IIMS College

ISMT

HUB Education

एनआरएन यूकेको नवौं राष्ट्रिय महाधिवेसन सम्पन्न

  • आइतबार, २२ भदौ, २०७६
  • 3 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 तस्विर : नरेन्द्र बस्नेत 

 

लण्डन । एनआरएन यूकेको नवौं राष्ट्रिय महाधिवेसन आइतबार अल्डरसटमा सम्पन्न भएको छ ।

 

बेलायतका लागि नेपाली राजदूत प्रमुख अतिथि रहेको अधिवेसनलाई शुभकामना दिन एनआरएन आइसिसीका पूर्व अध्यक्ष शेष घले, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य सहितका केन्द्रीय नेताहरु समेत सहभागी बनेका थिए । 

 

अधिवेसनको उद्घाटनसत्रमा शुभकामना दिंदै प्रमुख अतिथि राजदूत डा सुवेदीले योगकुमार फगामी नेतृत्वको कार्यसमितिले एनआरएनए अभियानलाई बेलायतभर फैलाउने कार्य गरेको भन्दै प्रशंसा गरे । बेलायतस्थित नेपाली समुदायको एकताका लागि एनआरएनएको भुमिका महत्वपुर्ण रहेको जनउँदै यस अभियानलाई सभ्य र सुसंस्कृत रुपमा अभि बढाउन उनले सुझाव दिए । 

 

एनआरएन आइसिसीका पूर्व अध्यक्ष शेष घलेले पनि संस्थामा सबैले हातेमालो गर्दै काम गर्न सक्ने वातावरण बनाउनुपर्ने धारणा राखे । आउंदो महिना काठमाडौंमा हुने विश्व सम्मेलनमा जाने बेलायतका प्रतिनिधिहरुलाई घलेले सकारात्मक र रचनात्मक सहभागिताको लागि आग्रह गरे । 

 

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले आफु नेतृत्वको २ वर्षे कार्यकालमा सक्दो काम गर्ने कोशिस गरेको बताए । सदस्यता बिस्तार, राज्य समन्वय परिषद गठन लगायतका महत्वपुर्ण सफलता मिलेको स्मरण गर्दै उनले कैयौं काम कोशिस गर्दागर्दै पनि पूरा हुन नसकेको बताए । आफ्नो भावुक सम्बोधनमा उनले सहयोगी सबैप्रति आभार प्रकट गरे । 

 

अधिवेसनमा एनआरएन आइसिसकिा उपाध्यक्षहरु एवम् आगामी नेतृत्वका दाबेदारद्धय कुमार पन्त र कुल आचार्य, सल्लहाकार डा हेमराज शर्मा, युरोप संयोजक शिव बरुवाल, पूर्व प्रवक्ता मन केसी, आइसिसी सदस्यहरु रामशरण सिम्खडा, कुमारी गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

 

निर्वाचन समितिका संयोजक एवम् प्रमुख संरक्षक मे रि डमर घले र सहसंयोजक एवम् प्रवक्ता शिवजी श्रेष्ठले निर्वाचन प्रक्रिासमबन्धी विशेष जानकारी प्रस्तुत गरेका थिए । 

 

अधिवेसनमा महासचिव राजकुमार त्रिपाठी र कोषाध्यक्ष सचिन श्रेष्ठले प्रस्तुत गरेका वार्षिक तथा आर्थिक प्रतिवेदनहरु पास गरिएको थियो । विधान समिति संयोजक संरक्षक योगेन क्षेत्रीले विधान संशोधनको प्रस्ताव पेश गरेका थिए । 

 

एनआरएन यूकेको निर्वाचन आउँदो शनिबार हुंदैछ । आइतबार अन्तिम नतिजासहित घोषणासभा गर्ने तयारी छ । 

 

 


थप समाचार

गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

  • 9 hours ago
गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

  • 9 hours ago
स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत

आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

  • 9 hours ago
आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

नियामी (एजेन्सी) । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।