प्रतिपक्षको सहयोगमा विकास र समृद्धिको अभियान अघि बढाउन आग्रह

  • बुधबार, ३० जेष्ठ, २०७५
  • 1 week ago
  • नेपाल

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७५का विभिन्न शीर्षकमाथिको छलफल आजदेखि शुरु भएको छ । 

 

प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, भूमि व्यवस्थापन तथा सहकारी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ । 

 

प्रतिपक्षी दलका अतहर कमाल मुसलमान, भरतकुमार शाह, दिलेन्द्रप्रसाद बडू, पार्वता डिसी चौधरी, दुर्गा पौडेल र प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकको खर्च रकमलाई घटाइयोस् भनी खर्च कटौतीसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

 

प्रतिनिधिसभामा विनियोजन विधेयक २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल शनिबारबाहेक आगामी असार ६ गतेसम्म चल्नेछ । उक्त छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले असार ७, ८ र १० गते जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद् सचिवालयले तयार गरेको छ । विनियोजन शीर्षकमाथिको छलफलका लागि दलीय आधारमा सांसदलाई समय प्रदान गरिएको छ । 

 

छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै मुसलमानले संविधान कार्यान्वयन नभई समृद्धिको यात्रा पूरा नहुने भएकाले त्यसतर्फ हेक्का राख्न सुझाव दिए । 

 

उनले भने, “संविधान कार्यान्वयन सम्बन्धमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको काम के हो ? दुई तिहाइको दम्भमा सरकारले हस्तक्षेपको नीति लिनुभएन, अहिले प्रतिपक्षको सहयोगमा सरकारले विकास र समृद्धिको अभियानलाई अघि बढाउन आवश्यक छ ।” 


थप समाचार

ह्यारी केनको ह्याट्रिकसंगै पनामालाई ६-१ ले हरायो इंग्ल्याण्डले

  • 2 hours ago
ह्यारी केनको ह्याट्रिकसंगै  पनामालाई ६-१ ले हरायो  इंग्ल्याण्डले

इंग्ल्याण्डले पनामालाई ६ -१  ले हरायो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले महत्वपुर्ण ह्याट्रिकको योगदान गरे ।

प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणमा 'ब्रेकथ्रु' हुन सकेन : डा. रामशरण महत

  • 3 hours ago
प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणमा 'ब्रेकथ्रु' हुन सकेन : डा. रामशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा कुनै ब्रेकथ्रु हुन नसकेको बताएका छन् । रिपोर्टर्स क्लबमा आइतबार भएको साक्षा

भारतीय पक्षले दशगजामा सडक निर्माण गरेपछि प्रदेशसभामा अालाेचना

  • 4 hours ago
भारतीय पक्षले दशगजामा सडक निर्माण गरेपछि प्रदेशसभामा अालाेचना

बुटवल । प्रदेश नं. ५ को बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना भएको छ ।


Loading...

भिडियो

जीवनशैली/स्वास्थ्य

यी १० समस्या छन् भने भुलेर पनि नखानुहोस् लसुन

यी १० समस्या छन् भने भुलेर पनि नखानुहोस् लसुन

एजेन्सी । तरकारीको स्वाद बढाउनको लागि मात्रै होइन औषधिको रुपमा पनि लसुनलाई वर्षौ देखी प्रयोग गरिन्छ । आयुर्वेदिक चिकित्सकका अनुसार लसुनको प्रकृति गर्मी र सुख्खा हुन्छ ।

विचित्र विश्व

यी ३ कुरा भएका पुरुष अत्यन्तै अभागी हुन्छन् !

यी ३ कुरा भएका पुरुष अत्यन्तै अभागी हुन्छन् !

एजेन्सी । भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख–समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन ।