IIMS College

ISMT

HUB Education

लण्डनको भारतीय हाई कमिसनबाहिर एनआरएनको प्रदर्शन

  • सोमबार, १६ मंसिर, २०७६
  • 1 week ago
  • युके
तस्विर : नरेन्द्र बस्नेत
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

 लण्डन । भारतले नेपाली सिमा मिचेको विरोध गर्दै गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले लण्डनमा प्रदर्शन गरेको छ । 

 

सोमबार दिउँसो लण्डनको इण्डिया हाउसस्थित भारतीय हाई कमिसनबाहिर गरिएको शान्तिपुर्ण प्रदर्शनमा डेढ सय बढिको सहभागिता थियो । 

 

प्रदर्शनमा भाग लिन लण्डन र आसपासबाहेक मिडल्याण्डबाट समेत एनआरएन अगुवा र विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि उपस्थित थिए । 

 

'ब्याक अफ इण्डिया' , 'छिमेकीलाई सम्मान गर', 'नेपाली भूमि फिर्ता गर', अ'समान सन्धी खारेज गर' लगायतका नारा लेखिएका ब्यानर, प्लेकार्ड, र नेपाली राष्ट्रिय झण्डासहित प्रदर्शन गरिएको थियो । 

 

हालै भारतले लिपुलेक, लिम्पियाधुरा ,कालापानी लगायतका नेपाली भूभाग समेटेर जारी गरेको नक्सा सच्याउन र देशका कैयौं ठाउँका सिमानामा मिचिएको नेपाली भुमि फिर्ता गर्न उनीहरुले माग गरेका थिए । 

 

प्रदर्शनका क्रममा एनआरएन यूके अध्यक्ष पुनम गुरुङले विरोधपत्र वाचन गरेर सुनाएकी थिइन् । नेपाली भुमि संरक्षणका लागि अहिले देशभित्र उठिरहेको आवाजप्रति प्रवासी नेपालीहरुको तर्फबाट नैतिक साथ र ऐक्यबद्धताका लागि प्रदर्शन गरिएको उनले बताइन् ।

 

मध्य लण्डनमा गरिएको प्रदर्शनमा सिंगो अन्तर्राष्ट्रिय जगतको नजर परेको बताउँदै अध्यक्ष  गुरुङले यसबाट भारतलाई आफ्नो गल्ती सच्याउनका लागि नैतिक दबाब बढ्ने विश्वास व्यक्त गरिन् ।

 

एनआरएनए केन्द्रीय परिषदले हरेक देशका राष्ट्रिय समन्वय परिषदहरुलाई आफ्नो नजिकका भारतीय दूतावास वा हाई कमिसन पुगेर विरोध प्रदर्शन गर्न निर्देशन गरेअनुसार नै बेलायतमा प्रदर्शन गरिएको एनआरएन यूके महासचिव फडिन्द्र भट्टराईले बताए ।

 

एनआरएन यूकेले हाई कमिसनमार्फत भारत सरकारलाई बुझाउन खोजको  विरोधपत्र भने कमिसनका अधिकारीहरुले बुझ्न मानेनन् ।  

 

हेरौं थप तस्विर  (सौजन्य : एभरेष्ट गौतम ) :

 

 


थप समाचार

क्रिकेटर बन्दै तापसी !

  • 1 minute ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि

खरले छाएको घरमा आगलागी

  • 7 minutes ago
खरले छाएको घरमा आगलागी

तुलसीपुर । दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।

चर्चामा दीपिकाको महंगो कालो गाउन !

  • 13 minutes ago
चर्चामा दीपिकाको महंगो कालो गाउन !

अभिनेत्री दीपिका पादुकोण आगामी वर्ष केही ठूलो फिल्मका साथमा सिल्बर स्क्रिन्समा देखिदैछन् । जसमध्ये दीपिकाको श्रीमान अर्थात अभिनेता रणवीर सिंहसँगको फिल्म ‘८३’ पनि हो । दीपिका रणवीर सिंहको जोडीलाई बलिउड



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।