IIMS College

ISMT

HUB Education

के हो ओमिबायोसिस ? यस्ता छन् लक्षण, कारण र बच्ने उपाय

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ओमिबायोसिस शरीरको ठूलो आन्द्रामा प्रोटोजोवाको संक्रमणबाट हुने रोग हो । विभिन्न माध्यमबाट इन्टामोका टिस्टोलिटीका नामक प्रोटोजोवा शरीरमा प्रवेश गरेपछि ओमिबायोसिस बढी देखिने गर्छ । 

 

फोहोर वातावरण, खानेकुरा छिट्टै सड्ने, जथावाभी पानी जम्ने र फोहोर हुने भएकाले यो मौसममा बढी जोखिम रहने गर्छ । ओमिबायोसिस संसारभर देखिएपनि दक्षिण एसियामा बढी समस्या छ । प्रोटोजोवा एकदेखि चार सातामा पूर्ण रुपमा विकसित भइसकेको हुन्छ । 

 

लक्षण– 

– कुनै पनि माध्यमबाट एन्टोमिबा हिस्टोलिटा नामक प्रोटोजोवा मुखको सम्पर्कबाट खाद्यनली हुँदै ठूलो आन्द्रामा गएर बस्छ । जसले बिस्तारै ठूलो आन्द्राको भित्तामा असर गर्न थाल्छ । ओमिबायोसिसको संक्रमण बढ्दै गएपछि आन्द्रामा अल्सर, खकार उत्पादनमा बृद्धि, रक्तश्राव र पखाला लाग्ने जस्ता समस्या देखिन थाल्छन् ।

 

– विस्तारै बान्ता हुने, ज्वरो आउने, कडा खालको डाइरिया अर्थात् दिशासँगै रगत देखा पर्न थाल्छ । पेटमा ग्यास भरिने, तौल घट्दै जाने, र छालामा समस्यासमेत हुनसक्छ ।  

 

– कतिपय अवस्थामा अमिबा बिकसित भएर दिमागमा पुगेमा स्वाद र वास्ना महसुस गर्ने क्षमतामा परिवर्तन हुने, ज्वरो आउने, एक्कासि टाउको दुख्ने, भ्रम हुने, बान्ता हुने शरीरको ब्यालेन्स नहुने लगाएतका लक्षण देखा पर्न थाल्छन् ।

 

कारण– 

– फोहोर पानी र खानेकुराबाट अमिबाको संक्रमण हुने गर्छ । खासगरि दुषित पानीको सम्पर्कले अर्थात् जमेको पोखरी वात तलाउमा पौडी खेल्दा, फोहोर पानी चलाउँदा, दुषित पानी पिउँदा अमिबाको संक्रमण हुनसक्छ । 

 

– फोहोर खानेकुरा, बासी, भुँइबाट टिपेर खाँदा, काँचै खाइने खानेकुरा सफा नगरी खाँदा समेत अमिबाको संक्रमण हुन्छ ।

 

– यसबाट प्रतिरोधी क्षमता कम भएका ब्यक्ति बढी प्रभावित हुने गर्छन् । 

 

बच्ने उपाय– 

– काँचै खाइने खानेकुरालाई राम्ररी सफा गरेर मात्र खानुपर्छ । 

 

– दुषित पानी र खानेकुरा खानुहुँदैन । बाहिरबाट आएपछि राम्ररी हातमुख धोएर मात्रै खानेकुरा खानुपर्छ । 

 

– दुषित पानीको सम्पर्कमा सकेसम्म जानै हुँदैन । 

 

– लक्षण देखापरेमा चिकित्सकको सल्लाह लिनुपर्छ । अमिबाको प्रोटोजोवा शरीरमा एकदमै फैलिने हुन्छ । तसर्थ, छिटो उपचार गर्नुपर्छ ।

 

 

 

 

 

 

 

 

 


थप समाचार

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

  • 7 hours ago
थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

  • 7 hours ago
एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा ल्याएको छ। बिमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्

पशुपतिमा विन्दास बाबाको बेग्लै ताल (फोटो फिचर)

  • 7 hours ago
पशुपतिमा विन्दास बाबाको बेग्लै ताल  (फोटो फिचर)

पशुपतिनाथमा शिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। शिवरात्रिका लागि भारतबाट सयौंको सङ्ख्यामा साधु आउने गरेका छन्।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।