IIMS College

ISMT

HUB Education

एनआरएन यूके अध्यक्षमा शेर सुनारको उम्मेदवारी घोषणा

  • आइतबार, २२ आषाढ, २०७६
  • 3 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

तस्विर : शिव भण्डारी 

 

लण्डन । एनआरएन यूकेका वर्तमान कार्यसमितिका उपाध्यक्ष शेरबहादुर सुनारले संस्थाको भावी नेतृत्वमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 

 

आइतबार अल्डरसटमा एक घोषणासभा आयोजना गर्दै उनले अध्यक्ष पदको उम्मेदवारी औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । साथमा उनले विभिन्न १५ बुंदामा आफ्ना चुनावी प्रतिबद्धताहरु पनि अघि सारेका छन् । 

 

सयौं सहभागीहरुमाझ आफ्नी आमाको आशिर्वाद लिंदै उम्मेदवारी घोषणा गरेका  सुनारले एनआरएन यूकेको छविलाई माथि उकास्ने र एनआरएनएको एक उदाहरणीय एनसिसीका रुपमा अघि बढाउने प्रतिबद्धता गरेका छन् । 

 

'मलाई एकपटक अवसर दिनुहोस, तपाईंहरुको सहयोगको मैले उच्च कदरसहित काम गर्नेछु ।  तपाईंहरुले मलाई दिएको भोट खेर जान दिनेछैन', आफ्नो उम्मेदवारीमा सहयोगका लागि अपील गर्दै सुनारले भने ।  

 

सुनारका प्रतिबद्धतामा मुख्यगरी गैरआवासीय नेपालीहरुको नेपाली नागरिकताको निरन्तरता, भूतपूर्व गोर्खाहरुको समस्या, एनआरएन यूकेको सदस्यता बिस्तार, नेपाल हाउस भवन निर्माण, संस्थाको आर्थिक पारदर्शिता, आपतकालीन राहत कोष  लगायतका एजेण्डाहरु समावेश छन् । 

 

 

घोषणासभामा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले सुनारलाई शुभकामना दिएका थिए । उनको अनुभवी , परिपक्व र मिलनसार व्यक्तित्वको चर्चा गर्दै वक्ताहरुले एनआरएन यूकेको नेतृत्वका लागि उनी उपयुक्त पात्र रहेको धारणा राखे । 

 

घोषणासभामा शेर सुनार निर्वाचन तयारी समितिका प्रमुख संयोजक बोहत गुरुंग, विश्वआदर्श पण्डित, पूर्व अञ्चलाधिस उत्तर टमाटा, शिवजी श्रेष्ठ एनआरएन यूके महासचिव आरके त्रिपाठी, काउन्सिलर प्रवेश केसी, पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगी, तमु धिं यूके अध्यक्ष नन्दजंग गुरुंग र पूर्व अध्यक्ष ज्ञाम गुरुंग, जनसम्पर्क समिति यूके अध्यक्ष युवराज गुरुंग, जनजाती महासंघ यूके अध्यक्ष जंग सुनुवार, ग्रेटर रशमोर नेपाली कम्युनिटी अध्यक्ष जीव बेल्वासे, पत्रकार चिरन शर्मा, तमु प्ये ल्हु संघ उपाध्यक्ष रणबहादुर गुरुंग, किराँत राई यायोक्खा सल्लाहकार रत्न राई, मिडल्याण्डबाट रणबहादुर केसी, दयानिधि सापकोटा, पशुपति पोखरेल, कोशलेश्वर ढकाल, गोमा पौडेल र सशांक शर्मा  लगायतले सुनारलाई विजयको शुभकामना दिए । 

 

एनआरएन यूकेको अघिल्लो कार्यसमितिमा उपाध्यक्ष निर्वाचित सुनारले त्यसअघि बेलायतस्थित विभिन्न नेपाली सामाजिक संघसंस्थामा काम गरेका थिए । सिर्जनशिल नेपाली समाज यूके र गोर्खाज इन्टेक १९८५ का संस्थापक अध्यक्ष उनले अरु आधा दर्जन बढि संस्थामा महत्वपुर्ण जिम्मेवारी वहन गरिसकेका छन् । बेलायती सेनामा १८ वर्षको सेवाबाट अवकाश लिइसकेपछि बेलायतमा बस्दै आएका उनी एनआरएन यूकेमा स्थापनाकालदेखि नै आबद्ध रहंदै आएका छन् । 

 

 

सुनारका १५ बुंदे प्रतिबद्धता जस्ताको तस्तै :

