IIMS College

ISMT

HUB Education

एनआरएनए यूकेका निर्वाचन आयुक्तहरु सम्मानित

  • शनिबार, ४ माघ, २०७६
  • 2 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । एनआरएनए यूकेले केहि महिनाअघि सम्पन्न निर्वाचनका आयुक्तहरुलाई सम्मान गरेको छ । 

 

निवर्तमान र वर्तमान कार्यसमितिका तर्फबाट संयुक्त रुपमा शुक्रबार सांझ फार्नबरोको गोर्खा प्यालेस रेष्टुरेन्टमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरियो । 

 

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र निवर्तमान कार्यसमिति अध्यक्ष योगकुमार फगामीले सम्मानपत्र र मायाको चिनोसहित आयुक्तहरुलाई सम्मान गरेका थिए । 

 

 

त्यसअवसरमा एनआरएनए यूकेको गत सेप्टेम्बरमा सम्पन्न निर्वाचनका प्रमुख निर्वाचन आयुक्त मेजर डमर घलेले थुप्रै चुनौति र जोखिमहरुकाबीच पनि निर्वाचन समितिले निश्पक्ष र स्वच्छ निर्वाचन सम्पन्न गर्न सफल भएको स्मरण गरे ।

 

एनआरएन यूकेका पूर्व अध्यक्ष समेत रहेका घलेले भने, 'डेढ दशकको इतिहासमा यति धेरै चुनौतिपुर्ण निर्वाचन यसअघि कहिल्यै भएको थिएन । तर पनि म र मेरो टिमले दिनरात, भोक निद्रा नभनी हप्तौंसम्म खटिएर पनि आफ्नो जिम्मेवारी पूरा गरेका छौं भन्ने विश्वास छ ।'

 

निर्वाचनका क्रममा सिर्जना भएका थुप्रै विवाद र असहमतिले काम गर्न असहज बनाए पनि निर्वाचन समिति हतोत्साही नबनेको उनले सम्झिए । 

 

निर्वाचन समितिका उपप्रमुख एवम प्रवक्ता शिवजी श्रेष्ठले  कुनै बदमासी र पूर्वाग्रहविना निर्वाचन सम्पन्न गर्न सक्दो प्रयास गरिएको बताए । 'निर्वाचन समितले सबैतिरबाट गाली खायो । एक पक्षको मात्रै गाली आएको भए पूर्वाग्रही भयौं कि भन्ने आशंका हुन सक्थ्यो । सबैले गाली गरेको सुन्दा त हामीले कसैको पनि पक्ष नलिइ काम गरेका रहेछौं भनेर खुशी नै लागेको छ', उनले भने ।  

 

वर्तमान कार्यसमितिको सफलता सिंगो एनआरएनए यूकेको भविष्यसंग जोडिएको भन्दै अब निर्वाचनलाई बिर्सिएर सबैले सहयोग गर्नुको विकल्प नरहेको श्रेष्ठको भनाइ थियो । 

 

अर्का निर्वाचन आयुक्त मेजर कृष्ण गुरुङले निर्वाचनको प्रक्रियामा हारजीत स्वभाविक हुने भएकाले चुनावी वैमनस्यता हटाएर संस्थाको हितका लागि एकठाउँमा आउन सबैलाई आव्हान गरे । 

 

 

 

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले गत निर्वाचनमा निर्वाचन समितिले निभाएको भुमिकाको आफुहरुले उच्च मुल्यांकन गरेको बताइन् । 'संवेदनशिल अवस्थामा पनि संस्थालाई एक बनाइराख्न र सहि दिशा दिन निर्वाचन समितिले जसरी काम गर्यो, त्यो निकै प्रशंसनीय छ । तपाईंहरु सबै बधाईका पात्र हुनुहुन्छ', अध्यक्ष गुरुङले भनिन् । 

 

निवर्तमान अध्यक्ष एवम् आइसिसी सदस्य योगकुमार फगामीले निर्वाचनको तयारीदेखि सम्पन्न गर्नसम्ममा निकै ठूलो समय र शक्ति लगानी भएको स्मरण गरे । निर्वाचन समितिलाई आफ्नो कार्यसमितिले दिएको कठिन जिम्मेवारी पनि कुशलातापूर्वक पूरा गरेको भन्दै उनले धन्यवाद दिए । 

 

एनआरएन यूकेका पूर्व अध्यक्ष सुर्य गुरुङले गत निर्वाचनको क्रममा डुब्नै लागेको संस्थालाई निर्वाचन समितिले सफलतापूर्वक किनारा लगाएको भन्दै प्रशंसा गरे । 'वर्तमान कार्यसमितिमाथि बेलायतबासी सम्पुर्ण नेपालीहरुले आशापूर्वक नजर राखिरहेको छ',  गुरुङले थपे, 'सबैको अपेक्षालाई बुझेर तपाईंहरु अहिलेदखि नै परिणाममुखी कामहरु सुरु गर्नुहोस, ढिलाई गर्दै नगर्नुहोस् ।' 

 

कार्यक्रमका सञ्चालक एनआरएन यूके महासचिव फडिन्द्र भट्टराईले वर्तमान कार्यसमिति उच्च मनोबल र उत्साहका साथ काम गर्न तत्पर रहेको बताउँदै आफुहरुलाई हौसला र भरोसा आवश्यक रहेको बताए । 

 

कार्यक्रममा उपस्थित हुन नसकेका निर्वाचन आयुक्तहरुलाई समितिका प्रमुख र उपप्रमुखमार्फत सम्मानपत्र तथा मायाको चिनो वितरण गरिने बताइएको छ ।निर्वाचनपछि लामो समयसम्म निर्वाचन समितिका प्रमुख आयुक्त घले नेपालमा रहेका कारण सम्मान कार्यक्रम आयोजनामा ढिलाई गरिएको थियो ।

 

कार्यक्रममा एनआरएन अभियन्ता थर्क सेन, आइसिसी सदस्य सुरोज मास्के, एनआरएन यूके उपाध्यक्ष सुनिलबाबु खड्का, सचिवद्धय जीत रानाभाट र रञ्जिता मल्ल, प्रवक्ता रामकुमार गुरुङ, सदस्य प्रकाश कँडेल लगायतका कार्यसमितिका पदाधिकारी सहभागी थिए । 

 

तस्विरहरु : एसके गुरुङ

 


थप समाचार

तातोपानी नाका खुल्यो

  • 1 minute ago
तातोपानी नाका खुल्यो

काठमाडौँ । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुलेको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्

यस समयमा सही रूपमा बाँच्न सिकेनौं भने मनोसामाजिक रोगको शिकार भइन्छः डा. राई

  • 11 minutes ago
यस समयमा सही रूपमा बाँच्न सिकेनौं भने मनोसामाजिक रोगको शिकार भइन्छः डा. राई

मनोविज्ञ डा. सुमाया राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक हुन् । उनले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेकी छिन् । हाल उनी लण्डनको ह्यारोमा बसोबास गर्दै र्आकी छिन् ।

कोरोना भाइरसबाट संक्रमित एक जना नेपालीको अमेरिकामा मृत्यु

  • 22 minutes ago
कोरोना भाइरसबाट संक्रमित एक जना नेपालीको अमेरिकामा मृत्यु

एजेन्सी । अमेरिकामा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित नेपालीहरुको मृत्यु खबर बाहिर आएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आइरहेका ४३ वर्षिय निमा तेम्बा शेर्पाको मृत्यु भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।