एनआरएनविरोधी अभिव्यक्ति दिने मन्त्री पण्डितविरुद्ध उत्रियो एनआरएन यूके

  • बिहीबार, ३१ जेष्ठ, २०७५
  • 8 months ago
  • युके

लण्डन । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लगातार गैरआवासीय नेपालीहरुका विरुद्ध  अभिव्यक्ति दिने क्रम नरोकेकोे भन्दै गैरआवासीय नेपाली संघ (एनआरएन ) यूकेले विरोध गरेको छ । 

 

बुधबार सांझ लण्डनको साउथ ह्यारोमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै एनआरएन यूकेका अगुवाहरुले नेपालको संिवधानको मर्मविपरित मन्त्री पण्डितले एनआरएनहरुप्रति पुर्वाग्रहपुर्ण अभिव्यक्ति दिने गरेको आरोप लगाए । मन्त्री पण्डितलाई एनआरएनहरुविरुद्धको आफ्नो अभिव्यक्ति तथा दृष्टिकोण तत्काल सच्चाउन आग्रह गर्दै उनीहरुले त्यसो हुन नसके संस्थागत रुपमै विरोध र बहिस्कारसम्मको चरणमा पुग्न बाध्य हुने चेतावनी पनि दिए । 

 

पत्रकार सम्मेलनमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले एनआरएनहरुविरुद्ध मन्त्री पण्डितले दिएको अभिव्यक्तिका सम्बन्धमा धेरै सोंचविचार र छलफल गरिसकेपछि विरोधको यो चरणसम्म आइपुगेको बताए । 

 

'हामीले त यसबारे बुझिरहेका थियौं, आन्तरिक छलफल पनि हुंदै थियो । एनआरएनको केन्द्रले पनि त यस विषयमा पक्कै केहि गर्दै होला भनेर पर्खिरहेका थियौं', अध्यक्ष फगामीले भने , 'गैरआवासीय नेपालीहरुको प्रतिनिधी संस्थाका रुपमा हामीले पनि यस विषयमा आवाज उठाउनुपर्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं ।'

 

'गैरआवासीय नेपालीहरुका विरुद्धमा आज एकजना मन्त्री देखिनुभएको छ, हामीहरु चुप लाग्यौं भने भोली हामीविरुद्ध लाग्नेहरु थपिदै जानेछन् । त्यसैले यस विषयमा समयमै आवाज उठाउन सकेनौं भने पछि अवस्था झन् बिग्रिदै जानेछ', फगामीले भने । 

 

 

एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले सविंधानले नै स्पष्ट व्यवस्था गरिसकेको एनआरएनहरुको हकअधिकारको विरुद्ध नेपाल सरकारका मन्त्रीले नै अभिव्यक्ति दिंदा चुप लागेर बस्न नमिलेको बताए ।

 

'हामी आग्रह गर्छौं  संिवधानको भावना समेत ख्याल नगरेर मन्त्री पण्डितले दिनुभएको अभिव्यक्ति फिर्ता लिनुहोस्, हामीहरु जुन देशमा रहेपनि नेपाली नै हौं भन्न वास्तविकता स्वीकार गर्नुहोस्', महासचिव त्रिपाठीले चेतावनी दिए, 'हैन भने हामी अब संस्थागत रुपमै विरोधमा उत्रिएका छौं । दूतावासमा ज्ञापनपत्र बुझाउने, डेलिगेसन नै बनेर नेपाल जाने मात्र होइन अवस्था बिग्रिदै जांदा एनआरएन विरोधीहरुलाई बहिस्कार गर्नसम्म हामी पछि पर्नेछैनौं ।' 

 

एनआरएनका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले सम्पुर्ण गैरआवासीय नेपालीहरुविरुद्ध नेपाल सरकारकै जिम्मेवार मन्त्रीबाट लगातार अभिव्यक्तिहरु आउनु दुखद रहेको बताए । यस विषयको विरोधमा एनआरएन यूकेले चालेको कदमको प्रशंसा गर्दै उनले एनआरएन आइसिसीले पनि आफ्ना पहलहरु जारी राखेको जनाए ।

