिर्जना गर्न भन्दै नेपाल पुगेको एनआरएन यूकेको डेलिगेसन टोली नेताहरुसंगको भेटघाटमा ब्यस्त बनेको छ ।

 

काठमाडौं उत्रिएलगत्तै भेटघाट सुरु गरेको टोलीसंग नेताहरुले नागरिकता निरन्तरताको पक्षमा समर्थन र आवश्यक सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

 

टोलीले आइतबार नेपाल पुगेकै दिन पूर्व सभामुख तथा नेकपा नेता सुबासचन्द्र नेम्वाङ, कांग्रेस सांसद राधेश्याम अधिकारी र नेकपा सांसद कृष्णभक्त पोखरेलसंग अन्नपुर्ण होटेलमा अन्तरक्रिया गरेको थियो । एनआरएनका केन्द्रीय अध्यक्ष भवन भट्ट समेत त्यसअवसरमा सहभागी थिए । 

 

पूर्व सभामुख सुबासचन्द्र नेम्वाङ्गसंग 

 

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको टोलीले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादल, कानुनमन्त्री भानुभक्त ढकाल, नेकपा सांसद डा सुर्य पाठक, कांग्रेस सांसद गगन थापा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतलाई भेटेको छ । 

 

टोलीमा सहभागी एनआरएन यूके महासचिव आरके त्रिपाठीका अनुसार बुधबार प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा लगायतलाई भेट्ने कार्यक्रम छ । टोलीले विहिबार नेपाली कांग्रेस तथा नेकपाका सांसदहरुसंग अन्तरक्रिया गर्दैछ । सबै भेटघाटहरुपछि शुक्रबार रिपोटर्स क्लबमा एक पत्रकार सम्मेलन गरेर ब्रिफिङ गरिने कार्यक्रम रहेको महासचिव त्रिपाठीले जनाए । 

 

टोलीमा बेलायतबाट एनआरएन आइसिसीका उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष ललितकुमार न्यौपाने, महासचिव आरके त्रिपाठी , आइसिसी सदस्यहरु कुमारी गुरुङ र जयप्रकाश गुरुङका साथै आयरल्याण्डका पूर्व अध्यक्ष गणेश प्रसाईं, अमेरिकाबाट सोनाम लामा, जर्मनीका पूर्व अध्यक्ष पुष्प थापा, बेल्जियमबाट मानार्थ परिषद गोविन्द सुवेदी , नागरिकता टास्कफोर्सका सदस्य सरोज दाहाल,  एनआरएन कार्यालयका सिईओ हेमन्त दवाडी, राजेश राणा लगायत टोलीमा सहभागी छन् । 

 

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले मंगलबार सांझसम्मका सबै भेटघाटहरु उत्साहजनक भएको प्रतिक्रिया दिए । 'एनआरएन यूकेको टिमले यो पहल गरेकोमा आइसिसीका साथीहरु पनि खुशी भएर समर्थन जनाउनुभएको छ । अध्यक्ष स्वयम नै हाम्रो टिममा सहभागी बनेर केहि भेटघाटमा सहभागी बन्नुभएको छ', अध्यक्ष फगामीले भने, 'हामीसंग भेट तथा छलफल गर्ने सबै नेताहरुले पनि नागरिकता निरन्तरताको हाम्रो मागमा पुर्ण समर्थन र सहयोगको आश्वासन समेत दिनुभएको छ ।'

 

कांग्रेस सभापति शेरबहादुर देउवासंग 

 

 


थप समाचार

के तपाईलाई राज योगबारे थाहा छ ?

  • 36 minutes ago
के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन

यी महिलाहरुले हात धुन समेत पानीको प्रयोग गर्न पाँउदैनन्

  • 43 minutes ago
यी महिलाहरुले हात धुन समेत पानीको प्रयोग गर्न पाँउदैनन्

एजेन्सी । दुनिँयामा कैयौ यस्ता आदिवासी क्षेत्रहरु छन् जँहा रहेका मानिहरुको परम्परा पनि अनौठो हुन्छ ।

बिहिबार जन्मेका व्यक्तिकाे गुण कस्ताे !

  • 49 minutes ago
बिहिबार जन्मेका व्यक्तिकाे गुण कस्ताे !

बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । यस्ता मानिसहरुलले अरुलाई निकै इज्जत गर्छन् । त्यसकारण मानिसहरुका लागि आदर्श पनि बन्ने गर्छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

हिन्दु धर्म अनुसार यस्ता छन् बिहिबार गर्नै नहुने कामहरु

हिन्दु धर्म अनुसार यस्ता छन् बिहिबार गर्नै नहुने कामहरु

हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।