ISMT

HUB Education

२५ विदेशी वस्तुले पाए नेपाल गुणस्तर चिन्ह

Education Park

 

Kathmandu Trade Show

 

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ । 

 

आर्थिक वर्ष २०७४/७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिन्ह प्रदान गरेको हो । जसमा आठ उद्योगका १३ सिमेन्ट, कम्पोजिट सिलिण्डर दुई, एलपीजी सिलिण्डर तीन, एलपीजी भल्व तीन, आइरन बार तीन र एलपीजी रेगुलेटर एक उद्योग रहेका छन् । 

 

विदेशी मुलुकले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई आफ्नो देशको गुणस्तर चिन्ह प्रदान गरे पनि नेपालले भने विदेशी वस्तुलाई गत वर्षदेखि नेपाल गुणस्तर चिन्ह प्रदान गर्न शुरु गरेको हो । 

 

विभागले स्टार सिमेन्ट, जेपी रेवा प्लान्ट, क्यालकम सिमेन्ट, सलुजा स्टिल, टाटा स्टिल, विके स्टिल, सूर्यशक्ति भेसल्स, ग्याँस ड्रोइड इन्जिनियरिङ, सर्वमंगल पेट्रोलियम, सुप्रिम इ प्रालि, टाइम टेक्नोप्लाष्ट, प्रभा इलेक्ट्रोनिक्स, बात्रा एशोसियट्स र दिल्ली एलपिजीलगायतका भारतीय उद्योगलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । यस्तै, विभागले चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई समेत एनएस चिन्ह प्रदान गरेको छ । 

 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनी विदेशी मुलुकबाट नेपाल गुणस्तर चिन्ह लिने उद्योगमा क्रमशः वृद्धि हुँदै गएको बताउँछन् । “प्रक्रिया पु¥याएर एनएस चिन्ह लिने विदेशी कम्पनीलाई हामीले एनएस चिन्ह प्रदान गर्दै आएका छौँ,” उनी भन्छन् ।

 


थप समाचार

आफू चाँडै नमर्ने प्रधानमन्त्री ओलीको भनाई

  • 7 minutes ago
आफू चाँडै नमर्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै नमर्ने बताएका छन् । बुधबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केहीले आफू अझै १५ वर्ष बाँच्ने बताएका हुन् । कार्यक

कसले सार्वजनिक गरेको थियो मलैका र अर्जुन कपुरको सम्बन्धको रहस्य ?

  • 9 minutes ago
कसले सार्वजनिक गरेको थियो मलैका र अर्जुन कपुरको सम्बन्धको रहस्य ?

एजेन्सी । बलिउडमा कुनै समय चर्चित जोडीको रुपमा लिइथ्यो अरबाज खान र मलैका अरोराको जोडी । तर, यो जोडीको एकाएक डिभोर्स भएको थियो । आखिर कसरी हुन पुग्यो उनीहरुबीच डिभोर्स ?

काठमाडौँमा ‘मिस नेपाल कर्भी’आयोजना हुँदै

  • 15 minutes ago
काठमाडौँमा ‘मिस नेपाल कर्भी’आयोजना हुँदै

काठमाडौँ । फरिया सेन्टर प्राइभेट लिमिटेडद्वारा काठमाडौँमा ‘मिस नेपाल कर्भी’आयोजना गरिने भएको छ । नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस सौन्दर्य प्रतियोगिता अन्य प्रतियोगिता भन्दा अलिक फरक किसिमको हुन



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

काठमाडौं । एक प्राचिन लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् ।