IIMS College

ISMT

HUB Education

एनआरएन यूकेमा प्लमस्टिडका ३ आकांक्षीले गरे एकसाथ उम्मेदवारी घोषणा

  • बुधबार, ४ आषाढ, २०७६
  • 5 months ago
  • युके
बाँयाबाट क्रमश: आइसिसी सदस्य उम्मेदवार अर्कराज तिम्सिना , उपाध्यक्ष उम्मेदवार सुरोज मास्के र सचिव उम्मेदवार जित रानाभाट ।
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । एनआरएन यूकेको चुनावी माहोल तात्दै जाँदा साउथ ईस्ट लण्डनको प्लमस्टिडबाट तीजना आकांक्षीले एकसाथ आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 

 

मंगलबार साँझ गेसो हल प्लमस्टिडमा घोषणासभा आयोजना गर्दै अर्कराज तिम्सिनाले आइसिसी सदस्य, सुरोज मास्कले उपाध्यक्ष र जित रानाभाटले सचिव पदमा उम्मेदवारी घोषणा गरे ।

 

आइसिसी सदस्यका उम्मेदवार अर्कराज तिम्सिना एनआरएन यूके वर्तमान कार्यसमितिमा सदस्य छन् । संस्थाको बुद्धिजिवी विभागका संयोजक उनले दुई वर्षअघिको निर्वाचनमा सदस्य पदमा सबैभन्दा बढि मत प्राप्त गरी विजय हासिल गरेका थिए । ६९ वर्षीय तिम्सिना एनआरएन यूकेमै सबैभन्दा ज्येष्ठ उम्मेदवार पनि थिए । 

 

उपाध्यक्षका उम्मेदवार मास्के अहिले एनआरएन यूके कार्यसमितिमा सचिव छन् । एनआरएन यूके बिजनेस प्रबद्र्धन विभागको संयोजकको जिम्मेवारी अहिले उनकै काँमा छ ।  उनले अघिल्लो कार्यसमितिमा समेत सदस्यका रुपमा काम गरेका थिए । 

 

सचिवमा उम्मेदवारीको घोषणा गर्ने रानाभाट पनि वर्तमान कार्यसमितिमा सदस्य छन् । उनले विद्यार्थी समन्वय विभागको संयोजकको जिम्मेवारी समेत सम्हालेका छन् । 

साउथ ईस्ट लण्डनका नेपालीहरुको साझा संस्थाका रुपमा रहेको रोयल ग्रिनविच नेपाली सोसाइटीका महासचिव पनि हुन् । 

 

घोषणासभामा तीनै जना उम्मेदवारहरुले आफ्नो पृष्ठभुमि र एनआरएन अभियानमा संलग्नताबारे जानकारी दिंदै उपस्थित समुदायका अग्रहजहरुमाझ आ आफ्ना चुनावी प्रतिबद्धताहरु राखेका थिए । 

 

एनआरएनलाई नारामा जस्तै सबैको साझा संस्थाको रुपमा विकास गर्ने, सदस्यहरुका भावनाको प्रतिनिधित्व गर्ने, संस्थालाई आर्थिक रुपमा थप सबल बनाउने, संस्थाभित्रका विकृतिहरु हटाउन पहल गर्ने, लगायतका प्रतिबद्धता उनीहरुले गरेका छन् । संस्थामा काम गर्दै जाने क्रममा थप क्रियाशिलसहित अघि बढ्ने रहर पलाएको उनीहरुको भनाइ थियो । उम्मेदवारहरुले एनआरएन यूकेको सदस्यताका लागि सबैलाई अपील समेत गरेका छन् ।  

 

 

उम्मेदवारहरुलाई शुभकामना दिन साउथ ईस्ट लण्डनस्थित विभिन्न संघसंस्था र समुदायका अगुवाहरु उल्लेख्य रुपमा उपस्थित थिए । 

 

एनआरएन यूके उपाध्यक्ष ललितकुमार न्यौपाने, एनआरएन आइसिसीका अनररी काउन्सिल सदस्य मोहन गुरुङ , पूर्व आइसिसी सदस्य विनोद ज्ञवाली, एनआरएन यूके सललाहकार एवम आइएनएस यूके अध्यक्ष ले. चन्द्रबहादुर गुरुङ, साउथ ईस्ट तमु धिंका पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङ , आरजिएनएस अध्यक्ष हरिगोविन्द गुरुङ , पासा पुच साउथ ईस्टका पूर्व अध्यक्ष चुत्रबहादुर श्रेष्ठ लगायतका एनआरएन अभियन्ता र संघसंस्थाका प्रतिनिधिले उम्मेदवारहरुको सफलताको कामना गरेका थिए ।

 

उनीहरुले साउथ ईस्ट क्षेत्रका प्रतिनिधित्व गर्दै चुनावी मैदानमा आएका उम्मेदवारहरुलाई समुदायको तर्फबाट सक्दो साथ, सहयोगको आश्वासन समेत दिएका थिए । 

 

कार्यक्रमको सञ्चालन पासा पुचः साउथ ईस्ट यूके अध्यक्ष सुशील प्रजापतिले गरेका थिए । बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठले सहभागीहरु सबैप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए । 

 


थप समाचार

युरोकपको लागि यी २० राष्ट्र छनोट भए, ४ टिमको टुंगो अब यसरी लाग्छ

  • 1 minute ago
युरोकपको लागि यी २० राष्ट्र छनोट भए, ४ टिमको टुंगो अब यसरी लाग्छ

एजेन्सी । आगामी समरमा हुन लागेको युरोकपको लागि २० राष्ट्र छनोट भएका छन् । सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म युरोपका १२ देशको १२ शहरमा हुन लागेको यो प्रतियोगितामा अझै ४ राष्ट्रले स्थान बनाउन सक्नेछ

प्रधानमन्त्री ओलीको प्रतिबद्धतामा शशांक कोइरालाको समर्थन

  • 12 minutes ago
प्रधानमन्त्री ओलीको प्रतिबद्धतामा शशांक कोइरालाको समर्थन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपालको अतिक्रमित भूमिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको प्रतिबद्धताप्रति समर्थन जनाएका छन् । विराट

सुनको भाउ ७२ हजार १ सय

  • 19 minutes ago
सुनको भाउ ७२ हजार १ सय

काठमाडौँ । आज पनि सुनको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ७२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज मंगलबारको तुलनामा तोलामा १ सय रुपैयाँको वृद्धि भएको हो । मंगलबार तोलामा ४ सय रुपैयाँको वृद्धि



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।