एनआरएन यूकेद्धारा पत्रकारलाई सम्मान

  • शनिबार, १२ जेष्ठ, २०७५
  • 3 months ago
  • युके

 

लण्डन । एनआरएन यूकेले नेपाल पत्रकार महासंघका केन्द्रीय नेता तथा बेलायत शाखाका पदाधिकारीहरुलाई सम्मान गरेको छ । 

शुक्रबार सांझ अल्डरसटको भेटघाट रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र नवनिर्वाचित यूके शाखाका पदाधिकारीहरुलाई सम्मान गरिएको हो । 

 

त्यसअवसरमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, प्रमुख संरक्षक मे रिटायर्ड डमर घले, संरक्षक योगेन क्षेत्री, आइसिसी सदस्यहरु रामशरण सिंखडा, शान्ति कुंवर र कुमारी गुरुङका साथै एनआरएन शिवजी श्रेष्ठ, थर्क सेन लगायतका एनआरएन अगुवाहरुले पत्रकारहरुलाई खादा ओढाएर सम्मान गरेका थिए । 

 

एनआरएन यूके अध्यक्ष फगामीले महासंघका केन्द्रीय अध्यक्ष आचार्य, महासचिव विष्ट र यूके शाखा अध्यक्ष नरेश खपांगीमगरलाई संस्थाको तर्फबाट मायाको चिनो समेत प्रदान गरेका थिए । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा एनआरएन यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घलेले पत्रकार महासंघ बेलायतले सहमतिको आधारमा नेतृत्व चयन गरेकोमा खुशी व्यक्त गर्दै अहिलेको नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुपर्ने बताए  । पत्रकारहरुले नियमति रुपमा आफ्नो सीप र क्षमतालाई विकास गर्न सके मात्र पत्रकारिताबाट समुदायले लाभ लिन सक्ने धारणा उनले राखे । 

महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले गैरआवासीय नेपालीहरुको अभियानमा महासंघको तर्फबाट सधै नै साथ, सहयोग र ऐक्यबद्धता रहने स्पष्ट पारे । 'गैरआवासीय नेपाली अभियानले उठाएका मुद्धाहरुलाई महासंघले अपनत्व लिएर अघि बढाउन तयार छ', एनआरएनका केन्द्रीय सल्लाहकार समेत रहेका अध्यक्ष आचार्यले भने, 'महासंघ र एनआरएनबीचको सहकार्यलाई अविच्छिन्न रुपमा लैजान हामी प्रतिबद्ध छौं ।' 

 

महासंघको केन्द्रीय तहबाट नै संस्थाको शुद्धिकरणका लागि योजना बनिसकेको भन्दै अध्यक्ष आचार्यले बेलायतको नेपाली समुदायसंगको सहकार्यमा यहांको शाखाले पनि शुद्धिकरण अभियान सञ्चालन गर्नुपर्ने बताए । 

 

त्यस्तै, महासंघका महासचिव विष्टले महासंघ र एनआरएनबीच संस्थागत रुपमै सहकार्य रहेको स्मरण गर्दै एनआरएन अभियानको पक्षमा महासंघ स्पष्ट रहेको जनाए । बेलायतमा क्रियाशिल नेपाली पत्रकारहरुलाई स्थानीय समुदायसंगको सहकार्यमा पेशागत मर्यादाभित्र रहेर कलम चलाउन उनले सुझाव दिए । 

एनआरएन यूके अध्यक्ष गोगकुमार फगामीले समाजलाई एकबद्ध गराएर अघि बढाउने दिशामा पत्रकारिता केन्द्रित हुनुपर्ने बताए । महासचिव आरके त्रिपाठीले गैरआवासीय नेपालीको नागरिकता अभियान र समानताको लागि भूपू गोर्खाहरुले गरिरहेको संघर्षको पक्षमा मिडिया क्याम्पेइनको लागि महासंघलाई सहयोग गरिदिन आग्रह गरे । 

 

त्यसअवसरमा एनआरएन यूकेका संरक्षक योगेन क्षेत्री, आइसिसी सदस्यहरु रामशरण सिंखडा, शान्ति कुंवर र कुमारी गुरुङ, उपाध्यक्षहरु पुनम गुरुङ र प्रेम गाहा मगर, उपमहासचिव विनय अधिारी लगायतले मन्तव्य राख्दै पत्रकार महासंघ बेलायतको नवनिर्वाचित कार्यसमितलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । 

 

त्यस्तै, नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगीमगर, वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल, महासचिव सञ्जयभक्त कंडेल, नेपाल प्रेस युनियन बेलायत संयोजक विपिन निरौला, बाचस्पति रेग्मी, विश्वासदिप तिगेला लगायतका पत्रकारले एनआरएन र पत्रकार महासंघ सहकार्यमै अघि बढ्नुपर्ने भन्दै त्यसका लागि आफुहरुको प्रतिबद्धता जनाएका थिए । 

 

कार्यक्रममा शाखाका सल्लाहकार नविन पोखरेल, उपाध्यक्ष लिलामान शेरपुञ्जा, उपमहासचिव नरेन्द्र बस्नेत, सचिवहरु पुर्ण गुरुङ र जगन कार्की, सदस्य नगेन्द्र नेम्बाङ, फोटोपत्रकार मिलन तमु लगायतको उपस्थिति थियो । 

 

महासचिव त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शेर सुनारले स्वागत मन्तव्य तथा कार्यसमिति सदस्य गंगा रानाले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । 

तस्बिरहरु : मिलन तमु 


थप समाचार

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छः अर्थमन्त्री खतिवडा

  • 1 minute ago
विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौँ । बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरणः विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ औँ सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।

सुन तोलाको ५८ हजार ४ सयमा कारोबार हुँदै

  • 23 minutes ago
सुन तोलाको ५८ हजार ४ सयमा कारोबार हुँदै

काठमाडौं । मंगलबार फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

  • 27 minutes ago
काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।