मूल्यवृद्धिकाे विराेधमा नेविसंघद्वारा अायल निगम घेराउ

काठमाडौँ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

 

सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघले आज एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र घेराउ गरेको हो ।

 

नेविसंघका नेता दीपक भट्टराईले आयल निगमले कमिसनका लागि पटकपटक मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको भन्दै नेवि संघ मूल्यवृद्धिको विरोधमा उत्रिएको बताए । ‘आयल निगम कमिसनमा होइन पारदर्शी रुपमा चल्नुपर्‍यो’, उनले भने ।

 

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

 

यसैबीच नेविसंघले आजै नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईलाई ज्ञापनपत्र समेत बुझाएको छ । मनलाग्दी रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै ध्यानाकर्षण गरेको हो ।

 

ज्ञापनपत्र बुझ्दै नायब कार्यकारी निर्देशक भट्टराईले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यवृद्धिअनुसार नै मूल्य समायोजन गरेको बताए ।


थप समाचार

कात्तिक दोस्रो साताबाट निङ्गलाशैनी प्रिमियर लिग

  • 9 minutes ago
कात्तिक दोस्रो साताबाट निङ्गलाशैनी प्रिमियर लिग

बैतडी । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ ।

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

  • 16 minutes ago
ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज

थारु समुदायमा सिकलसेल आतंक, समुदाय नै संकटमा पर्ने चिन्ता

  • 24 minutes ago
थारु समुदायमा सिकलसेल आतंक, समुदाय नै संकटमा पर्ने चिन्ता

लमही नगरपालिका—९ सतबरिया माइत भएकी लक्ष्मी चौधरी अहिले २९ वर्ष पुगिन् । थाहा पाउने भएदेखि नै उनको शरीरका जोर्नी, खुट्टा दुखिरहन्थ्यो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।