Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराजनैतिक अस्थिरता र अराजकताको चुनौति चरम चुलीमाः महासचिव पोखरेल

राजनैतिक अस्थिरता र अराजकताको चुनौति चरम चुलीमाः महासचिव पोखरेल


दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार तीन वटा संकट र चुनौतीबाट गुज्रिरहेको बताएका छन् । आइतबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पहिलो राजनैतिक अस्थिरता र अराजकताको चुनौति चरम चुलीमा रहेको बताए ।

महासचिव पोखरेलले राज्य र सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप अस्वाभाविक रुपमा बढ्नु अर्को चुनौति रहेको समेत बताए । विश्व राजनीतिको भूराजनीतिक द्वन्द्वको क्रिडास्थलका रुपमा नेपाललाई प्रयोग गर्ने जोखिम बढेको उनको भनाइ थियो ।

यस्तै उनले विकास र निर्माणका हिसाबले अहिलेको सरकार इतिहास मै अयोग्य रहेको समेत बताए । उनले नेपाली नागरिकले विद्युत बाल्न नपाएको अवस्थामा अहिलेको सरकारले भारतलाई यति विद्युत बेच्ने भयौँ, भन्ने कुरा गर्नु उचित नभएको बताए ।

महासचिव पोखरेलले अहिलेको परिवर्तनप्रति नै अनास्था तथा अविश्वास सृजना गर्ने हिसाबले अनेक प्रकारका अराजकतावादी विभाजनकारी प्रवृत्तिहरू बढिरहेको समेत उल्लेख गरे ।

अहिलेको सत्ता अयोग्य र अकर्मण्य रहेको कुरा कोशी प्रदेशको नामाकरणमा देखिएको उनको भनाइ छ । संविधानले प्रदेशसभाको नामकरण अधिकार प्रदेशसभालाई दिएको भन्दै उनले प्रदेश नम्बर १ को प्रदेश सभाले अत्याधिक बहुमतको साथ प्रदेशको नामाकरण गरेर कोशी प्रदेश राखेको भए पनि केही सिमित व्यक्तिहरूको असहमतिलाई भड्काउनका लागि सत्ता गठबन्धन आफैले गरेको निर्णयबाट पछाडि हट्नु रहेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बागमतीका मुख्यमन्त्रीले चैत १९ गते विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् । फागुन २३ गते नेपाली

दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव

आकासियो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार १०० रुपैयाँले बढेको छ । नेपाल

काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा दिएको छ । महानगरपालिकाले हिजो सूचना

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा एक बजे सुरु हुनेछ ।

Techie IT