IIMS College

ISMT

HUB Education

'शंकै छैन, सोसियल मिडिया यस्तै रहे समाजमा भयावह स्थिति आउँछ आउँछ'

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लामो समयदेखि पत्रकारिता क्षेत्रमा अध्यापन तथा अनुसन्धान गर्दै आइरहेका व्यक्ति हुन् प्राे. पी. खरेल । पछिल्लो समय सोसियल मिडियाले समाजमा पु¥याएको प्रभावका बारेमा खरेलसँग नेपालीपत्रका लागि रवि अधिकारीले गरेको कुराकानी ।

 

विभिन्न घटनाक्रमहरूले समाजमा ‘न्यू मिडिया’को भूमिका एकदमै अनियन्त्रित र कहालीलाग्दो देखाएको छ ? यसलाई कसरी नियालिरहनु भएको छ ?

 

यो चाँहि सरकारप्रतिको, राजनैतिक दलहरुप्रतिको आक्रोश पनि एउटा पाटो हो जस्तो लाग्छ । सन्तोष गर्ने ठाउँ भएन । महँगी बढ्यो । रोजगारी छैन । आशा पहिलाको भन्दा झन् बढी छ । त्यो आक्रोश आफूलाई घत लागेको कहीँ एउटा मुद्दा देख्यो भने त्यसले एकदम आक्रोशित बनाउने भयो अनि भड्किने भयो । त्यो भड्किनेमा कोही उत्ताउलो भएर, कोही जानेर कोही नजानेर । त्यसरी सोसियल मिडियामा ठूलो भाँडभैलो आयो । मिडियाको कुरा आउँदा सोसियल मिडियाको कुरा आउँछ । दोस्रो कुरा चाहिँ पत्रकारितालाई सोसियल मिडियाले ठूलो नोक्सानी पु¥याइ रहेको छ । यसमा पत्रकारिता क्षेत्रले कुनै विशेष कदम चालेको मैले देखिनँ । अन्तर्वार्ताहरू पनि भएका छन् तर त्यो भन्दा बढी देखिनँ मैले । सिटिजन पत्रकारिताको कुरा उठेको थियो । कोही पनि पत्रकार हुन सक्दैन । बरु बलियो सूचनाको स्रोत हुनसक्छ । बाल पत्रकारिताको कुरा पनि उठेको थियो । बालक पनि कहीँ पत्रकार हुनसक्छ ? यसमा नैतिक प्रश्न आउन सक्छ । आम मानिसले पत्रकारिता र सोसियल मिडिया बुझेको छैन । सोसियल मिडियामा केही दिक्दार लाग्दा कुराहरू पनि आइरहेका छन् । त्यो दिक्दारिता पनि पत्रकारितामा गएको हुन्छ ।

 

समाजमा विभिन्न खालका जुन छाडापन छ, जुन व्यवसायिक क्षेत्रमा गर्नै नहुने कुराहरू छन्, त्यसको पनि प्रतिविम्बन भएको छ जस्तो लाग्छ । देशमा भ्रष्टाचार पनि व्याप्त रहेको रिपोर्ट आइनै रहेका छन् । वर्षेनी दशौँ हजार विद्यार्थीहरू ब्याचलर पास हुन्छन् । लगानी पनि त्यति धेरै रहेको छ । तर, जागिर पाउँदैनन् । यी सबैको आक्रोश एकसाथ पोखिन थालेको हो । र ‘इम्टी माइण्ड’ भएकाहरूले पनि सोसियल मिडियामा मनलाग्दी लेखिरहेका छन् । यी अर्काथरी आक्रोश पोख्नेहरू हुन् ।  

सामाजिक सञ्जालमा जुन छाडापन, अश्लीलता देखिएको छ, यसले समाजलाई कता लैजादैँछ ?

 

