प्रधानमन्त्री ओलीको चीन भ्रमण आगामी मंगलबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । 

 

प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

 

प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनेछन् । 

 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । 

 

परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन् । 

 

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नुहुनेछ । त्यहाँ उहाँले तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता हुनेछन् । 

 

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते आइतबार स्वदेश फर्कनेछ । 

 

यसैबीच, रासससँग संक्षिप्त कुरा गर्दै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सी चिनफिङले अघि सार्नुभएको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिए । 

 

उनले राजनीतिक विषयका साथै नेपाल–चीन सम्बन्धका सबै पक्षमा सघन छलफल हुने बताउनुभयो । 


थप समाचार

तपाई कुन रङको लिपिस्टिक लगाउँनुहुन्छ ? लिपिस्टिको रङले खोल्छ महिलाको यस्तो राज

  • 6 minutes ago
तपाई कुन रङको लिपिस्टिक लगाउँनुहुन्छ ? लिपिस्टिको रङले खोल्छ महिलाको यस्तो राज

एजेन्सी । मेकअपसँग महिलाको लागि निकै पूरानो सम्बन्ध रहेको छ । आजभोलि मेकअपमा उपयोग हुने चिजको नाम जरुर बदलिएको छ तर यस्तो होइन पहिलेको जमानामा महिला यी सबै चीजको प्रयोग गर्दैनथे ।

प्रहरी अधिकारीद्वारा असुरक्षाका कारण राजिनामा

  • 11 minutes ago
प्रहरी अधिकारीद्वारा असुरक्षाका कारण राजिनामा

नयाँ दिल्ली । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा दिएका छन् ।

‘डिभोर्स’ गराउने जन्म कुण्डली

  • 14 minutes ago
‘डिभोर्स’ गराउने जन्म कुण्डली

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहान्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तपाई कुन रङको लिपिस्टिक लगाउँनुहुन्छ ? लिपिस्टिको रङले खोल्छ महिलाको यस्तो राज

तपाई कुन रङको लिपिस्टिक लगाउँनुहुन्छ ? लिपिस्टिको रङले खोल्छ महिलाको यस्तो राज

एजेन्सी । मेकअपसँग महिलाको लागि निकै पूरानो सम्बन्ध रहेको छ । आजभोलि मेकअपमा उपयोग हुने चिजको नाम जरुर बदलिएको छ तर यस्तो होइन पहिलेको जमानामा महिला यी सबै चीजको प्रयोग गर्दैनथे ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।