 

मेरो प्रतिवद्धताः

 

१) संस्थाको उद्देश्य प्राप्तिका लागि संरक्षक तथा पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारहज्यूरु, बेलायतस्थित नेपाली संघसंस्थाहरु र  आम बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीको राय, सल्लाह र सुझावलाई हृदयगमन गरी संस्थाको कार्यक्रम र अभियानलाई पूर्ण सफल बनाउनुनै मेरो पहिलो प्राथमिकता हुनेछ । 

 

२) नागरिकताको अभियानलाई निरन्तरता दिनेछु । नेपालको संविधान २०७२ को भाग (२) दफा १४ मा ‘संघीय कानू बमोजिम आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेछ’ भनेर उल्लेख गरिएको छ । ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल अवधारणालाई लिएर आईसीसीसंग समन्वय गरी दोहोरो नागरिकताका लागि आवश्यक पहल गर्ने छु । 

 

३) भूतपूर्व गोर्खाजहरुको मुद्दा अहिलेसम्म टुंगिएको छैन । भूपू गोर्खाजहरुका हकहित संरक्षणार्थ स्थापना भएका संघसंस्थाहरुसंग समन्वय गरी उनीहरुको आवाजलाई सम्बन्धित निकाय सम्म पु¥याउन आवश्यक पहल गर्नेछु । साथै, भूतपूर्व गोर्खाजहरुको अवस्था जानकारी गराउने उद्देश्यका साथ नेपालका मिडियाहरुले आयोजना गरेको कार्यक्रममा मेरै संयोजकत्वमा भूतपूर्व गोर्खाजहरुलाई भेला गराउन बिशेष भूमिका खेलेको थिएँ । साथै, अंग्रेजी नजान्ने वृद्धवृद्धा बुबाआमाहरुलाई ‘लाईफ ईन युके’ अर्थात बेलायतको जनजीवन बारे आवश्यक जानकारी गराउन बिशेष कार्यक्रम ल्याउन प्रयन्त गर्नेछु । त्यसैगरी नजिकका आफन्त नभएका वृद्धवृद्धा बुबाआमाहरुलाई आपतविपत परेको अवस्थामा मेरो कार्यसमितिले पहिलो प्राथमिकता दिने छ । 

 

४) बेलायतमा हाम्रो परिचय विस्तारै हराउदै गएको अवस्था छ । यहाँको सरकारी कार्यालयमा आपूm कुन देशबाट आएको हो भन्ने बारे जानकारी गराउनु पर्दा अन्य  एशियन को रुपमा आफुलाई परिचित गर्नुपर्ने अवस्था छ । र, सन् २०२१ मा बेलायतमा जनगणना हुदैछ । साथै, सो जनगणनामा नेपालीहरुको परिचय खुल्ने गरी ‘नेपाली’ कायम गराउन केही कामहरु भएको जानकारी गराउदै परिणाममुखी बनाउन आवश्यक कदम चाल्ने छु । 

 

५) नेपाल सरकारले सन् २०२० लाई पर्यटन बर्षको रुपमा मनाउदै छ । र, नेपालमा पर्यटन भित्र्याउने हाम्रो पनि कर्तव्य हो । त्यसैकुरालाई हृदयगमन गर्दै स्थानीय अंग्रेजी  समुदायभित्र नेपालको मनोरम दृश्य, प्राकृतिक सौन्दर्य, सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत गौतम बुद्ध लगायतको बिषयमा सक्दो जानकारी गराई विदेशी पर्यटक नेपाल भित्राउन हरसंभव प्रयत्न गर्नेछु । साथै, एक परिवार एक पर्यटक अभियान चलाउने छु । 

 

६) कुनै पनि संस्थालाई सुचारु रुपमा संचालन गर्नका लागि आर्थिक पक्षले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले मैले एनआरएनए युकेको आम्दानी वा खर्च दुवैलाई पारदर्शी ढंगले व्यवस्थित रुपमा राख्ने छु । 

 

७)  बेलायतमा करीब १ लाख भन्दा बढी नेपाली रहेको विश्वास गरिन्छ । तर, एनआरएनए युकेको सदस्यता लिने व्यक्ति भने ४÷५ हजार भन्दा बढी छैनन् । त्यसमा पनि निर्वाचनको अवस्थामा उम्मेदवारको अनुरोधमा मात्र सदस्यता बन्ने र बनाउने प्रचलन बढ्दै आएको छ । यसबारे आवश्यक अध्ययन गरी बेलायतवासी सबै नेपालीहरुले स्वतस्पुर्थ रुपमा सदस्यता बन्ने वातावरण ल्याउने पूरा प्रयास गर्नेछु ।

