एनआरएन यूके अध्यक्षमा पुनम गुरुङ विजयी (पूरा नतिजासहित)

एनआरएन यूके इतिहासकै पहिलो महिला अध्यक्ष बन्न सफल

  • शनिबार, ४ असोज, २०७६
  • 8 months ago
  • युके

अल्डर्सट  । एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन् ।  प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय  ३ मतको अन्तरले हराउँदै पुनमले डेढ दशक लामो  एनआरएन यूके इतिहासकै पहिलो महिला अध्यक्ष बन्न सफल भएकी  छन्  ।  

 

आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्ष निर्वाचित पुनमले ४५५१ मत प्राप्त गरेकी छन् भने सुनारले ४३४८ मत पाएका छन् ।  

 

उपाध्यक्षमा  प्रेम गाहा  ३५५९ र सुनिलबाबु खड्का २७५७ मत ल्याएर विजयी बनेका छन् ।  महिला उपाध्यक्षमा रोजिना प्रधान राईले ४४४४ मतसहित जितेकी छन् ।  स्कटल्यान्डबाट केन्द्रीय उपाध्यक्षमा मोहन कार्कीले जितेका छन् ।

 

महासचिवमा  फडिन्द्र भट्टराई  ३९७५ मत प्राप्त गरी विजयी बने ।  सचिवमा जित रानाभाट ३२०९ र कोशलेश्वर  ढकाल ३२१३ मत ल्याएर निर्वाचित भए ।  महिला सचिवमा रन्जिता मल्ल  ४४९६, कोषाध्यक्षमा  तेजेन्द्र रोका ३५८७ र सहकोषाध्यक्षमा  सलुन्तला गुरुङ ३९३६ मतसहित विजयी बने ।  युवा संयोजकमा  नविन गुरुङ ४३६८,  र महिला संयोजकमा प्रसुना कंडेलले ३३८५ मतसहित  जितेका छन्  ।  

 

सदस्यमा सरस्वती केसी ४०९३, अमृता गिरी ३८४०, गोमा पौडेल ३८३०, प्रकाश कंडेल ३३९९ , कोपिला वनेम ३२६०,  लालबहादुर  गुरुङ ३०३४३, कृष्णप्रसाद खरेल २८२९, डा सुनिलकुमार शाह ३०९३, हेमबहादुर  लिम्बु ३२१९ , चन्द्रकला लिम्बू ३२१० , तारामैया गुरुङ २९५७, ज्ञानेन्द्र  आले मगर २६६६  मत ल्याएर   विजयी बनेका छन । 

 

आइसिसी सदस्यमा लिलादेवी गुरुङ, सुशिला राई, योगकुमार फगामी , दयानिधि  सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भए । इङ्ल्यान्ड राज्य  परिषद् अध्यक्षमा दिपक श्रेष्ठ निर्वाचित भए ।  प्रतिस्पर्धी  भिम सारुको २९०५ विरुद्ध  श्रेष्ठले ३१२० प्राप्त गरे ।  

 

उपाध्यक्षमा लालबहादुर गुरुङ ३६ ३७ मतसहित विजयी बने ।  सचिवमा गोबिन्द शर्मा खरेल २९५६ ल्याएर निर्वाचित बने । कोषाध्यक्षमा  ध्रुवहरि बास्कोटा २७०७, सहकोषाध्यक्षमा  चन्दन गुरुङ ३७६० मत प्राप्त गरी जिते ।  सदस्यमा वन्दना केसी ४६४२, मोहन ओली ३५५४, प्रकाश न्यौपाने २९३४ र सिताकुमारी पन्त ३८२२ मतसहित विजयी भए ।  निर्वाचित हुनेमध्ये अधिकांश अध्यक्ष निर्वाचित पुनम समुहका उम्मेद्वार छन् । 

 

निर्वाचन समितिले नतिजाको औपचारिक घोषणा भने आइतबार घोषणासभा गरी गर्ने कार्यक्रम छ ।


थप समाचार

होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

  • 48 minutes ago
होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ । शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको

गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

  • 52 minutes ago
गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँचजना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

  • 1 hour ago
कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाले जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।