 

'हामीहरुले मन्त्री पण्डितसंग प्रत्यक्ष भेटेरै समेत कुरा गरेका छौं, उहांलाई सम्झाउने, बुझाउनेसम्मको कोशिस गरेका छौं', उपाध्यक्ष आचार्यले भने, 'हामीहरुसंग उहांले आफुले संिवधानको पूरै समर्थन गर्ने बताउनुहुन्छ, तर फेरि त्यहि संिवधानले व्यवस्था गरेको गैरआवासीय नेपालीहरुको अधिकारको भने विरुद्धमा बोल्नुहुन्छ ।' 

 

 

एनआरएन यूकेका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष मेजर रिटायर्ड डमर घलेले मन्त्री पण्डितका अभिव्यक्तिहरुबाट सम्पुर्ण गैरआवासीय नेपालीहरुको भावनामा चोट परेको बताए । नेपाल सरकारका जिम्मेवार मन्त्रीले एनआरएनहरुविरुद्ध पटकपटक बोल्दा समेत एनआरएनको सर्वोच्च समिति आइसिसीले के गरिरहेको छ भन्ने प्रश्न उठेको भन्दै घलेले यसतर्फ ध्यान दिन आइसिसीलाई सुझाव दिए । 

 

एनआरएन यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले संिवधानले व्यवस्था गरेको गैरआवासीय नेपालीहरुको अधिकार खोसिने खतरा बढेकोतर्फ सजग हुन आवश्यक रहेको बताए । एनआरएनको केन्द्रीय नेतृत्वबाट यसबारेमा हुनुपर्ने जति पहल नभएको भन्दै क्षेत्रीले भने, 'जिम्मेवारीमा बसेपछि पूरा गर्ने कोशिस गर्नुस्, हैन सक्नुहुन्न भने किन जिम्मेवारीमा बसिरहनुहुन्छ ? गर्न सक्ने अरुलाई छोडद्निुस ।'

 

 

पत्रकार सम्मेलनमा एनआरएन आइसिसी सदस्यहरु शान्ति थापा कुंवर र कुमारी गुरुङ, एनआरएन यूकेका उपाध्यक्षत्रय प्रेम गाहा मगर, ललित न्यौपाने र शेर सुनार, सचिव नारायण गाउंले, सदस्य होमनाथ पौडेल, सल्लाहकारहरु डेभिड गुरुङ, बाचस्पति रेग्मी, भुपेन्द्र गुरुङ, सुर्य नेम्वाङ, दधि आचार्य लगायतले पनि आ आफ्ना धारण राख्दै एनआरएनविरोधी मन्त्री पण्डितको अभिव्यक्तिको एनआरएनले संस्थागत रुपमै विरोध गर्नुपर्ने धारणा राखेका थिए । 

 

त्यसअवसरमा एनआरएन यूके महासचिव आरके त्रिपाठीले अन्य देशहरुले आफ्ना गैरआवासीय नेपालीहरुको लागि गरेको व्यवस्थाका बारेमा अध्ययन गरी तयार गरेको डकुमेन्ट आइसिसीउपाध्यक्ष कुल आचार्यलाई हस्तान्तरण गरिएको थियो । 

 

 

तस्बिरहरु : शिव भण्डारी 

 


थप समाचार

१४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मललाई ए स्टारले सहयोग गर्ने

  • 8 minutes ago
१४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मललाई ए स्टारले सहयोग गर्ने

उक्त कम्पनीले 
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्जालाई सहयोग गर्न लागेको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले बताए ।

आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

  • 15 minutes ago
आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

गलेश्वर । नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ ।

नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

  • 26 minutes ago
नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

सिराहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँ नै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।