IIMS College

ISMT

HUB Education

दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

  • शुक्रबार, ३ माघ, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले आयोजना गर्ने दोस्रो विज्ञ सम्मेलनको तयारीका विषयमा संघका पदाधिकारीहरुले नेपाल सरकारका मन्त्री र सचिवहरुसंग छलफल गरेका छन् । 

 

अध्यक्ष कुमार पन्त नेतृत्वको  एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।  त्यसअवसरमा मन्त्री ज्ञवालीले संघको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलन  सफल बनाउन नेपाल सरकारले हरतरहले सहयोग तथा सहजिकरण गर्ने आश्वासन दिएका छन् ।

 

एनआरएनका तर्फबाट अध्यक्ष पन्तसंगै उपाध्यक्ष डा. बद्री केसी, अर्जुन श्रेष्ठ, मन केसी लगायत छलफलमा सहभागी थिए । 

 

यसैबीच, एनआरएनए नेताहरुले नेपाल सरकारका सचिवहरुसंग समेत विज्ञ सम्मेलनको तयारीबारे छलफल गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीको संयोजनमा सम्पन्न बैठकमा कृषि, शिक्षा, स्वास्थ्य लगायतका मन्त्रालयका करिब दुई दर्जन सचिव तथा सहसचिवहरुको सहभागिता थियो ।

 

बैठकमा विदेशमा बसेका नेपालीले सिकेको  ज्ञान र सीपलाई देशको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा  छलफल भएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।  

 

त्यसअवसरमा एनआरएनए महासचिव डा. हेमराज शर्माले दोस्रो विज्ञ सम्मेलनको तयारीका सम्बन्धमा जानकारी गराएका थिए । पहिलो विज्ञ सम्मेलनबाट प्राप्त सुझावका आधारमा दोस्रो विज्ञ सम्मेलनलाई कसरी अझै व्यवस्थित र उपलब्धिमुलक बनाउन सकिन्छ भन्नेमा आफुहरुको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो ।

 

बैठकमा सहभागी नेपाल सरकारका अधिकारीहरुले विज्ञ सम्मेलनका उपलव्धिहरुलाई कसरी व्यवहारिक रुपमा लागु गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनुपर्ने धारणा राखेका थिए । उनीहरुले नेपालमा हाइड्रो, शिक्षा, स्वास्थ्य र बाँझो भुमि लगायतका क्षेत्रमा विज्ञहरुको आवश्यकता रहेको उनीहरुको भनाइ थियो । 

 

विदेशमा नेपालीहरुले सिकेको ज्ञान र सिपलाई नेपालमा भित्र्याउन एनआरएनए र नेपाल सरकारबीच स्थायी संरचना निर्माण गरिनुपर्ने आवश्यकता बैठकका सहभागीले औंल्याएका थिए ।

 

एनआरएनएले आगामी अक्टोबरमा दोस्रो विश्व विज्ञ सम्मेलन काठमाडौंमा आयोजना गर्दैछ ।

 

यसैबीच, गैरआवासीय नेपाली संघको दुई दिने बैठक शनिबारदेखि पोखरामा शुरु हुदैंछ ।  बैठकमा भाग लिन संघका पदाधिकारी शुक्रवार साँझ नै पोखरा पुगिसकेको संघका केन्द्रीय सदस्य रामशरण सिम्खडाले जानकारी दिए ।

 


थप समाचार

युवाको आकर्षण भएन मकै खेतीमा

  • 39 minutes ago
युवाको आकर्षण भएन मकै खेतीमा

फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ । मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

  • 44 minutes ago
आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर स

प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

  • 58 minutes ago
प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत नर्वीच सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा नर्वीच सिटीले लेस्टरलाई १-० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।