IIMS College

ISMT

HUB Education

कोरोना भाइरसको संक्रमणबाट नेपाली समुदायलाई जोगाउन एनआरएनए यूकेले स्वयंसेवी अभियान सुरु गर्ने

  • शुक्रबार, ७ चैत, २०७६
  • 2 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले कोरोना भाइरसको संक्रमणबाट नेपाली समुदायलाई जोगाउन स्वयंसेवी अभियान सुरु गर्ने भएको छ । 

 

एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले पहलकदमी लिंदै स्वयंसेवी अभियान अघि बढाएकी हुन् । एनआरएनए यूके कार्यसमिति सदस्य डाक्टर सुनिल शाहलाई स्वयंसेवी अभियान समन्वय गर्न जिम्मा दिइएको अध्यक्ष गुरुङले बताइन् । डाक्टर सुनिल शाहले डाक्टर तथा नर्सहरु सम्मिलित टोलीसहित टिमको घोषणाका लागि अध्यक्ष गुरुङ्गसँग सल्लाह गरेर एक दुई दिनमा टुंगो लगाउने छन् । 

 

त्यसबाहेक पनि एनआरएनए यूके सम्पूर्ण कार्यसमितिलाई परिचालन गर्ने योजना गुरुङको छ । उनका अनुसार स्वास्थ्यकर्मी बाहेक सामाजिक अभियन्ताहरुलाई पनि समेट्दै यो स्वयंसेवी अभियानमा बेलायतवासी नेपालीलाई एकीकृत गराइनेछ । 

 

‘हामीवीचका मतमतान्तर वा विवाद केही छन् भने भोलि छलफल गरौंला’ उनले भनिन्, ‘तर कोरोना जस्तो माहामारीबाट हरेक नेपालीलाई जोगाउन लाग्नु हाम्रो प्रमुख कर्तव्य हो । यस कार्यमा कार्यसमितिका सबै साथीहरु र एनआरएनए अभियन्ताहरुलाई म सहयोगका लागि आव्हान गर्छु ।’ 

 

यसैबीच एनआरएनए वेल्स राज्यसमितिले वेल्समा रहेका नेपालीहरुलाई कोरोना भाइरसको महामारीबाट पर्नसक्ने समस्यामा सहयोग गर्न समिति गठन गरेको छ । राज्यसमितिका अध्यक्ष कृष्ण भण्डारीले एक अपील जारी गर्दै कोरोनाको संक्रमणबाट जोगिन सबै वेल्सबासी नेपालीलाई आह्वान गरेको छ ।

 

वेल्समा बसोबासरत नेपालीलाई कुनै समस्या परेमा निम्न व्यक्तिहरुलाई निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्न भण्डारीले अनुरोध गरेका छन् । 

 

 

(यो समाचार सामग्री कोरोना भाइरस संक्रमणबारे बेलायतस्थित नेपाली समुदायलाई सचेत बनाउने उद्देश्यले नेपाल पत्रकार महासंघ युके शाखाको पहलमा तयार पारिएको हो ।)

 


थप समाचार

अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

  • 45 minutes ago
अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन बिबाह बन्धनमा बाँधिएको पनि १० भन्दा बढी भइरहेको छ । यी दुई बीच बच्चा पनि भइसकेको छ । तर, कहिलेकाँही खटपट पर्ने गरेको समाचार पनि बाहिरिने ग

बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

  • 50 minutes ago
बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

एजेन्सी । आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालिकासंग समेत खासै घुलमिल हुदैन्थे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटाभन्दा केटी साथीसँग बढी घुलमिल हुन्थे ।

हरेक दिन एउटा अण्डा खानुहोस् !

  • 55 minutes ago
हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हरेक दिन एउटा अण्डा खानुहोस् !

हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रकारको फाइदा हुने उक्त अध्ययनले जनाएको छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।