शंकै छैन । लान्छ नै । तर, बुद्धिजीवी, आमसञ्चारका विलक्षणहरूलाई न यस्ता प्रश्नहरू नै गरिएका छन्, न त उनीहरूबाट जवाफ नै आएको छ । यस्तो प्रश्न उहाँहरुलाई सोधेर उहाँहरूको कस्तो प्रतिक्रिया आउँछ, ठाउँ–ठाउँमा विभिन्न मिडियाले लिए भने आफ्नो व्यवसायिक क्षेत्रलाई पनि फाइदा पु¥याउँछ । यिनीहरूको कारण पत्रकारिता क्षेत्र नै बदनाम भो भन्दा नि फाइदा नै भयो । समाजमा एकखाले कुसंस्कार आउने भयो भन्ने कुरा पनि चेक हुने भयो नि त । अगुवाले राम्रो बोलिदिएपछि अरु हच्किन्छन् । यहाँ त सुझबुझ भएका मानिसहरूले जथाभावी गरेको छ, गालीमात्र छ । त्योबाट टाढा रहन सहयोग पु¥याउँछ । अहिले त कतिपयले रमाइलोका लागि हेर्ने भयो, रमाइलोको लागि सहभागी हुने भए, कतिलाई हो कि भन्ने झै हुन्छ । अहिले त ‘भिजुअल्ली’ देख्या किन नहुने भन्छ । फेरि प्रविधिको कारण ‘डिस्टोर्सन’ पनि हुने गर्छ । यसमा चाँहि विशेष ध्यान सरकारले दिएन । गैरसरकारी अधिकारीहरूसँग, व्यक्तिहरूसँग कोअर्डिनेशनमा ग¥यो भने होला नत्र सरकारले गर्न लागे नियन्त्रण गर्न लागेको आक्षेप पनि लाग्न सक्छ ।    

 

केही अनलाइन पोर्टल, युट्युबमा प्रसारित ‘कन्टेट’ले समाजमा एकखाले ‘कन्टेट टेरोर’ उत्पन्न गराएको चर्चा चलेको छ । नियन्त्रणको चर्चा चलेपनि कार्यान्वयन हुन किन नसकिरहेको होला ?

 

मैले पनि न्युज हेर्दा खेरी, कुनै क्षेत्रमा विशेष अध्ययन ग¥यो भने सबै कुरा जानेको हुँदैन, कुनै पनि क्षेत्रमा त्यसैले त आधार भन्नुपर्छ । मैले आधार हेर्दा खेरी अरू ठुला टेलिभिजन सेवाहरू र ठूला अखबारहरू, म्यागेजिनहरू अधिकांशमा सतही समाचार आएको देखे जस्तो लाग्छ । अधिकांश अरूबाट लिने । त्यो पनि देखियो । अरु कसैकोमा देख्ने अनि हालिहाल्ने । पुष्टी पनि नगर्ने । पोर्टलहरूले सुनेको भरमा न्युज लेख्ने, पुष्टी गर्नतिर नलाग्ने । त्यसको बदनामी चाँहि अरू ठूला मूलधारका मिडियाले भोग्नुपर्ने रहेछ । ठूला मिडियाका पनि आफ्ना कमीकमजोरी नभएका होइनन् फेरि । पारिश्रमिक चाहिँ थोरै दिएको हुन्छ अनि चौबिसै घण्टा जिम्मेवारी हो भन्न चाहिँ मिल्दैन । नेपालमा कमी भएकै यही कारण हो । अब यो पोर्टलवालाहरु थोरै लगानीबाट आएका छन् । अनि राम्रै लगानी भएकाहरूमा पनि शंकास्पद लगानी भएको छ । यो अध्ययन गर्नुपर्ने विशेष विषय बनेको छ ।

मिडियाले आम मानिसलाई सजग गराउँछ भन्ने उक्ति परिवर्तन भएर मिडियादेखि सजग हुनुपर्ने अवस्था सिर्जना भयो नि ?

 

यो चाँहि ‘एलिट’मा आयो । आम जनतामा छैन कि जस्तो लाग्छ । आम जनतामा छैन भने यो खतरा हो । मलाई चाहिँ आम जनतामा छैन भन्ने लाग्छ । एलिटहरू यहाँ यस्तो भएको छ भन्ने कुरामा सजग छन् । आफ्नो अनुकूलको छ भने विपक्षी मक्ख पर्छ । आफ्नो विरोधीको बारेमा दियो भनेर । उसलाई विश्वास छैन । तर, अरूले त यो भ्रम पत्याउँछन् । आमजनता कन्फ्युजनमा हुँदा क्षति हुन्छ । सोसियल मिडियाको इन्डिभिजुअल इन्डिभिजुअलमा पनि शो–अफ गर्नका लागि प्रयोग बढी भयो । शो–अफ गर्ने टेण्डेन्सी बढी, बढाइँ–चढाइँ गर्ने टेण्डन्सी बढी, अनि ध्यान त्यतैतिर जान्छ । अरु सीप देखाउने काम कम ध्यान जान्छ । भ्रम मात्र फैलाउने, बढाइँ–चढाइँमात्र गर्ने, सतही कुरा मात्र आउने, अरूको कुरालाई ‘डिस्टोर्ट’ गर्ने, अरूलाई हतोत्साहित गर्न पनि सजिलो हुन्छ ।  

 

मिडियाबाट कन्टेट फिल्टर हुनुपर्ने महत्वपूर्ण चरण नै धरापमा परेका कारण घातक अवस्था सिर्जना भएको त होइन नि ?

