IIMS College

ISMT

HUB Education

यसरी गयो एनआरएनए यूकेको कोष माइनसमा (विवरणसहित)

  • सोमबार, ६ माघ, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । योगकुमार फगामी नेतृत्वको एनआरएनए यूकेले आफ्नो कार्यकालको आर्थिक प्रतिवेदन वर्तमान कार्यसमितिलाई बुझाएको छ । 

 

निवर्तमान कार्यसमितिका कोषाध्यक्ष श्रेष्ठले आइतबार वुल्वीचमा बसेको वर्तमान कार्यसमितिको बैठकमा बुझाएको २२ पृष्ठ लामो प्रतिवेदनमा संस्थाको कोष माइनसमा देखिन्छ । 

 

अघिल्लो कार्यसमितिले वर्तमान कार्यसमितिलाई बुझाउँदै गर्दा संस्थाको कोष  १० हजार ४ सय ४९ पाउण्ड ९२ पेन्स माइनसमा छ ।  छुट्टै खातामा रहेको नेपाल हाउसको ४३ हजार २ सय २३ पाउण्ड २१ पेन्स भने चलाइएको छैन । 

 

फगामी कार्यसमितिले अघिल्लो कार्यसमितिबाट बुझेको ३७ हजार ५ सय २२ पाउण्ड ७१ पेन्स, सदस्यता शुल्कबाट उठाएको १ लाख ३८ हजार ९०० पाउण्ड र उम्मेदवारी शुल्कबापत उठाएको ६८ हजार ७ सय गरी जम्मा भएको कुल २ लाख ४५ हजार १ सय २२ पाउण्ड ७१ पेन्स भन्दा पनि थप १० हजार पाउण्ड खर्च भएको देखाइएको छ । 

 

खर्चमध्ये सबैभन्दा बढि रकम निर्वाचनमै देखिन्छ । सदस्यता रजिस्ट्रेसन, डेटा इन्ट्रीसहित निर्वाचनको लागि कुल १ लाख ११ हजार ८ सय ४५ पाउण्ड १५ पेन्स खर्च भएको छ ।

 

डेटा इन्ट्रीकै दुई शीर्षकमा ३० हजार पाउण्ड भन्दा बढि रकम, एम्पायर हलको भाडास्वरुप ३३ हजार ६ सय २४ पाउण्ड, सेक्युरिटीमा १२ हजार ६ सय ९२ पाउण्ड खर्च देखाइएको छ । 

 

राजेश हमाल ल्याएर गरिएको कार्यक्रमका लागि १२ हजार ८ सय ६९ पाउण्ड ३९ पेन्स, अर्थमन्त्री युवराज खतिवडाको कार्यक्रमको २ हजार पाउण्ड र महासचिव आरके त्रिपाठीको इन्भोइसबिनाको ५ सय पाउण्डको बिल गत सेप्टेम्बरमा अधिवेसन सकिएपछि बुझाइएको देखिन्छ । 

 

खाजा खर्चमै समेत संस्थाको ९ हजार पाउण्ड भन्दा बढि रकम खर्च गरिएको छ । 

 

प्रतिवेदनको  पूरा विवरण हेर्न तलको लिंक क्लिक गर्नुहोस :

https://drive.google.com/file/d/1HEZNpejj8Fy0lOk3p4fCp34jOGqc6AuO/preview?fbclid=IwAR2dc8aehJMkMPx5D20n5668RmkhVKS1HqYtOVUJ6Xw8Rm5Wx067MNthYmQ

 


थप समाचार

युवाको आकर्षण भएन मकै खेतीमा

  • 27 minutes ago
युवाको आकर्षण भएन मकै खेतीमा

फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ । मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

  • 33 minutes ago
आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर स

प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

  • 47 minutes ago
प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत नर्वीच सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा नर्वीच सिटीले लेस्टरलाई १-० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।