को हुन् ती खेलाडीहरु जसले एशियाडमा २० वर्षपछि नेपाललाई रजत पदक दिलाए

पोखरा । पहिलो सहभागितामै नेपालले प्याराग्लाइडिङबाट १८ औं एशियन गेम्समा ऐतिहासिक रजत पदक जितेको छ । पुरुष टिम क्रसकन्ट्रीका विधामा नेपालले पाँच राउण्डको समाप्तीपछि ऐतिहासिक पदक जितेको हो । नेपालले अन्तिम दिन बुधबार १४ किलोमिटरको टास्क पुरा गर्दै केवल २७ अंकले पछि पर्दै रजतमा चिक्त बुझायो । स्वर्ण पदकको लागि बुधबारको अन्तिम टास्कमा नेपाल जापानसँग झिनो अंकको मतान्तरमा रहँदै रजत पदकमा ल्याण्डिङ गर्यो । आयोजक इण्डोनेसिया भने तेस्रो स्थानमा रहँदै प्रतियोगितालाई विट मार्यो। 

 

संयोग नै मान्नुपर्छ प्याराग्लाईडिङ शुरु भएको ठ्याक्कै २० वर्ष रजत पदक जित्न सफल भएको हो । दुईवर्षअघि इण्डोनेसियामै आयोजित खुल्ला इन्टरनेशनल प्याराग्लाइडिङ प्रतियोगितामा यीनै खेलाडीले स्वर्ण पदक दिलाएका थिए । तर त्यो अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटिले मान्यता दिएको थिएन् । बुधबारको अन्तिम टास्क पुरा गर्दै ११ हजार ३ सय ६४ अंक जोडेपछि रजत पदकको हकदार भएको हो । चौथो राउण्डमा सुधारिएको प्रदर्शन गर्दै मौसमले पनि साथ दिएपछि चौथोस्थानबाट दोस्रो स्थानमा उक्लिदैं पदकको सम्भावना प्रवल बनाएको थियो । जापानले ११ हजार ३ सय ९१ अंक जोड्दै स्वर्ण पदक जितेको छ । 

 

रजत पदक पक्कापक्की जस्तै थियो । तर, अन्तिम राउण्डमा भने नेपाल स्वर्ण पदकको लागि जापानसँग प्रतिस्पर्धा गर्न उत्रिएको थियो । प्याराग्लाइडिङको विश्वकपमा समेत सहभागिता जनाईसकेका नेपाली प्याराग्लाइडिङ टिमका कप्तान विमल अधिकारी निकै अनुभवी खेलाडी समेत हुन् । उनकै नेतृत्वमा रहेको टोलीमा जुनियर र सिनियर खेलाडीको समिश्रण थियो । एशियाडमा सहभागि प्याराग्लाइडिङ खेलाडी पोखरेली हुन् ।

 

प्याराग्लाईडिङ पोखराबाटै शुरुवात भएको हो । सन १९९६ देखि पोखरामा प्याराग्लाइडिङको शुरुवात भएको हो । त्यसले व्यवसायिक रुप भने दुईवर्षपछि लियो । त्यही वर्षदेखि पोखरामा प्याराग्लाईडिङ च्याम्पियनसिप समेत हुदैं आएको छ । च्याम्पियनसिपमा स्वदेशी तथा विदेशी प्याराग्लाईडिङ पाईलटसँगै प्रतिस्पर्धा हुदैं आएको छ । विदेशीसँगको प्रतिस्पर्धामा पोखरेली पाईलटले खरो उत्रिदैं उपाधि हत्याउने अभियानमा थिए । उपाधिको लक्ष्यसहित इण्डोनेसिया पुगेको नेपाली टोलीले रजत पदक जितेको छ ।

 

विशाल थापा, युकेश गुरुङ, विजय गौतम, शुशिल गुरुङ पुरुष टिममा थिए । कप्तान अधिकारी एक्ला प्याराग्लाइडिङ पाईलट हुन जसले सन २०१५ मा कोलम्बियामा आयोजित प्याराग्लाईडिङ वल्र्ड च्याम्पियनसिप सहभागि थिए । ‘प्याराग्लाईडिङ शुरुभएकोे २० वर्ष वित्यो । तर एशियाड पहिलो सहभागिता पदक जित्यौं ।

 

पदक विहीनभएर फर्किनुपर्ने बाध्यता अन्त्य गर्यौं ।’ नेपाली टिम अफिसियल शैलेन रावतले भने–‘दुई वर्ष अघि इण्डोनेसियामै टिम इभेण्टमा स्वर्ण पदक जितिएको थियो । अहिले भने रजत पदक जित्न सफल भयौं ।’ नेपाली टिमले सन २०१६ मा इण्डोनेसियामा आयोजित ओपन प्याराग्लाइडिङ च्याम्पियनसपिमा टिम इभेण्टमा स्वर्ण पदक जितेर फर्किएको थियो ।

 

टोलीका सदस्य विशाल थापा भने कम उमेरका प्याराग्लाईडिङ पाईलट हुन् । उनी भर्खर १६ वर्ष मात्र पुगेका छन् । एसईई परीक्षा सकेर बसेका थापाले उडान शुरु गरेको पनि ३ वर्ष मात्रै भएको छ । रजत पदकको हकदारमा उनको भूमिका पनि निकै महत्वपूर्ण रहेको अफिसियल शैलन रावत बताउँछन् ।

 

थापा चीनमा आयोजित फ्रि प्याराग्लाईडिङ च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेका थिए । महिला तर्फको प्रतिस्पर्धामा भने नेपाल टिमले आफनो पहिलो अनुभव मात्रै बटुल्यो अवसरको रुपमा लिएको हो ।

 

पुरुष टिम इभेण्टमा विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा थिए भने यसैगरी महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धामा थिए । नेपाली प्याराग्लाइडिङ टिमले छ वटा पदकमा प्रतिस्पर्धा गरेका थिए । एक्युरेसी एकल र युगलमा महिला तथा पुरुष तथा क्रसकन्ट्री विधामा पुरुष र महिला टिमले प्रतिस्पर्धा उत्रिएका थिए ।


थप समाचार

नगरदेवीका थोत्रा घरका यौनधन्दा बन्द

  • 10 minutes ago
नगरदेवीका थोत्रा घरका यौनधन्दा बन्द

नगरदेवी क्षेत्रमा रहेका पुराना घर (जसलाई टेको लगाएर अड्याइएको छ) मा यौनधन्दा हुने गरेको बारे काठमाडौं महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष न्हुछेकाजी महर्जन, महानगरिय प्रहरी बृत्त जनसेवा, न्युरोडका तत

यस्तो रहेको छ तपाईको आजको भाग्य

  • 26 minutes ago
यस्तो रहेको छ तपाईको आजको भाग्य

वि.सं.२०७६ साल वैशाख ११ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि पञ्चमी, २१ घडी १२ पला, दिउँस

पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी

  • 37 minutes ago
पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी

काठमाडौं । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको सरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको आजको भाग्य

यस्तो रहेको छ तपाईको आजको भाग्य

वि.सं.२०७६ साल वैशाख ११ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि पञ्चमी, २१ घडी १२ पला, दिउँसो ०२ बजेर ०२ मिनेट उप्रान्त षष्ठी । नक्षत्र मूल, ३८ घडी ४० पला, बेलुकी ०७ बजेर ०१ मिनेट उप्रान्त पूर्वाषाढा ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।