IIMS College

ISMT

HUB Education

एनआरएनए यूकेमा मनोनित भए ५ कोअप सदस्य, प्रवक्तामा रामकुमार

  • सोमबार, २३ मंसिर, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ कार्यसमितिमा ५ जना कोअप सदस्य मनोनित भएका छन् । 

 

आइतबार अल्डरसटमा बसेको कार्यसमिति बैठकले कोअप सदस्यमा ह्यारी गुरुङ  , हेम गुरुङ, डा मिन रानाभाट, धनबहादुर सार्की  र रामकुमार गुरुङलाई मनोनित गर्ने निर्णय गरेको बैठकपछि महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । उनीहरुमध्ये रामकुमार गुरुङलाई संघको प्रवक्तामा नियुक्त गरिएको छ । 

 

गत निर्वाचनमा पराजित भएकाहरुलाई मनोनित नगर्ने तयारी गरिएको भएपनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएर उल्लेख्य मत पाएका उपाध्यक्षका उम्मेदवार सार्कीलाई भने कोअपमा ल्याइएको छ ।

 

बैठकले विभिन्न विभागहरु गठन तथा जिम्मेवारी बाँडफाँडको निर्णय गरेको छ । जसअनुसार अध्यक्ष पुनम गुरुङलाई नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको जिम्मा लगाइएको छ । 

 

उपाध्यक्ष प्रेम गाहालाई गोर्खा, उपाध्यक्ष सुनिलबाबु खड्कालाई च्यारिटी , उपाध्यक्ष रोजिना प्रधानलाई संघसंस्था समन्वय, उपाध्यक्ष नारायण कँडेललाई कानुनी परामर्श तथा विधान र उपाध्यक्ष मोहन कार्कीलाई नागरिकता निरन्तरता विभागको जिम्मेवारी दिइएको छ ।  अर्का उपाध्यक्ष रामचन्द्र पोखरेलको नेतृत्वमा उपाध्यक्ष प्रेम गाहा, महासचिव फडिन्द्र भट्टराई, इंग्ल्याण्ड परिषदका अध्यक्ष दिपक श्रेष्ठ, स्कटल्याण्डका अध्यक्ष छविलाल अर्याल, वेल्सका अध्यक्ष कृष्ण भण्डारी र नर्दन आयरल्याण्डका अध्यक्ष नारायण कुँवर समेत रहेको सदस्यता व्यवस्थापन तथा शुद्धिकरण विभाग गठन गरिएको छ । 

 

त्यसैगरी महासचिव फडिन्द्र भट्टराईलाई भाषा तथा साहित्य र सचिवहरु जित रानाभाटलाई बिजनेस, कोशलेश्वर ढकाललाई राज्य समन्वय र रञ्जिता मल्ललाई पर्यटन प्रबर्द्धन विभागको जिम्मा लगाइएकोे छ । 

 

कोषाध्यक्ष तेजेन्द्र रोका र सहकोषाध्यक्ष सकुन गुरुङले आर्थिक, युवा संयोजक नविन गुरुङले युवा र महिला संयोजक प्रसुना कंडेलले महिला विभागको जिम्मेवारी पाएका छन् । 

 

कार्यसमिति सदस्यहरु प्रकाश कंडेल र कृष्ण खरेललाई सांस्कृतिक तथा खेलकुद, अमृता गिरी गजुरेललाई वृद्ध तथा अपांग कल्याण र डा सुनिल शाहलाई स्वास्थ्य परियोजना विभागको संयोजक बनाइएको छ । 

 

बैठकले सल्लाहकारको मनोनयनको टुंगो लगाउने जिम्मा अध्यक्ष लाई दिएको छ ।  सल्लाहकारको संख्या घटाउने पक्षमा कार्यसमितिमा धेरैको मत देखिएको थियो ।

 

बैठकमा एनआरएन यूकेका सदस्यहरुको कार्ड वितरणको जिम्मा इंल्याण्ड राज्य परिषदले लिएको परिषदका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए । 

 

राती अबेरसम्म चलेको बैठकमा संस्थाका भावी कार्यक्रम तथा योजनाहरुबारे पनि छलफल गरिएको थियो । बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्यका साथै चार वटै राज्य परिषदका अध्यक्षहरुको सहभागिता थियो । 

 


थप समाचार

शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

  • 10 hours ago
शर्मा राससको बेलायत प्रतिनिधि नियुक्त

नेपालको सबैभन्दा ठूलो र पुरानो समाचार एजेन्सीका रुपमा सञ्चालित राससले विदेशस्थित प्रतिनिधिका रुपमा बेलायतमा शर्मालाई नियुक्त गरेको उनले बताए ।

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 11 hours ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 11 hours ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।