प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

 प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छ । 

 

भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा एमाले मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उहाँहरु नियुक्त हुनुभएको जानकारी दिए । 

 

मन्त्रिपरिषद्को बैठकले छिमेकी भारतलगायत केही मुलुकका लागि राजदूतको नाम सिफारिश गरेको बताइए पनि सरकारले औपचारिकरुपमा सार्वजनिक गरेको छैन । 

 

हरेक साता सञ्चार भेटघाट गरिने 

 

यसैबीच सरकारका विभिन्न निर्णय, कामका समीक्षाका बारेमा हरेक साता सञ्चारकर्मीसँग नियमित अन्तक्र्रिया गर्ने तयारी भएको छ । 

 

प्रेस सल्लाहकार डा अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णयलगायत अन्य कामका विषयमा सरकारका प्रवक्ता र पत्रकारबीच अन्तक्र्रिया हुनेगरी तयारी भएको जानकारी दिनुभयो । उक्त अन्तक्र्रिया सम्भवतः हरेक बिहीबार हुनेछ । 

उनले भने, “सरकारले निर्णय लुकाउन खोजेको भन्ने होइन, कसरी व्यवस्थित र प्रभावकारीरुपमा प्रवाह गर्न सकिन्छ भन्ने सोचेको हो ।” 

 

 

 

 


थप समाचार

लिभरपुलमा समिति गठन गर्न नसकी फर्कियो एनआरएन यूके

  • 1 hour ago
लिभरपुलमा समिति गठन गर्न नसकी फर्कियो एनआरएन यूके

लण्डन । एनआरएन यूकेअन्तर्गत क्षेत्रीय समिति गठनका लागि भन्दै लिभरपुल पुगेको टोली समिति गठन गर्न नसकी फर्किएको छ । नर्थ वेस्ट कमिटि गठनको लागि भन्दै आइतबार लिभरपुलमा गरिएको भेलामा समिति गठनको वातावरण ब

कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि बहस

  • 12 hours ago
कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि बहस

चितवन । प्रगतिशील लेखक संघ चितवनले आयोजना गरेको कार्यक्रममा सामाजिक एवम् राजनीतिक परिवर्तनका लागि साहित्यमार्फत कलम चलाउँदै आएका कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि शनिबार भरतपुरमा बहस गरि

कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह

  • 12 hours ago
कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह

काठमाडौँ । भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी नेपालीहरुले महेशतला नगरपालिका–२३, विवेकानन्द पार्क रोड नेर ११ कठ्ठा जग्गा लिइसकेका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बच्चाको कान सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्

बच्चाको कान सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्

सानो बच्चाको कान सफा गर्दाको समयमा केयौ कुराहरुलाई ध्यानमा राख्नु आवश्यक हुन्छ । बच्चाहरुको कान सफा गर्नको लागि क्यू टिप्सको प्रयोग नगर्नुहोस् ।

विचित्र विश्व

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन् । यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन् ।