 

अनलाइनका कारण हो कि जस्तो लाग्छ । हो कि भन्नुको अर्थ सबै आधिकारिक कुरै गर्न मिल्दैन । अनलाइनले कन्टेट छिटो दिन्छन् । त्यो डिटेलमा दिदाँ अर्कोले ‘ओभरटेक’ गर्छ कि भन्ने डर । अनलाइनहरूको संख्या धेरै छन् । हाम्रो परिसूचकहरू काठमाडौँलाई नै हेरौँ न । यहाँको लिटरेसी रेट, डिस्ट्रीव्युसन, परचेजिङ पावर । यी जम्मैलाई परिसूचक बनाउँदाखेरी यहाँ जतिको मिडियाका कारण हल्लाखल्ला बढी मच्चाएको अन्त छैन । यहाँ ‘डेन्सिटी’ उच्च छ ।  बिग्रेका अनलाइन वा अरू सोसियल मिडियामा आएकालाई कपी गर्ने वा ‘इमिटेट’ गर्ने संस्कार बसाल्नु हुँदैन । यो लाइन नै फरक हो । यसकारण लगानी चाँहि राम्रो हुनुपर्छ । सोसियल मिडियामा यस्तो भयो भन्नेले नै मिडिया र सोसियल मिडियालाई मिसाउने काम गरेका पनि छन् । एउटा त्यो लस परेको देखिन्छ ।

 

लामो समय न्युज कन्टेन्टबारे अध्ययन अनुसन्धान गर्दै आइरहनु भएको छ ? न्युज ट्रष्टको ट्रेण्ड कस्तो पाउनु भएको छ ?

 

घुमाइफिराई अमेरिकाकै कुरा आउँछ । त्यहाँ विगत पाँच सात वर्ष यता ग्यालोप पोल जस्तो प्रतिष्ठित संस्थाले अनुसन्धान गर्दै आइरहेको छ । त्यसले अध्ययन गर्दा मिडियामा अमेरिकन नागरिकहरू ३० प्रतिशतले पनि विश्वास गर्दैनन् भनेर निश्कर्ष निकालेका छन् । कहाँ हुन्छ भनेर यी मिडियाहरूले पनि प्रतिवाद गरेका छैनन् । भनेपछि त्यति विश्वसनीय भयो नि त । हामी कहाँ भने भेरिफिकेशन, प्रोफेस्नालिजम कम छ । एउटा ज्ञानको कमीले, एउटा सीपको कमीले । मुलतः न्युनतम पारिश्रमिक नै छैन । नेपाल सरकारले तोकेको तलब पनि पियन बराबरको छ । त्यो पनि दिए भयो नि । जब आधिकारीक रुपमा ४० प्रतिशत नै पाएका छैनन् । मेरो गेस त ३० प्रतिशतले नै पाएका छैनन् । पत्रकारिकाताको डेफिनेशन अनुसार त ऊ बिहानदेखि बेलुकासम्म जानुपर्छ । पढ्न पनि त्यसरी नै पढ्ने हो । ज्ञान लिइराख्नु पर्छ । सोधिराख्नुपर्छ । कमसेकम त्यसलाई सुहाउँदो न्युनतम तलब चाँहि दिनुपर्छ । न्युनतम शैक्षिक योग्यता पनि तोक्नपर्छ । कोही कोही चाँहि अनुभवले ज्ञान प्राप्त गर्छन् । लगानी कम भएका कारण केन्द्रीकृत भयो धेरै ।

बहस गर्नुपर्ने कुन मुद्दा हो, कस्ता खाले विषयलाई हाइलाइट गरिन्छ ? नेपाली समाजबारे मिडियाले प्राथमिकता साथ मुख्य मुद्दा उठाउन किन सकिरहेका छैनन् ?

 

