लर्ड्समा नेपाली क्रिकेटरको हौसला बढाउन एनआरएन यूकेको अपील

  • मंगलबार, ५ आषाढ, २०७५
  • 6 months ago
  • युके
जुलाई २९ लाई सफल पार्ने विषयमा केहि दिनअघि लन्डन दूतावासमा छलफल गरिएको थियो

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन ) यूकेले आउंदो जुलाई २९ मा लण्डनको लर्ड्स क्रिकेट मैदानमा नेपालले खेल्ने क्रिकेटमा सहभागिताको लागि बेलायतबासी नेपालीहरुलाई आग्रह गरेको छ । 

 

मंगलबार एनआरएन यूकेका तर्फबाट महासचिव आरके त्रिपाठीले एक वक्तव्य जारी गर्दै उक्त खेल हेर्न लर्ड्स पुगेर नेपाली क्रिकेटरहरुको हौसला बढाइदिन अपील गरेका छन् । 

 

'नेपाली खेलाडीहरुले विश्वका जुनसुकै ठाउंमा पुगेर खेल्दा पनि नेपालको प्तिनिधित्व गर्दै देशको गौरव बढाएका छन्', वक्तव्यमा भनिएको छ ।

 

पछिल्ला केहि वर्षमा खेलाडीहरुको अथक मेहनत र समर्थकहरुको साथबाट नेपाली क्रिकेटले ठूलो फड्को मारेको उल्लेख गर्दै अहिले नेपाल क्रिकेटका लागि विश्वमै उत्कृष्ट देशहरुमध्येको एक बन्न सफल भएको उल्लेख छ । 

 

दुई वर्षअघि लर्ड्समा  नेपालले खेलेको पहिलो खेलमा सहभागिताका लागि बेलायतबासी नेपालीहरुलाई धन्यवाद दिदै पुनः एकपटक जुलाई २९ मा पनि सहभागिताको लागि एनआरएन यद्दकेले आग्रह गरेको छ । 

 

जुलाई २९ मा नेपालले नेदरल्याण्ड र एमसिसी क्लबसंग मैत्रीपुर्ण त्रिकोणात्मक क्रिकेट खेल्दैछ । 

 

वक्तव्य :


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 3 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 4 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 4 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।