IIMS College

ISMT

HUB Education

एनआरएनए यूकेले सुरु गर्‍यो समुदायसंगको अन्तरसंवाद

  • सोमबार, २७ माघ, २०७६
  • 1 week ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

 

लन्डन ।  गैर आवासीय नेपाली संघ यूकेले नेपाली समुदायसंगको अन्तरसंवाद कार्यक्रमको शुरुवात गरेको छ ।

 

लन्डनस्थित हिमालयन क्लबमा आइतबार दिउँसो गैरआवासीय नेपाली संघ (एनआरएनए ) यूकेको संघसंस्था विभागको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

 

एनआरएन यूके उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोजिना प्रधान राईको संयोजकत्वमा सम्पन्न   कार्यक्रममा एनआरएनए यूके अध्यक्ष्य पुनम गुरुङ, एनआरएन युरोप उपसंयोजक कृष्ण तिमल्सेना, आइसीसी सदस्य एवं संघसंस्था विभाग यूके सल्लाहकार रामशरण सिम्खडा, आइसीसी सदस्य  बिजन भट्ट लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा स्वागत मन्तव्य दिंदै  संयोजक रोजिना प्रधान राईले संघसंस्था त नेपाली समुदायसंगको सहकार्यमा मात्र अगाडी बढ्न सकिने बताइन् ।  समुदायबाट प्राप्त रचनात्मक सल्लाह र सुझावले आफूहरुलाई भावी रणनीति तयार गर्न सहयोग पुग्ने उनको भनाइ थियो । 



 

कार्यक्रममा एनआरएन यूके अध्यक्ष पुनम गुरुङले  आफुहरुको पहिलो एजेन्डा नै संघसंस्था र समाजसंगको अन्तरक्रिया गर्ने रहेकोले आफ्नो भनाई राख्न भन्दा समाज र संस्थाको कुरा सुनेर अगाडी बढ्ने बताइन ।

 

भ्रामक समाचारहरुले अन्योलमा पारेको हुँदा त्यस विषयमा आफूले स्पष्ट पार्ने बताउँदै ‘रे होइन कि हो’ भन्ने कुराको निष्कर्षमा पुग्नुपर्ने बताइन्  । पावर पोइन्टको माध्यमद्वारा आफूहरुले सम्पन्न गरेका कार्यक्रम लगायत भावी कार्यक्रमको बारेमा समेत अध्यक्ष गुरुङले जानकारी गराएकी थिइन् । बेलायतका विभिन्न स्थानहरुमा आयोजना गरिने यस कार्यक्रमले गैर आवासीय नेपाली संघ र संघसंस्थाबीचको सम्बन्धलाई नजिक पार्न सफल हुने विश्वास उनले व्यक्त गरिन्    ।

 

विभिन्न व्यक्ति र संस्थाका प्रतिनिधिहरुको जिज्ञासाको जवाफ दिंदै   अध्यक्ष गुरुङले एनआरएनले सानोतिनो मुद्दालाई भन्दा राष्ट्रिय मुद्दालाई लिएर अगाडी बढ्नुपर्ने बताइन । कार्यक्रममा विभिन्न किसिमका सल्लाह र सुझाबहरु प्राप्त भएका थिए । विशेष गरी  निर्वाचन प्रक्रिया र एनआरएन परिचयपत्रलाई व्यवस्थित गर्नुपर्ने, आर्थिक कारोवारको पारदर्शिता, नेपाली भाषा साहित्य प्रबर्धन, सामाजिक संजाललाई नियन्त्रण गरिनुपर्ने लगायतका विषयमा सबैको  चासो थियो ।

 

सबैको सल्लाह सुझाव र प्रतिक्रियालाई समेटेर अगाडि बांड्न  र आवश्यक छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता अध्यक्ष गुरुङले प्रतिवद्धता व्यक्त गरेकी छन् । 

 

 

एनआरएन आइडी कार्डको बारेमा प्रष्ट पार्दै आइसिसी सदस्य रामशरण सिम्खडाले डिजिटल कार्डको तयारी भइरहेको  र निकट भविष्यमा नै मोबाइलएप्स मार्फत विभिन्न सुविधासहितको कार्ड आउने बताए ।

 

एनआरएनको १५औं वार्सिकोत्सवको अवसर पारेर सम्पूर्ण अग्रज तथा संघप्रति योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले आगामी मार्च ५ तारिखका दिन आयोजना गर्न लागिएको कार्यक्रममा उपस्थित हुन समेत सिम्खडाले अनुरोध गरेका छन् ।

 

‘नो मेम्बर फि’ को बारेमा बोल्दै युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले एनआरएन फाउन्डेसनको काम अगाडि बढेको बताए ।



 

अन्तरसंवाद कार्यक्रममा यती नेपाली एसोसियसन यूके, क्याट यूके, एनबिसी यूके , नर्सिङ एसोसियसन यूके , किरांत राई       यायोख्या यूके, आदिवासी जनजाति महिला महासंघ यूके, पासा पुच: यूके, क्याटर एसोसियसन यूके, नेप्लिज सेफ एसोसियसन यूके, धादिङ नुवाकोट समाज यूके, केन्टन सोलिसिटर, बृटिस वल्फेयर सोसाईटी, सृजनशिल नेप्लिज समाज, लायन्स क्लब हेण्डन, रासस , देवाचन बुद्दिष्ट सेन्टर , ओयूएनएफ यूके, शेर्पा किदुङ, अर्खखांची समाज यूके , क्षेती समाज यूके , तमुधू लण्डन ईकाई लगायतका संघसंस्थाका प्रतिनिधिको  उपस्थिति रहेको थियो ।

 

कार्यक्रम विभागका सचिव विष्णु चालिसेले संचालन गरेका थिए ।


थप समाचार

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

  • 15 minutes ago
हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने

बाँकेको डेरी उद्योग सङ्कटमा

  • 21 minutes ago
बाँकेको डेरी उद्योग सङ्कटमा

नेपालगञ्ज । परम्परागत दूध व्यवसायले बाँकेको डेरी उद्योग सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको छ । यो जिल्लामा डेरी उद्योगका प्रशोधित दूध प्याकेटमा बजारमा उपलब्ध भए पनि अधिकांश नागरिक भने अहिले पनि परम्परा

अचम्मको माछा !

  • 24 minutes ago
अचम्मको माछा !

एजेन्सी । कहिलेकाहीँ हामीले कुनै यस्तो प्रकारको जीवलाई भेट्छौं, जुन अचम्मका हुने गर्छन् । जसमध्ये कुनै यस्ता हुन्छन्, जुन पहिले कहिल्यै देखिएको हुँदैन । यस्तै घटना नर्वेमा घटेको छ । त्यहाँ १९ वर्षीय ए



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।