एनआरएन यूकेले लण्डनको भारतीय हाई कमिसनअगाडि प्रदर्शन गर्ने
- बुधबार, ११ मंसिर, २०७६
- 1 week ago
- युके




लण्डन । भारतले नेपालका केहि भूभाग समेत समेटेर एकतर्फी रुपमा सार्वजनिक गरेको नक्साको विरोधमा लण्डनमा प्रदर्शन गरिने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आउँदो डिसेम्बर २ तारिख सोमबारका दिन लण्डनस्थित भारतीय हाई कमिसनअगाडि शान्तिपुर्ण प्रदर्शन गर्ने तयारी गरेको छ ।
एनआरएन यूके अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले बुधबार एक वक्तव्य जारी गर्दै बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् ।
'एनआरएन यूके बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्था, पत्रकार, वकिल, प्राध्यापक, बुद्धिजिवी तथा सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाई दिदीबहिनीहरुको सहभागीता, समन्वय र सहयोगको लागि हार्दिक अनुरोध गर्दछ', वक्तव्यमा भनिएको छ , 'एनआएन साथै बेलायतमा क्रियाशील सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई विशेषत आफु मातहतको निकायलाई परिचालन गर्दै यसमा व्यापक सहभागिता बनाउन आआफ्नो क्षेत्रबाट सहयोग गर्नु हुन सादर अनुरोध छ ।'
लिपुलेक, लिम्पियाधुरा ,कालापानी लगायतका नेपाली भूभाग भारतले आफ्नो नक्सामा पारी एकतर्फी सिमा नक्सा सार्वजनिक गरेकोमा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदले यसअघि नै विरोध जनाइसकेको छ ।
विश्वभरका एनआरएनए राष्ट्रिय समन्वय परिषदहरुलाई सम्बन्धित देशस्थित भारतीय हाई कमिसनमा शान्तिपुर्ण रुपमा विरोध जनाउन अन्तर्राष्ट्रिय समन्वय परिषदले निर्देशन गरेअनुसार नै बेलायतमा पनि विरोध कार्यक्रम तय भएको हो ।
हेरौं एनआरएनए यूकेको अपील :
थप समाचार
यि हुन सागमा यि हुन साग खेलकुदका सात तस्विरहरु
- 4 minutes ago

दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को पाँचौ दिन आइतबार नेपालले थप स्वर्ण जित्न सफल भयो । पौडि, जुडोमा स्वर्ण जितेका खेलडीका केही तस्विरहरु ः
महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन
- 32 minutes ago

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबा
क्रिकेटर बन्दै तापसी !
- 43 minutes ago
अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।
विचित्र विश्व
यो क्याफीमा जन्मदिन मनाए प्याज उपहार पाइने

एजेन्सी । प्याज काट्दा आँशु आउँछ तर, आजकल मुल्य सुन्ने बित्तिकै आँश झर्ने अवस्था आएको छ ।