IIMS College

ISMT

HUB Education

एनआरएन यूकेको असन्तुष्ट समुहले पनि लियो शपथ

  • आइतबार, १२ असोज, २०७६
  • 2 weeks ago
  • युके
Education Park

Kathmandu Trade Show

Royal Education Foundation

लण्डन । दुई साताअघि सम्पन्न एनआरएन यूके निर्वाचनमा असन्तुष्ट बनेको शेर सुनार समुहका विजयी उम्मेदवारहरुले शपथग्रहण गरेका छन् । 

आइतबार अल्डरसट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्नुअघि यसअघि बाँकी रहेको ती पदाधिकारीको शपथग्रहण गराइएको हो । 

एनआरएन यूकेकी नवनिर्वाचित अध्यक्ष पुनम गुरुङ एवम् आइसिसी सदस्यद्धय शान्ति थापा कुंवर र कुमारी  गुरुङले शपथग्रहणसहित विजयी उम्मेदवारहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।

उपाध्यक्षमा निर्वाचित प्रेम गाहा मगर, नर्दनआयरल्याण्डबाट उपाध्यक्षमा निर्वाचित नारायणदत्त कंडेल, सहकोषाध्यक्ष सकुन्तला गुरुङसहित केन्द्रीय समिति र इंग्ल्याण्ड राज्य समन्वय परिषदमा निर्वाचित पदाधिकारी एवम् सदस्यले शपथ लिएका हुन् । 

यसअघि निर्वाचनमा अनियमतिता भएको भन्दै असन्तुष्ट बनेका उनीहरुले गतसाता निर्वाचन समितिले गराएको सपथग्रहणमा भाग लिएका थिएनन् । 

बाँकी पदाधिकारीको शपथग्रहणलगत्तै एनआरएन यूके नवनिर्वाचित नवौं कार्यसमितिको पहिलो बैठक समेत बसेको छ । 

अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले अधिवेसन तथा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आसन्न विश्व सम्मेलनका लागि प्रतिनिधि छनोट लगायतका विषयमा छलफल गरेको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । 

असन्तुष्ट समुहले पनि शपथ लिएसंगै एनआरएन यूके निर्वाचनमा देखिएको विवाद अब साम्य भएको छ । 

थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 4 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 4 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 4 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व