मिडियाले सतही मुद्दाहरू धेरै उठाए । ठूला मिडियाहरूले मेलम्चीको पानीबारे खुब कुरा दिएका छन् । कमसेककम तुलसीपुरमा पुगेको छ कि पानी । विरंगजमा पुगेको छ कि पानी । विराटनगरमा पुगेको छ कि । हेटौँडामा पुगेको छ... । काठमाडौँमा यस्तो छ अन्य ठाउँमा यस्तो छ भनेर विस्तृतमा दियो भने त पाठकहरूको सहभागिता हुन्छ । नेशनल भनेपछि हेटौँडा पनि नेशनल हो नि ।  यहाँ त दाबी पनि भक्तपुरको सल्लाघारीबाट यता थानकोटदेखि यता जुन जुन छन् यी सबै राष्ट्रिय हुन् । यो त्यसरी होइन । ‘इस्यु’ले दिने कुरा हो । काठमाडौँमा केही भयो कि एकदम ‘डिटेल’मा दिने त्यस्तै मुद्दा अन्त पनि छ कि सोध्ने । बजेट आउँदा काठमाडौँका चार पाँच जना विज्ञलाई मात्र सोध्ने चलन आज पनि छ । अरू छैनन् र ? ठाकुरराम क्याम्पसमा प्रा.डा. छन् । त्यो पनि त्रिविकै हो । मोरङ क्याम्पसमा छन् । केन्द्रका समस्यालाई बढी हाइलाइट गर्ने भए । दोस्रो कुरा भनेको देशभर कुन मुद्दामा के छ त्यसलाई विस्तृत रुपमा हेर्न प¥यो । विगत चार वर्षयता कृषि क्षेत्रका कोर कुराहरू बाहिर आएकै छैन । यहाँ त लेदो जति सोसियल मिडियामा आउने भयो बाँकी शङ्लो जति त्यसै रहने भयो । पत्रकारिता क्षेत्रले हेर्दा खेरी यो मुद्दा सशक्त रुपमा लियो कि लिएन, कुन टार्गेट ग्रुपको इन्ट्रेस्ट कति छ । ‘न्युजवर्दी’ चाँहि हुनुपर्छ । यो जति पनि कुरा छन् यसमा अध्ययन नपुगेकै हो । अर्को प्रमुख कारण पारिश्रमिक नै हो । लिडरसिप लिनुपर्नेले लिडरसिप लिन सकेन । मुद्दा सही आउनै सकेनन् । यो भएन भने विश्वसनीयता घट्छ । सोसियल मिडियाका कारण पनि यसमा ‘इम्प्याक्ट’ प¥यो । व्यवसायिकता बढाउन मिडिया मालिकले लगानी बढाउन प¥यो । अडिट गर्नुपर्छ ।  

 

मिडिया विधेयकको चर्चा चलिरहँदा यतिधेरै रडाको मच्चिनु आवश्यक थियो ? सरकारले बिना तयारी मिडिया विधेयक ल्याउन लागेकै हो त ?

 

केही सुधार होला । धेरै चाँहि हुँदैन । शेरधन राई सञ्चारमन्त्री हुँदा मिडिया पोलिसी भनेर ल्याउनु भयो । आमसञ्चार नीति भन्नुभयो । यसले सबै कुरालाई नियन्त्रण गर्नुपर्छ । विदेशमा यसले सबैलाई समेट्छ । तर, यहाँ ल्याउन चाहेको नीतिले ‘न्युज कन्टेन्ट’मा मात्र नियन्त्रण गर्न खोजेको छ । यो नीति बनाउँदा अन्तिम मिटिङमा म गएको थिएँ । मैले उक्त मिटिङमा भने सन् २०२८ मा बनाएको आमसञ्चार नीतिकै आधारमा रहेर चलचित्र नीति बनाएको हो । रत्न रेकर्डिङ कम्पनी त्यही नीति अन्तर्गत बनेको हो । सांस्कृतिक कम्पनी त्यही अन्तर्गत बनेको हो । रेडियोको पनि त्यसैले नै ‘गाइड’ ग¥यो । गोरखापत्र र रासस त्यही नीतिअन्तर्गत अगाडि बढे ।

 

यो काउन्सिलमा मूख्य चाहिँ दण्डनीय भएन । मन्त्रालयको कतिपयमा ज्ञान नै रहेनछ । उनीहरूको तजबिजमा हिँड्नुपर्ने प्रेस काउन्सिल । आजको प्रेस काउन्सिल पनि ठीक छैन । सहसचिवमुनि राखेका छन् । यसलाई सशक्त बनाउनतिर लागेनन् । हालसम्मको नेतृत्व हेर्ने हो भने पार्टीका सदस्यहरूले नेतृत्व गरेको पाइन्छ । यो मिडिया काउन्सिलको कुरा गर्दा नियत कुरा मुख्य हो । यसले केही कुरा मात्र सपार्न सक्छ । तर, दण्ड लगायत अन्य कुरा त मिल्दै मिल्दैन ।   

 

सोसल मिडियामा यस्तो भाँडभैलो त हुनै दिनुहुन्छ । यसलाई नियन्त्रण नै गर्नुपर्छ । अहिलेको लङटङ प्रभाव खतरनाक हुने भएकै कारण पनि यसलाई नियन्त्रणको आवश्यकता छ । यसबारे अहिलै बुझ्नु आवश्यक छ ।

 


थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 3 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 3 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 3 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।