IIMS College

ISMT

HUB Education

गलकोटमा पनि नेपाल टेलिकमको फोर जी सेवा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

गलकोट । नेपाल टेलिकमले बिहीबारबाट गलकोट नगरपालिका २ थानामा रहेको नमस्ते मोवाईल टावरमा चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । 

 

ग्रामिण क्षेत्रका जनतालाई सर्भ सुलभ मोवाईल डाटा ईन्टरनेट सुविधा उपलब्ध गराउने उद्येश्यले फोर जी सेवा सञ्चालनमा ल्याईएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । 

 

फोर जी सेवा सञ्चालन भएपछि ग्रामीण क्षेत्रका नमस्ते मोवाईल प्रयोगकर्ताले उच्च गतिको अत्याधुनिक प्रविधीको मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन सक्ने छन । अब क्रमश हटिया बजार हरिचौर बजार, मल्म, दुदिलाभाटी, काँडेबास, पाण्डवखानी, ताराखोला, बडिगाड, ढोरपाटन, निसी र तमानखोला गाउँपालिकामा समेत विस्तार गर्ने तयारी भईरहेको शर्माले बताए । फोर जी सेवा सुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । 

 

फोर जीलाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ । फोर जी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो । इञ्जिनीयर शर्माका अनुसार इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ । ग्राहकले गुणस्तरयुक्त फोर जी सेवाका लागि खर्च भने केही बढी गर्नुपर्नेछ । 

 

उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल र च्याट गर्न सक्नेछन् । फोर जी प्रविधिले मोबाइलमै थ्रिडी भिडियो समेत हेर्ने सुविधा दिने बताइएको छ । फोर जी सेवाले ‘डिजिटल नेपालको लक्ष्यलाई पनि सघाउने इञ्जिनीयर शर्माको भनाई छ । भौगोलिक जटिलताका कारण सबै ठाउँमा फाइवर पुर्याउन कठिन छ,’ उनले भने ‘ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड (ताररहित) इन्टरनेट चलाउन फोर जी उपयोगी छ ।’ 

 

फोर जी राउटरबाट कम्युटर लगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिनेछ । ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोर जी चल्ने हुँदा सिग्नल कभरेज (पहुँच) पनि बढी ठाउँमा पुग्ने टेलिकमले जनाएको छ ।


थप समाचार

परालको कुन्यू बनाउँदै कृषक

  • 1 minute ago
परालको कुन्यू बनाउँदै कृषक

दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगेफाँटका कृषक परालको कुन्यू बनाउँदै । जिल्लाका कृषकलाई धान काटेर कुन्यू बनाउन र पराल थन्क्याउन चटारो छ ।

संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

  • 7 minutes ago
संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

एजेन्सी । बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा । कुनै समय यी दुई अभिनेताहरु अति नै मिल्ने साथी थिए । रक्की फिल्मबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।

प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

  • 8 minutes ago
प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

एजेन्सी । इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक मौरित्सियो सार्रीबीच राम्रो सम्बन्ध छैन । गत नोभेम्बर ११ मा सम्पन्न एसीमिलानविरुद



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।