अक्सफोर्डका नेपालीसंग मन्त्री थममाया थापाको अन्तरक्रिया

  • सोमबार, १४ साउन, २०७५
  • 6 months ago
  • युके

लण्डन । विश्व अपाङ्ग दिवसको कार्यक्रममा भाग लिन बेलायत आएकी नेपालकी बालबालिका,  महिला तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र बेलायत अक्सफोर्डको काउलीस्थित स्थानीय नेपाली समुदायबीच अन्तरक्रिया तथा भेटघाट सम्पन्न भएको छ ।

 

प्रवासी नेपाली मञ्च बेलायतले आयोजना गरेको कार्यक्रममा मन्त्री थापासहित सघीय सांसद डा सुर्य प्रसाद पाठक र सहसचिव राधिका अर्याल पनि सहभागी थिए ।

 

नेपालबाट आएका अतिथीहरुलाई  स्थानीय महिला प्रतिनिधिहरु जानुका काम्वाङ्ग लिम्वु र ललिता पौडेलले खादा साथै फूलगुच्छा अर्पण गरी स्वागत गरेको थिए । प्रवासी नेपालि मञ्च बेलायतका अध्यक्ष  राजेन्द्र पुडासैनीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन महासचिव विजयविक्रम लिङ्गदेनले गरेका थिए ।

 

कार्यक्रमका सहभागीहरुले  दोहोरो नागरिकता,नेपाल भएको आफ्नो चल-अचल सम्पतिको भोगचलनको अधिकार  र गोर्खा समस्यामा नेपाल सरकारले खेलिदिनुपर्ने भूमिका लगायतका विषयमा  चासो राखेका थिए ।

 

जवाफमा सांंसद डा पाठकले हाल देशको अवस्था ,सामाजिक परिस्थिति र जारी सविधानले प्रवासी नेपालीहरुलाई गरेको व्यवस्थाको वारेमा व्याख्या गरेका थिए ।

 

मन्त्री थापाले प्रवासी नेपालीहरुको हकअधिकार सम्बन्धमा राजनैतिक अधिकार वाहेक अन्य सवै हकअधिकार जारी सविधानले वचाउ गरेको र अब सविधानको मर्मअनुसार कानुन वनाएर कार्यान्वन गरिने बताएकी थिइन् । उनले गोर्खा समस्या समाधानको लागि आफु स्वादेश फर्किएपछि वुझेर सहयोग गर्ने वचन पनि दिइन् ।  उनले प्रवासी  नेपालीहरुको सीप र आर्थिक लगानीलाई देश विकासमा लगाउन अनुरोध पनि गरिन् । 

 

-शंकर राई 

 


थप समाचार

भारत भर्सेस पाकिस्तानः कुन देशसँग कति शक्तिशाली

  • 1 hour ago
भारत भर्सेस पाकिस्तानः कुन देशसँग कति शक्तिशाली

एजेन्सी । अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिनटनले एक पटक भनेका थिए,‘भारतीय मध्य–महादेश र जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ हो ।’ भारत–पाकिस्तानको डरलाग्दो दुश्मनीका कारण आ

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

  • 1 hour ago
अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।

विवाह गरेपछि बलिउडलाई बाइबाइ गरेका अभिनेत्रीहरु

  • 1 hour ago
विवाह गरेपछि बलिउडलाई बाइबाइ गरेका अभिनेत्रीहरु

बलिउडका थुप्रै चर्चित अभिनेत्रीहरुले विवाहपछि फिल्मी करिअर छोडेका छन् । विभिन्न कारणले उनीहरु अभिनयबाट बाहिरिएका हुन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।