IIMS College

ISMT

HUB Education

लाप्राक पुगेर एनआरएनए अध्यक्ष पन्तले भने, 'नमुना बस्ती मंसिरभित्रै सम्पन्न गर्छौं'

एनआरएनए अध्यक्ष कुमार पन्त
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

किरण बुढाथोकी, लाप्राक ।

 

एनआरएनएको मेगा प्रोजेक्टको रुपमा सञ्चालित लाप्राक नमुना बस्तीको निर्माण कार्य मंसिर महिनाभित्रै सम्पन्न हुने भएको छ ।

 

प्रोजेक्ट मंसिर महिनाभित्रै सम्पन्न गर्न गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लाप्राकमै बसेर निर्माण कार्यलाई तीव्रता दिइरहेका छन्। लाप्राकमा एनआरएनएको तर्फबाट गर्नुपर्ने निर्माणको सम्पूर्ण कार्य पूरा भएको छ । यद्यपी स्थानीयले सम्झौता अनुसार काम नगर्दा निर्माण कार्य लम्बिएको हो ।

 

सो प्रोजेक्टको विषयमा सुरुदेखि नै नजिकबाट बुझको पन्त एनआरएनएको अध्यक्षमा निर्वाचित भएसँगै पहिलो मिसनका साथ लाप्राक नमुना बस्तीको निर्माण कार्य चाँडो भन्दा चाँडो सम्पन्न गर्न लाप्राकमा खटिरहेका छन्  । पन्तले एनआरएनएले लाप्राक नमुना बस्तीलाई अलपत्र छाड्यो भन्ने चर्चा चलिरहँदा हल्लालाई वेवास्था गर्दै लाप्राक बस्ती हस्तान्तरणमा भइरहेको ढिलाई, उठेको प्रश्न र गुनासोहरु तथा निर्माण कार्यको यथार्थ बुझन केहि दिनदेखि लाप्राकमा व्यस्त रहेका छन्  ।

 

पन्तले लाप्राक नमुना बस्तीलाई छिटो भन्दा छिटो कसरी सम्पन्न गर्न सकिन्छ र यसको मुख्य समस्या के हो ? समस्याको गाँठो कसरी फुकाउन सकिन्छ ? भनेर पहिलो चरणमा सम्बन्धित सरोकारवालासँग छलफलल थाले  । जसअन्तर्गत  अध्यक्ष पन्तले पहिलो चरणमा गोरखा जिल्लामा कार्यरत स्थानीय सञ्चारकर्मीसँग जिल्लास्तरमा लाप्राकको विषयमा उठेको प्रश्न र एनआरएनएप्रतिको भ्रम चिर्ने प्रयास गरे  ।

 

पन्तले लगत्तै गोरखाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुखसँग छुट्टाछट्टै छलफल गरे  । पन्तले सञ्चारकर्मी, नेपाली सेना, प्रजिअको राय सुझाव लिएपछि लाप्राकका लाभग्राहीसहित स्थानीय धार्चे गाउँपालिका प्रमुख, जिल्ला वन कार्यालय प्रमुख, वडाध्यक्षलगायत लाप्राक पोजेक्टमा जोडिएका सम्बन्धित सरोकारवाला निकायसँग बसेर बृहत छलफल गरे  ।

 

पन्तले सबै पक्षसँगको व्यापक छलफलपछि दिनभर जसो स्थानीयसँग अन्तरक्रिया गरे  । जसमा उनीहरुको वास्तावीक समस्या, अब चाल्नुपर्ने कदम र गर्नुपर्ने काम तथा विगतमा विभिन्न पक्षबाट भएका कमीकमजोरीलाई समिक्षा गर्दै स्थानीय सम्झौता अनुसार काम गर्न राजी भए । जसमा स्थानीय आफैले सम्झौता अनुसार आफूहरुले काम नगरेको र आपनो पक्षबाट पनि धेरै कमजोरी भएको भन्दै अब जंगलबाट काठ ल्याउने विषयमा सहमत हुँदै अबको १५ दिनभित्र शौचालय सहित जंगलबाट काठ ल्याएर घरको पार्टेसन गरि मंसिरभित्रै निर्माण सम्पन्न गरिने भएको छ ।

 

 

एनआरएनए अध्यक्ष पन्तले निर्माणमा बाँक काम मध्ये स्थानीयसँगको सम्झौताअनुसार आधा भन्दा बढी काठ काटिसकेको र दुई साताभित्र काठ ल्याएर स्थानीयले पार्टेसनको काम गरिसक्ने सहमति भएको बताए । ‘हाम्रो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न भइसकेको छ’, पन्तले भने, ‘अहिले बाँकी पार्टेसन र शौचालय बनाउने काम सम्झौता बाहिरको हो, यद्यपी एनआरएनएले स्थानीयको माग अनुसार शौचालय बनाइरहेको हो ।’

