गृहपृष्ठ ∕
नेपाल ∕
सुनसरीको सीमाक्षेत्रबाट भारततर्फ लाँदै गरेको ७१ किलो गाँजा बरामद सुनसरीको सीमाक्षेत्रबाट भारततर्फ लाँदै गरेको ७१ किलो गाँजा बरामद
काठमाडौँ । भारततर्फ लैजाँदै गरेको ७१ किलो गाँजा सशस्त्र प्रहरीको टोलीले सुनसरीको दशगजानजिकैको क्षेत्रबाट बरामद गरेको छ ।
मंगलबार राति सवा नौ बजेको समयमा सुनसरीको देवानगञ्ज गाउँपालिका– ४ स्थित यादव टोलको मकैबारीबाट उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हो ।
मकैबारीबाट २ जना व्यक्तिहरूले लुकिछिपी २ वटा बोरामा भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तागन्जको टोलीले बरामद गरेको हो ।
उक्त गाँजा बोकेका दुवैजना व्यक्तिहरू खुला सिमानाको फाइद उठाउँदै भारततिर भागेका छन् । बरामद गाँजा अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा बुझाइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्
बुटवल । सुप्रिम सहकारी ठगीमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन्। उनलाई जिल्ला अदालत रुपन्देहीले
काठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको
काठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको