IIMS College

ISMT

HUB Education

मिडल्याण्डमा एनआरएन यूकेको भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा व्यापक सहभागिता

  • मंगलबार, ७ फागुन, २०७५
  • 11 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

तस्विर : टिका अधिकारी

 

लण्डन । एनआरएन यूकेको च्यारिटी विभागको आयोजनामा मिडल्याण्डको बर्मिगहममा आयोजित भोइस अफ नेपाल च्यारिटी कन्सर्टमा त्यस क्षेत्रका नेपालीहरु उल्लेख्य रुपमा सहभागी बनेका छन् ।

 

भोइस अफ नेपालका विजेतासहितका ७ प्रतियोगीहरुले प्रस्तुति गरेको उक्त कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरले जनाएका छन् ।

 

मिडल्याण्ड क्षेत्रमा क्रियाशिल विभिन्न १३ वटा नेपाली संस्थाहरुको सहकार्य र सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो । साझा नेपाली समाज, शान्ति नेपाली समाज बेलायत, सिर्जनशिल लेस्टर नेपाल यूके, नेपाली समाज नटिंगहम, पिटरबरो नेपाली समाज यूके, डर्बी नेपाली समाज यूके, हाम्रो नेपाली समाज वुल्भरह्याम्पटन, गल्कोट नेपाली समाज यूके, नेपाल अप्रेस्ड पिपल्स सोसाइटी युरोप, लिभरपुल नेपाली समाज र मर्जिंग नेपसक्स लगायतका संघसंस्थाकोे कार्यक्रममा सहकार्य रहेको आयोजकले बताएको छ ।

 

लण्डनस्थित नेपाली दूतावासका द्धितीय सचिव लव सुवेदी प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएन आइसिसी उपाध्यक्ष कुल आचर्य, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, आइसिसी सल्लाहकार डा हेमराज शर्मा, आइसिसी सदस्यहरु रामशरण सिंखडा र शान्ति कुंवर थापा लगायत अतिथीको रुपमा उपस्थित थिए । 

 

त्यस्तै साझा नेपाली समाज अध्यक्ष महेश अधिकारी , शान्ति नेपाली समाज अध्यक्ष लिलाबहादुर थापा , सिर्जनशील लेस्टर नेपाल अध्यक्ष बलराम चापागाईं , नेपाली समाज नटिंगहम अध्यक्ष गोबिन्द खरेल , पिटरबरो नेपाली समाज यूके अध्यक्ष शिव छेत्री , डर्बी नेपाली समाज यूके महासचिव हरिहर भट्टराई , हाम्रो नेपाली समाज वुल्भरह्याम्पटन अध्यक्ष शिव खराल , गल्कोट नेपाली समाज यूके अधक्ष राजु कंडेल सहित मिडल्याण्डस्थित सम्पुर्ण नेपाली संघसंस्थाका प्रतिनिधि र समुदायका अगुवाहरुको उपस्थिति थियो ।

 

 

कार्यक्रमका प्रमुख अतिथि सुवेदी, एनआरएन आइसिसी उपाध्यक्ष आचार्य, एनआरएन यूके अध्यक्ष फगामी, महासचिव आरके त्रिपाठी, साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारी, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष लिलाबहादुर थापा लगायतले नेपालका प्रतिभाशाली युवा कलाकारहरुलाई अन्तर्राष्ट्रिय प्लेटफर्मसम्म ल्याएर हौसला दिने कार्य प्रशंसनीय रहेको भन्दै यस अभियानमा जोडिएको एनआरएन यूकेलाई बधाई ज्ञापन गरेका थिए ।

 

कार्यक्रमका संयोजक तथा एनआरएन यूके उपाध्यक्ष प्रेम गाहा मगरले बेलायतमा नेपाली कला र संस्कृतिको संरक्षण गर्ने, नेपालका युवा कलाकारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुति गर्ने अवसर दिने र एनआरएन यूकेको आपतकालीन कोषका लागि सहोग जुटाउने मुख्य उद्धेश्यहरुसहित कार्यक्रम आयोजना गरिएको बताए ।

 

त्यसअवसरमा उपाध्यक्ष गाहा मगरले हाल अस्वस्थ रहेकी एनआरएन आइसिसी सदस्य शान्ति थापा कुंवरलाई बेलायतबासी सम्पुर्ण नेपालीको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रमाणपत्र, पुष्पगुच्छा र दोसल्लासहित सम्मान गरेका थिए ।

 

कार्यक्रमका सहसंयोजक तथा एनआरएन यूके सचिव तारानाथ भन्डारी र सदस्य पवन शर्माले कार्यक्रम सन्चालन गरेका थिए । 

 

एनआरएन यूकेको च्यारिटी विभाग संयोजक प्रेम गाहा मगरको संयोजनमा विगतमा च्यारिटी डिनर विथ बक्सिंग शो र डिसाबिलिटी एड इभिनिंग सम्पन्न भइसकेका थिए ।

 

बेलायतस्थित क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्टले बेलायतका विभिन्न ७ शहरमा प्रस्तुति गर्न भोइस अफ नेपाल टिमलाई बेलायत ल्याएको हो । जसमध्ये बर्मिगहमको शो एनआरएन यूकेले संयोजन गरेको थियो ।

 

भोइस अफ नेपाल यूके कन्सर्ट यसअघि फोक्सटन र फार्नबरोमा सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने अब लण्डनको फेल्थाम, प्लमस्टिड, रेडिंग र ननिटनमा आयोजना हुंदैछन् ।

 

 


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 8 hours ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 10 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 10 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।