 

८) नेपाल हाउस अर्थात एनआरएन भवन बेलायतवासी नेपालीहरुको सपना हो । तत्कालिन एनआरएनए युके अध्यक्ष मुछेत्र गुरुङले यस अभियानको शुरुवात गरेको भएता पनि  नेपाल हाउस वर्तमान कार्यसमितिको प्राथमिकता 

भित्र पर्न सकेन । हुन त यो परियोजनालाई सार्थक तुल्याउन त्यति सहज भने छैन । तर पनि यस दीर्घकालिन सपनालाई मेरो कार्यकालमा उच्च प्राथमिकता दिने छु ।  

 

९) हामी एनआरएनहरु धेरैजसो मातृभूमि नेपालतर्फ मात्र केन्द्रित भैदिंदा बेलायतमा बसोबास गर्ने नेपालीहरुले भोग्दै आएका सामाजिक तथा आर्थिक समस्याहरु केलाउनेतर्फ त्यति ध्यान दिन पाएका छैनौं । यहाँ बसोबास गर्ने नेपालीहरुको समस्या समाधान तर्फ समेत आवश्यक ध्यान दिने छु । 

 

१०) अध्ययन, व्यापार वा कामको सिलशिलामा बेलायत आएका नेपालीहरु लगायत भूतपूर्व गोर्खा वृद्धवृद्धा बुबाआमाले भोग्दै आएका विभिन्न समस्याहरुको सही समाधानका लागि आवश्यक सल्लाह र सुझाव दिनका लागि एक ‘हेल्प डेक्स’ स्थापना गर्ने छु । 

 

११) बेलायतमा थुप्रै सफल नेपाली उद्यमी तथा व्यापारीहरु छन् । उद्योग तथा व्यापार गर्न ईच्छुक यहाँका नेपालीहरुलाई आवश्यक सल्लाह तथा सुझावका लागि उनीहरुसंग समन्वय गराउन पूर्ण रुपले प्रयत्न गर्नेछु । र, बेलायतमा बढीभन्दा बढी सफल उद्यमी तथा व्यापारी उत्पादन गराउन सेतुको भूमिका खेल्ने छु । 

 

१२) बेलायतस्थित नेपाली राजदूतावास लगायत बेलायतमा रहेका नेपाली संघसंस्थाहरु संग समन्वय गरी नेपाल र नेपालीको हितका लागि काम गर्ने छु । 

 

१३) नेपालीको पहिचान भनेकै नेपाली भाषा, कला र संस्कृति हो । यसको संरक्षण र सम्वद्र्धन गर्दै दोस्रो पुस्तामा हस्तान्तरण गर्ने हाम्रो दायित्व पनि हो । यसै कुरालाई हृदयगमन गर्दै दोस्रो पुस्ताका युथहरुबीच नयाँ थप कार्यक्रमहरु ल्याई नेपालीपन बचाइराख्न आवश्यक पहल गर्ने छु । त्यस्तै, हाम्रा साना बालबालिकाहरुलाई विभिन्न खेलको प्रशिक्षण दिलाउने तर्फ आवश्यक पहल गर्दछु ।  

 

१४) आपतकालिन अवस्थामा प्रयोग गर्दै आएको आपतकालिन अक्षय कोष वृद्धिका लागि आवश्यक कार्यक्रम सहित च्यारिटी कार्यक्रमहरुको आयोजना गर्ने छु । 

 

१५) बेलायतवासी युथहरुलाई अझ सफल, सवल र अनुभवि बनाउन विभिन्न बिषय र क्षेत्रमा विज्ञता हासील गरेका बेलायतस्थित नेपाली विज्ञहरुसंग समन्वय गराउन आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।  

धन्यवाद । 

 

भवदिय, 

शेर बहादुर सुनार 

अध्यक्ष पदको उम्मेदवार, एनआरएनए युके (२०१९–२०२१)

७ जुलाई २०१९ अल्डरसट, युके 

 


थप समाचार

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

  • 13 minutes ago
छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

  • 20 minutes ago
अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन

महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा नेपालको स्थान सुधार

  • 43 minutes ago
महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा नेपालको स्थान सुधार

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान उक्लेको छ । आइसिसीले सार्वजनिक गरेको महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा एक स्थान सुधार गर्दै नेपाल १४औँ स



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।