IIMS College

ISMT

HUB Education

एनआरएनए यूके बैठकमा ११ निर्णय : आर्थिक प्रतिवेदनमाथि छानबिन गरिने

  • सोमबार, ६ माघ, २०७६
  • 3 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) यूकेको नवौं कार्यसमितिको तेस्रो पुर्ण बैठक आइतबार लण्डनको वुल्वीचमा सम्पन्न भयो ।

 

संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न ११ वटा निर्णयहरु गरेको जानकारी महासचिव फडिन्द्र भट्टराईले दिए । 

 

बैठकमा निवर्तमान कार्यसमितिका तर्फबाट कोषाध्यक्ष सचिन श्रेष्ठले २२ पृष्ठ लामो आर्थिक प्रतिवेदन पेश गरेका थिए । जसमा संस्थाको कोष १० हजार पाउण्डभन्दा बढि माइनसमा छ । सोहि प्रतिवेदनमाथि छानबिन गर्न तीन जना एकाउण्टेटहरुका साथ अध्यक्ष पुनम गुरुङ र कोषाध्यक्ष तेजेन्द्र रोका रहने एक समिति गठन गर्ने निर्णय गरियो । 

 

 

बैठकले आगामी मार्च ५ का दिन एनआरएनए स्थापना दिवस मनाउने निर्णय गरेको छ । यो कार्यक्रमको संयोजन गर्ने जिम्मा आइसिसी सदस्य रामशरण सिम्खडालाई दिइएको छ । 

 

बैठकबाट एनआरएनए यूके खेलकुद विभागको संयोजन गर्ने जिम्मा कार्यसमिति सदस्य ह्यारी गुरुङलाई लगाइएको छ । यसअघि गठित विभिन्न विभागहरुमध्ये पुर्णता पाइसकेका केहि विभागका संयोजकहरुले त्यसबारे जानकारी बैठकमा प्रस्तुत गरेका थिए । एनआरएनए यूकेमा मनोनित हुने सल्लाहकारहरुको नामावली सबै विभागहरुले पुर्णता पाएपछि सार्वजिनक गर्ने जानकारी अध्यक्ष पुनम गुरुङले गराएकी थिइन् । 

 

उपाध्यक्ष नारायण कँडेलले प्रस्तुत गरेको राज्य समन्वय परिषद र तीनको क्षेत्राधिकारसम्बन्धी नियमावलीमा थप छलफल आवश्यक रहेको भन्दै पछि निर्णय गरिने भएको छ । राज्य परिषदका पदाधिकारीहरुले नियमावलीमा सुधार गरिनुपर्ने भन्दै थप छलफल आवश्यक हुने आवाज उठाएका थिए । 

 

बैठकले विभाग गठन तथा कार्यसञ्चालन कार्यविधि र विभाग सञ्चालनसम्बन्धी निर्देशिकालाई भने छलफलपछि पारित गरेको छ ।

 

आइसिसीमा मनोनित सदस्यहरुले बुझाउनुपर्ने शुल्कका लागि पत्राचार गर्न कोषाध्यक्ष तेजेन्द्र रोकालाई जिम्मा लगाइएको छ । त्यस्तै, एनआरएनए  यूकेको ’एक एनसीसी एक प्रोजेक्ट' को लागि प्रस्तावहरु  ल्याउने जिम्मेवारीसहित  कोषाध्यक्ष रोकालाई उक्त समितिको संयोजक बनाइएको छ ।     

 

 

बैठकमा राज्य समन्वय परिषदहरुमध्ये वेल्स परिषदका तर्फबाट अध्यक्ष कृष्ण भण्डारीले आफ्ना कार्यक्रम तथा गतिविधीसम्बन्धी विवरण पेश गरेका थिए ।

 

आउँदो मार्च ८ मा महिला संयोजक प्रसुना कंडेलको संयोजनमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमलाई सफल पार्न सिंगो कार्यसमिति  सक्रिय बन्ने निर्णय गरियो ।  संघसंस्था विभाग संयोजक एवम् उपाध्यक्ष रोजिना प्रधानले प्रस्तुत गरेको विभागले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रमको प्रस्ताव छलफलपछि पारित भयो । 

 

त्यस्तै, कार्यसमिति सदस्य धनबहादुर सार्कीले आयोजना गर्न लागेको अन्तरराष्ट्रिय  रंगभेदसम्बन्धी कार्यक्रममा एनआरएनए यूकेले सहयोग गर्ने भएको छ ।  

 

 

एनआरएनए यूकेले अबदेखि अल्डर्सटस्थित एभरेष्ट टाइम्स   पत्रिकाको अफिसमा आफ्नो कार्यालय राख्ने भएको छ ।   कार्यालयको भाडा पहिलो महिना अध्यक्ष गुरुङले आफैले तिर्ने र पछि सबैले पालो गर्ने योजना   छ ।  

 

 

प्रवक्ता  रामकुमार गुरुङका अनुसार बैठकमा १ पदाधिकारी  र २ सदस्यबाहेक  कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।   त्यस्तै, इंग्ल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष दिपक श्रेष्ठ, वेल्सका अध्यक्ष कृष्ण भण्डारी र आइसिसी सदस्य ललितकुमार न्यौपाने पनि बैठकमा सहभागी भएका थिए । 

  

 

 

 

 


थप समाचार

बलिउड अभिनेत्री कंगनाका हट तस्बिरहरु

  • 27 minutes ago
बलिउड अभिनेत्री कंगनाका हट तस्बिरहरु

एजेन्सी । कंगना रणाउत बलिउडमा एक सफल अभिनेत्री हुन् । जुनसुकै कथामा पनि आफूलाई प्रस्तुत गर्न सक्ने खुबी भएकी कंगना सन् १९८७ मार्च २३ मा हिमाचल प्रदेशको भाम्ब्लामा जन्मिएकी हुन् ।

पेटको बोसो सजिलै घटाउन...

  • 42 minutes ago
पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या

यी चर्चित बलिउड अभिनेताको यसरी सकियो करिअर !

  • 50 minutes ago
यी चर्चित बलिउड अभिनेताको यसरी सकियो करिअर !

एजेन्सी । सन् २००६ को सुपरहिट फिल्म ‘ग्यांगस्टर’बाट चर्चित बनेका साइनी आहुजालाई एकदमै उत्कृष्ट अभिनेताको रुपमा लिने गरिन्थ्यो भने एक सम्भावना बोकेका कलाकारको रुपमा हेरिन्थ्यो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पेटको बोसो सजिलै घटाउन...

पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या भइरहेको हुन्छ ।

विचित्र विश्व

मान्छे कैद, जनावर खुला छाडिने चिडियाखाना

मान्छे कैद, जनावर खुला छाडिने चिडियाखाना

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।