IIMS College

ISMT

HUB Education

सहायता कोषको लागि एनआरएनए  स्कटल्याण्डको  'हिल वाक'

  • आइतबार, ३ चैत, २०७५
  • 11 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

प्रकाश अर्याल, स्कटल्याण्ड।  एनआरएनए  स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको  प्रख्यात डुमएट हिल,  स्टरलिङमा आगामी मार्च २४ गते आइतबार बिहान  १० बजे हिल वाक इभेन्ट आयोजना गर्ने भएको छ। 

 

 एनआरएनए  स्कटल्याण्डको  नौलो तरिकाले हिल वाक इभेन्टको  आयोजना गरेर सहयोग संकलन गर्ने लक्ष्यको गैरआवासीय नेपालीहरुमाझ  विशेष चर्चाको विषय बनेको छ।

 

एनआरएनए  स्कटल्याण्डका अध्यक्ष  मोहन कार्कीले  हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन गर्ने र उक्त कोषबाट  संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने बताए । 

 

डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब साँढे दुई  घण्टा लाग्ने अनुमान गरिएको छ।

 

हिल  वाक  एक   स्वस्थ इभेन्ट  पनि रहेको र यस्ता स्वस्थ इभेन्टहरुबाट  सहभागीहरुको शारिरिक र मानसिक स्वास्थ्यमा  फाइदा पुग्ने समेत अध्यक्ष  कार्की बताउँछन् ।

 

हिल  वाकमा आधिकारिक मेडिकल स्वयम्सेवकहरु र अन्य स्वयमसेवकहरू समेत सहभागीहरूको सहयोग र सुरक्षाको लागि प्रबन्ध गरिएको इभेन्ट संयोजक  राम बगालेले बताए । 

 

 उक्त हिडाईमा परिवार र बालबालिका सहितको सहभागिता रहने हुनाले सहभागीताको लागि स्कटल्याण्डको बिभिन्न स्थानबाट नेपालीहरुको सहभागिताको लागि अपेक्षा गरिएअनुसार सहभागी हुन आआफ़नो क्षेत्रका प्रतिनिधि मार्फ़त नाम दर्ता गराउने हरूको संख्या उच्च रहेको तथ्य संस्थाका सचिव  कृष्ण  दाहालले  बताए । 

 

संस्थाका खेलकुद संयोजक   उज्जवल कार्कीका अनुसार  उक्त इभेन्टको लागि स्कटल्याण्डको एडिनब्रा, ग्लास्गो, एबर्डिन, फलक्रिक, फाइफ, डनफर्मलिन  र स्टरलिङमा स्थानीय सम्पर्क व्यक्तिहरु तोकिएको छ । 

 

  एनआरएनए  स्कटल्याण्डको यस्तो कार्यक्रम अत्यन्त राम्रो प्रकृतिको भएको र  संस्थाले बेला बेलामा यस्ता कार्यक्रमहरू आयोजना गरिरहनु पर्ने संस्थाका सल्लाहकार  डा.  रामकुमार अधिकारीले बताए।  


थप समाचार

बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

  • 22 minutes ago
बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको केही समय नबित्दै प्रधानमन्त्री के पी शर्मा ओलीले उनलाई सिफारिस गर्न अ

रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

  • 36 minutes ago
रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर थिवाउट कोर्तोवा जहिले पनि अरुभन्दा अघि हुन चाहान्छन् । बेल्जियमको राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य कोर्तोवाले चेल्सी पिटर चेकलाई पछि पारे । रियलमा गएपछि पन

सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

  • 43 minutes ago
सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।