 

‘पुननिर्माण प्राधिकरणलाई गाउँपालिकाले बुझाउनुपर्ने लाभग्राही सूची बुझाउन अझै सकिएको छैन,  कतीपयको दोहोरो घर परेकाले लाभग्राहीको यकिन सूची तयार हुन बाँकी भएको पाइयो । सो विषयमा गाउँपालिकाले एक साताभित्र यर्थात सूची पुननिर्माण प्राधिकरणलाई बुझाउन सहमति भएको छ’, पन्तले भने ।

 

लाभग्राहीको यर्थात विवरण एक साताभित्र तयार हुने, शौचालयको निर्माण सकिने, स्थानीयले जंगलमा काटिएको काठ ल्याएर घरको पार्टेसनको काम ढिलोमा तीन साताभित्र सम्पन्न हुने भएकाले मंसिरभित्र सम्पूर्ण निर्माणको कार्य पूरा हुने पन्तले बताए ।

 

लाप्राक नमुना बस्ती निर्माणमा वर्षको पाँच महिना भन्दा बढी काम गर्न नसकिने, पहिरो र गाह्रो बाटो लगायतको प्रतिकूल समस्याले केहि ढिलाई हुन गए पनि मिडियामा आएजस्तै एनआरएनएले लाप्राक प्रोजेक्ट अलपत्र छाडेर गयो भन्ने हल्ला साँच्चो नभएको समेत उहाँले स्पष्ट पारे ।

 

अध्यक्ष पन्तले मंसिरभित्र निर्माण सम्पन्न गरि आगामी भूकम्प दिवसको दिन राष्ट्रपतीबाट हस्तान्तरण गर्ने तयारी भइरहेको समेत जानकारी गराए । ‘लाप्राकमा स्थानीयसँग कुराकानी गर्दा स्थानीयबासी अत्यन्तै खुसी र उत्साहीत भएको पाइयो’, पन्तले भने, ‘बाहिर हल्ला आएजस्तो स्थानीयबासी असन्तुष्ट भन्ने कुरा गलत रहेछ ।’

 


थप समाचार

च्याम्पियन्स लिगः यी तीनै क्लबलाई जित्नै पर्ने बाध्यता

  • 4 minutes ago
च्याम्पियन्स लिगः यी तीनै क्लबलाई जित्नै पर्ने बाध्यता

काठमाडौँ । च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेल अत्यन्त रोमाञ्चक हुने भएको छ । ग्रुप एच मा चेल्सी, भ्यालेनसिया, आयाक्स र लिली रहेका छन् ।

संसदकाे हिउँदे अधिवेशन पुस ४ गते बाेलाउन सिफारिस, पहिलाे एजेण्डा सभामुख चयन

  • 7 minutes ago
संसदकाे हिउँदे अधिवेशन पुस ४ गते बाेलाउन सिफारिस, पहिलाे एजेण्डा सभामुख चयन

काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि बोलाउन मन्त्रिपरिषदले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । यहि अधिवेशनले सभामुख चयनको प्रक्रिया समेत तय गर्नुपर्नेछ । सा

बार्सिलोनालाई पराजित गर्नै पर्ने दबाबमा इन्टर मिलान, मेस्सी नखेल्ने ?

  • 14 minutes ago
बार्सिलोनालाई पराजित गर्नै पर्ने दबाबमा इन्टर मिलान, मेस्सी नखेल्ने ?

काठमाडौँ । च्याम्पियन्स लिगमा इन्टर मिलानले बार्सिलोनासँग आमनेसामने गर्दैछ । समुह चरणको अन्तिम खेलमा इन्टर मिलानले जित्नै पर्ने दबाब रहेको छ । बार्सिलोना भने अर्को चरणमा प्रवेश गरिसकेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।

विचित्र विश्व

विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

एजेन्सी । विश्वमा हरेक देशमा शक्तिको आधारमा कहीँ राष्ट्रपति त कहीँ प्रधानमन्त्री प्रमुख हुन्छन् । यसका साथै हरेक देशका सरकार प्रमुखलाई विशेष सेवा–सुविधा तथा भत्ताहरु प्राप्त हुन्छ । यसै सन्दर्भमा विश्वका शीर्ष २० प्रमुखहरुबारे चर्चा गरौं जसको सबैभन्दा बढी तलब रहेको छ ।