किन पछि हटे ओली ?

Education Park

बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका हुन् ।

 

भदौ २५ देखि ३१ गते ९सेप्टेम्बर १०–१६० सम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास हुँदैछ । प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना हुँदै आएको थियो ।

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिम्स्टेक०को सैन्य अभ्यासको समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी हुँदै थिए । प्रधानमन्त्रीको निर्देशनपछि नेपाली सेनाले सहभागिताका लागि गरेको सम्पूर्ण तयारी स्थगित गरेको छ ।

 

‘बिम्स्टेक राष्ट्रबीच हुने सैन्य अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने भएको छ’, सैनिक उच्च स्रोतले अन्नपूर्णसँग भन्यो, ‘पुणे सैन्य अभ्यासमा जान गरिएको सबै तयारी हामीले स्थगित गरेका छौं ।’ सैन्य अभ्यासमा जान नेपाली सेनाले अन्तिम तयारी गरिरहेको थियो ।

 

काठमाडांैमा भएको बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास हुने भनेका थिए । बिम्स्टेक सदस्य राष्ट्रका सेनाबीच पहिलो पटक हुन लागेको सैन्य अभ्यास अन्तराष्ट्रिय आतंकवाद र अन्तरदेशीय संगठित अपराधविरुद्ध केन्द्रित रहने बताइएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।


थप समाचार

अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

  • 9 minutes ago
अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच प्रयोगशालामा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्व

विप्लव समूहको चन्दा आतंक– अधिकतम २० लाख रुपैयाँसम्म !

  • 17 minutes ago
विप्लव समूहको चन्दा आतंक– अधिकतम २० लाख रुपैयाँसम्म !

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ ।

यस्तो पनि आमा ! जसको संलग्नतामा आफ्नै १२ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार

  • 22 minutes ago
यस्तो पनि आमा ! जसको संलग्नतामा आफ्नै १२ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार

धनुषा । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

वि.सं.२०७६ साल साउन ०६ गते । सोमबार । ईश्वी सन् २०१९ जुलाई २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । काठमाडौंमा सूर्योदय ०५ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।