अाेली र प्रचण्डलार्इ बधार्इ थाप्न भ्याइनभ्यार्इ

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डलाई बधाई दिनेहरुको घुर्इंचो लागेको छ ।

 

नेताद्वय ओली र प्रचण्डलाई ५५ वर्ष लामो विभाजनको इतिहास तोडेको भन्दै विभिन्न पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले बधाई दिएका छन् ।

 

बिहीबार एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि देशभरि उत्साह छाएको छ ।

 

राप्रपा अध्यक्ष कमल थापाले पार्टी एकता घोषणासभा कार्यक्रम सुरुलगत्तै सामाजिक सञ्जाल ट्विटमाफृत बधाई दिएका थिए । त्यस्तै पत्रकार नारायण अमृतले पनि ट्विटमार्फत बधाई दिएका छन् ।

 

यता प्रधानमन्त्री ओलीलाई बधाई दिन शुभेच्छुकहरु एकाबिहानै बालुवाटार पुगेका छन् भने प्रचण्डलाई बधाई दिन शुभेच्छुकहरु खुमलटार पुगेका छन् ।

 

ओली र प्रचण्डलाई देश, विदेशबाट समेत बधाई आइरहेको छ । बधाई दिनेहरुले नेपालमा एउटै कम्युनिष्ट पार्टी देख्ने आफूहरुको सपना पूरा भएकोमा खुसी व्यक्त गरेका छन् ।


थप समाचार

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 2 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।

विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

  • 3 hours ago
विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

विराटनगर । ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा आजदेखि अन्त्य भएको छ ।

माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

  • 3 hours ago
माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइल सहित पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।